Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

मेक्सिको सीमामा थप आठ सय सैनिक परिचालन

वासिङ्टन। अमेरिकी रक्षा मन्त्रालयले संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा थप आठ सय सैनिक परिचालन गर्ने जनाएको छ । होन्डुरस, ग्वाटेमाला र मेक्सिकोका नागरिक अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गर्दा अमेरिकाले यस्तो निर्णय गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याराभानलाई मेक्सिको सीमाभित्रै रोक्न राष्ट्रिय आपतकालको घोषणा गर्नुका साथै त्यस्तो क्याराभानलाई अमेरिका प्रवेश गर्न नदिने बताएका छन्। सीमामा यसअघि नै तैनाथ करिब दुई हजार सैनिकलाई पछिल्लो टोलीले मद्दत गर्नेछ । रक्षामन्त्री जीम म्याटिसले थप सैनिक परिचालन सम्बन्धी आदेशमा बिहीबार वा शुक्रबार हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । नयाँ परिचालन गरिने सेनाको टुकडीमा चिकित्सक र इन्जिनियरहरु पनि रहनेछन् । अमेरिका–मेक्सिको सीमाको सम्पूर्ण सुरक्षा प्रबन्ध गृह विभाग (डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी) ले गर्दछ । अमेरिकी राष्ट्रपति ट्रम्पले डेमोक्राट पार्टीले बनाएका फितला कानुनका कारण सीमामा अवैध आप्रवासीलाई रोक्न कठिन भएको दोषारोपण गरिआएका छन् । उनले ट्वीट गर्दै भने, “यो राष्ट्रिय आपतकालीन स्थितिलाई नियन्त्रणमा ल्याउन म सेना परिचालन गर्दैछु । उनीहरु (क्याराभान)लाई सीमामा अवश्य रोकिनेछ ।” गत अप्रिलमा पनि ट्रम्पले दक्षिणी सीमामा सुरक्षा प्रबन्ध मजबूत बनाउन हजारौं सैनिक परिचालन गर्ने बताएका छन् । मेक्सिकोसँगको सीमामा पहिलो चरणमा करिब चार हजार सीमारक्षक पठाउने भनिए पनि त्यसको आधा अर्थात करिब दुई हजार सीमारक्षक परिचालन गरिएको थियो । यी सैनिकले खासगरी सीमाको गस्ती गरिरहेका अधिकारीहरुलाई थप मद्दत गर्नेछन् । पेन्टागनका प्रवक्ता क्याप्टेन बील स्पिक्सले गृह विभागको आवश्यकताका आधारमा काम गरिरहेको बताए । मध्य अमेरिकाका आप्रवासीहरु क्याराभान बनाएर अमेरिकी सीमानजिक आउनै लाग्दा अमेरिकाले थप सैनिक परिचालन गर्न लागेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले यी क्याराभानको विषयलाई यही नोभेम्बरमा हुन लागेको मध्यावधि चुनावमा राजनीतिक लाभका निम्ति प्रयोग गरिरहेको आरोप लाग्दै आएको छ । संयुक्तराष्ट्र सङ्घका अनुसार गत अक्टोबर १३ मा होन्डुरसको सान पेड्रो सुलाबाट शुरु भएको यो क्याराभानमा करिब ७ हजार मानिस सहभागी छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending