Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

मुटुरोग पीडितलाई मिजार समाजद्वारा सहयोग

बेनी ।  मुटु, पित्त र कलेजोमा गम्भीर समस्या भई उपचाररत बेनी नगरपालिका–९ की सपना मिजारलाई आर्थिक सहयोग प्राप्त भएको छ । शहीद गङ्गालाल अस्पतालमा मुटु र पित्त तथा शिक्षण अस्पतालमा कलेजोको शल्यक्रियापश्चात् नियमित अस्पतालको सम्पर्कमा रहेर उपचार गराइरहेकी १३ वर्षीया मिजारको उपचारमा सहयोग प¥याउने उद्देश्यले म्याग्दीस्थित मिजार समाजले रु २० हजार १५५सहयोग गरेको हो । बुधबार बेनीमा आयोजित एक कार्यक्रममा समाजका अध्यक्ष सुकलाल किसानले पीडित मिजार र उनका आमा नैना मिजारलाई सो रकम प्रदान गरेका थिए । आफन्तको सहयोग र चन्दा सङ्कलन गरी शल्यक्रिया हुँदैआए पनि नियमित रूपमा अस्पतालमा पुगेर उपचार गराइरहनुपर्ने भएकाले राहतका लागि सहयोग गरिएको अध्यक्ष किसानले बताए । घरमुली बुबाको निधन भएको र आमासमेत अपाङ्गता रहेका कारण सपनाको नियमित उपचारमा समस्या भएकाले थप सहयोगका लागि समाजले आह्वान गरेको छ । सपना घरपरिवारकी जेठी छोरी हुन् । उनका दुई भाइ छन् । शल्यक्रियापश्चात् उनको अवस्था सामान्य रहे पनि एक वर्षसम्म हरेक महीना अस्पतालमा पुगेर उपचार गराइरहनुपर्ने सल्लाह चिकित्सकले दिएको सपनाकी आमा नैना मिजारले बताइन् । साहित्यकार पौडेलको जीवनगाथा ‘स्मृतिग्रन्थ’ विमोचन म्याग्दीका अग्रज कवि तथा पण्डित स्व प्रेमप्रकाश पौडेलको प्रथम वार्षिकीको अवसरमा ‘स्मृतिग्रन्थ’ स्मारिका विमोचन गरिएको छ । स्व पौडेलको जीवनगाथालाई समेटेर उनका छोरा गोविन्द, मनोज र ठाकुरले स्मृतिग्रन्थ स्मारिका प्रकाशन गरेका हो । स्व पौडेलको प्रथम पितृ कार्यका दिन बुधबार बेनीस्थित कुरिलाखर्कमा आयोजित कार्यक्रममा हिन्दू धर्मका अभियान्ता किशोर गौतमले लोकार्पण गरेको सो स्मृतिग्रन्थमा पौडेलले साहित्य, राजनीति, धार्मिक, शैक्षिक र सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई चर्चा गरिएको छ । बेनी नगरपालिका–५ ढाँणपानीमा विसं १९९७ मा जन्मिएर २०७४ असोज १८ गते स्वर्गारोहण हुनुभएका पौडेलले सपना र मातृभूमि खण्डकाब्य, चन्द्रे शोककाब्य पुस्तक प्रकाशन गर्नुका साथै शिक्षण पेशामा ४३ वर्षसम्म बिताएका थिए । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies