Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

मध्य अमेरिकालाई दिएकाे सहायता रकम कटौती गर्ने ट्रम्पको चेतावनी

मेक्सिको। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य अमेरिकी राष्ट्रहरुलाई उपलब्ध गराइआएको सहायता रकम कटौती गरिने चेतावनी दिएका छन् । होन्डुरसका नागरिक अवैध आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गएपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो भनाइ आएको हो । संयुक्त राष्ट्रसङ्घले सात हजारभन्दा बढी मानिस संयुक्तराज्य अमेरिकाको सीमातर्फ अगाडि बढिरहेको जनाएको छ । मेक्सिकोमा पहिल्यैदेखि संयुक्तराज्य अमेरिका प्रवेशको मौका छोपेर बसेका समेत अहिले क्याराभानमा सामेल भएका छन् । ट्रम्पले संयुक्तराज्य अमेरिकाको सीमा छेउमै आउन लागेको उक्त क्याराभानका बारेमा दिनहुँझैं ट्वीट गरी अमेरिकी सीमाबललाई सचेत बनाइएको बताएका छन् । उनले क्याराभानमा सामेल कसैलाई पनि अमेरिका प्रवेश गर्न नदिने घोषणा गरेका छन् । “हामी अब ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरलाई दिइआएको बैदेशिक सहायता पूरै वा आंशिक कटौती गर्नेछौं, र त्यो बाहेक हामीसँग अर्को विकल्प छैन,” ट्रम्पले भने । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा समेत आप्रवासी विरोधी नीतिको चर्को वकालत गरेका कारण राष्ट्रपति ट्रम्पलाई फाइदा पुगेको थियो । अहिले यही नोभेम्बरमा हुने मध्यावधि चुनावमा पनि यही मुद्दा प्रबल रुपमा उठ्ने देखिएको छ । “दुर्भाग्यवस, मेक्सिकोको प्रहरी र सैनिकले संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमातर्फ अगाडि बढेको क्याराभानलाई रोक्न अक्षम भएजस्तो देखिँदैछ । अपराधीहरु र अपरिचित मध्यपूर्वका मानिसको पनि यहाँ घुसपैठ छ,” उनले थपे । मेक्सिकोका गृहमन्त्री अल्फन्सो नाभारेटले आफ्नो मुलुक कुनैपनि सरकारले उक्साएको आधारमा उत्तेजित नहुने स्पष्ट गर्दै संवादका लागि निरन्तर आग्रह गरिने बताए । मेक्सिकोका अधिकारीहरुले मेक्सिको–ग्वाटेमाला सीमानदीमा अलपत्र परेका आप्रवासीलाई रोक्न मेक्सिकोले भरमग्दुर प्रयास गरेको थियो तर उनीहरु नदीमा जोखिम मोलेर मेक्सिको प्रवेश गरेका थिए । नदी तर्नासाथ उनीहरु उत्तरतर्फ हिँडेका थिए । एकजना मेक्सिकाली अधिकारीले सोमबार अबेर सयौं होन्डुरसबासीलाई आप्रवासीका रुपमा मेक्सिको प्रवेश गर्न दिएको बताए । यो क्याराभान दक्षिण मेक्सिकोको चियापास हुँदै उत्तरी मेक्सिकोतर्फ अघि बढेको अधिकारीहरुले बताएका छन् । उनीहरुमध्ये धेरैजसो खाली खुट्टै हिँडेका वा बाटोमा भेटिने कार र ट्रकमा चढेका थिए । कतिपयका खुट्टामा प्लास्टिकका जुत्ता वा चप्पल थियो । अधिकारकर्मीहरुले करिब ३ हजार किलोमिटरको यो दूरी छिचोल्न उनीहरुलाई करिब एक महिना लाग्ने बताएका छन् । “हामीलाई प्रहरीले पक्राउ गर्ने हो कि भन्ने केही डर लागिरहेको छ । तर यदि उनीहरुले हामीलाई स्वदेश फर्काए भने पनि हामी प्रयत्न जारी राख्नेछौं,” नोमी बोबाडिल्लाले भने । ३९ वर्षीया बोबाडिल्ला होन्डुरसको सान पेड्रो सुलामा सरसफाइको काम गर्थिन् । उनी हिँड्न थालेको १३ दिन भइसक्यो । “मेक्सिकोले राम्रो व्यवहार गर्दैन भन्ने हामीलाई राम्रैसँग थाहा छ, र उनीहरुले हामीलाई होन्डुरस फर्काइदिन पनि सक्लान् । साथै, हामीलाई यहाँका लागूऔषध तस्करले अपहरण र हत्या पनि गर्नसक्ने बारे हामीलाई थाहा छ,” अर्का आप्रवासी हुँवा फ्लोरेले बताए । “तर हाम्रो देशमा योभन्दा अझ बढी त्रास छ, त्यसैले हामीले यसलाई निरन्तरता दिएका छौं ।” आप्रवासीले सामना गर्नुपर्ने खतरा सोमबार नै देखिएको छ । क्याराभानमा सहभागी एक २५ वर्षीय व्यक्तिको हत्या भएको छ । चियापासका एक अधिकारीले एउटा सवारीसाधनमा लिफ्ट पाएका ती व्यक्ति शङ्कास्पद रुपमा सडकमै झरेको बताए । अधिकारकर्मीहरुले आप्रवासीमाथि मेक्सिकोले अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । धेरैवटा अधिकारवादी समूहहरुले मेक्सिको सरकारले आप्रवासीलाई गैरकानुनी थुनामा राखेको र कानुनतः मेक्सिको प्रवेश गर्न वा निर्वासन चाहेका आप्रवासीलाई पक्राउ गरी मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको बताएका छन् । मेक्सिकोको नयाँ गठन हुने सरकारमा प्रस्तावित विदेशमन्त्री मार्सेलो एब्रार्डले आप्रवासी नीतिमा महत्वपूर्ण परिवर्तन गर्ने बताएका छन् । आगामी डिसेम्बर १ मा बामपन्थी रुझानका आन्द्रेस मानुएल लोपेज ओब्राडोरले राष्ट्रपतिको पद बहाली गर्दै छन् । उनले मध्य अमेरिकामा लगानी वृद्धिमार्फत आप्रवासीको प्रवाहमा न्यूनीकरणका लागि पहल गरिने बताए । केही अधिकारवादीहरुले ट्रम्पले क्याराभानलाई राजनीतिक लाभका लागि प्रयोग गरिरहेको आरोप पनि लगाएका छन् । “ट्रम्पलाई क्याराभानको डर होइन, उनले कङ्ग्रेसमा विजयी हुन क्याराभानको प्रयोग गरिरहेका छन्,” गत अप्रिलमा अर्को क्याराभानको आयोजना गरेका अधिकारकर्मी इरिनिओ मुजिकाले बताए । उक्त क्याराभान पनि ट्रम्पका लागि टाउको दुखाइ भएको थियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले क्याराभानका केही आयोजकको राजनीतिक महत्वाकाँक्षा रहेको भन्दै भत्र्सना गरेका थिए । अमेरिकी सहायता कटौती मध्य अमेरिकामा अमेरिकी सहायतामा पछिल्ला वर्षहरुमा कटौती हुँदै आएको छ । सन् २०१६ मा ७५ करोड अमेरिकी डलर रहेको अमेरिकी सहायता गत वर्ष सन् २०१७ मा ६५ करोड ५० लाख मात्र रहेको थियो । ल्याटिन अमेरिकासम्बन्धी वासिङ्टन कार्यालयका अनुसार यस वर्षका लागि यस्तो सहायता ६१ करोड ५० लाख उपलब्ध हुनेछ । अद्यापि, होन्डुरसजस्ता मुलुकका लागि अमेरिकी सहायता महत्वपूर्ण रहने गरेको छ । गत वर्ष होन्डुरसले १८ करोड १७ लाख अमेरिकी डलर सहायता प्राप्त गरेको थियो । करिब १० अर्ब डलरभन्दा कमको वार्षिक बजेट रहेको होन्डुरसलाई यो सहायता अत्यन्त उपयोगी मानिन्छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending