Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नेकपामा जिम्मेवारी बाँडफाँड, केन्द्रीय सदस्यलाई यस्तो जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँडका लागि प्रारम्भिक गृहकार्य सुरु गरेको छ । पहिलो चरणमा केही महत्वपूर्ण विभाग गठन गर्ने तथा पोलिटब्युरो सदस्यको टुंगो लगाउने तयारी छ । १२ र १३ कात्तिकमा बोलाइएको स्थायी समिति बैठकबाट यी दुई काम टुंग्याउने गरी अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा महासचिव विष्णु पौडेल गृहकार्यमा छन् । यो खबर आजको नयाँ पत्रिकामा छ –४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेसम्म ४५ सदस्यीय स्थायी समिति र ९ सदस्यीय सचिवालयबाहेक अन्य संरचना बन्न सकेको छैन । प्रधानमन्त्रीसहित केही नेता सरकार र केही संसदीय समितिको सभापतिको जिम्मेवारीमा छन् । ७ प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवसहित केन्द्रीय तहका २८ नेताले नयाँ जिम्मेवारी पाएका छन् । बाँकी नेताहरूलाई कसरी जिम्मेवारी दिने भन्नेबारे उच्च तहमा आन्तरिक छलफल सुरु भएको सचिवालयका एक नेताले बताए । केन्द्रीय सदस्यलाई यस्ता जिम्मेवारी अहिलेसम्म ७ प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चुनिएका छन् । त्यस्तै, ७७ जिल्ला कमिटी, ४ विशेष जिल्ला कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटीअन्तर्गत ७ प्रदेश सम्पर्क कमिटी, प्रवास, प्रतिष्ठान र जनसंगठधनको इन्चार्जमा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिने तयारी छ । पार्टी एकीकरणको स्पिरिटअनुसार जिल्लामा पनि इन्चार्ज र सहइन्चार्जको व्यवस्था गर्ने गरी छलफल चलिरहेको सचिवालयका एक सदस्यले बताए । यस्तै, मोर्चा फाँटअन्तर्गत २२ वटा जनवर्गीय संगठनमा पनि केन्द्रीय तहका नेतालाई इन्चार्ज बनाउने तयारी छ । आवश्यकताअनुसार महानगर र संघीय निर्वाचन क्षेत्रमा समेत केन्द्रीय तहका नेतालाई नै इन्चार्ज खटाउन सकिने विकल्पमा परामर्श भइरहेको ती नेताले बताए । विभाग प्रमुखमा पोलिटब्युरोमाथिका नेता नेकपाले तत्कालीन एमालेका अधिकांश केन्द्रीय विभागलाई निरन्तरता दिँदै केन्द्रीय विभागहरू बनाएको छ । यस्ता ३२ विभागमध्ये संघीय तथा संसदीय मामिला विभाग, स्थानीय तह मामिला विभाग, प्रदेश संसदीय मामिला विभाग, खानेपानी तथा सरसफाइ विभाग नयाँ छन् । ती सबै विभागमा आवश्यकताअनुसार केन्द्रीय सचिवालय, स्थायी समिति र पोलिटब्युरो सदस्यहरूमध्येबाट प्रमुखको जिम्मेवारी दिने गरी गृहकार्य भइरहेको उच्च स्रोतले जनाएको छ । केन्द्रीय सल्लाहकार र विभाग सदस्य कार्यदलले छान्ने नेकपाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन सकेलगत्तै केन्द्रीय सल्लाहकार, केन्द्रीय आयोग र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने तथा केन्द्रीय विभागलाई पूर्णता दिनेछ । केन्द्रीय निकाय, आयोग र केन्द्रीय विभागमा रहने सदस्य सिफारिसका लागि एकीकरण कार्यदललाई जिम्मेवारी दिइएको छ । यसअनुसार सातवटै प्रदेशमा गठित एकीकरण कार्यदलहरूमध्ये अधिकांशले केन्द्रीय सल्लाहकार, केन्द्रीय निकाय, मञ्च र विभागमा रहने सदस्यहरूको नाम केन्द्रीय सचिवालयमा सिफारिस गरिसकेका छन् भने केहीले बुझाउन बाँकी छ । नयाँ पत्रिकामा खबर छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending