Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

जोखिममा राउटे बालबालिका

दैलेख। गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बस्दै आएका ३० वर्षीया राउटे प्रकाश शाहीको श्रीमती सुत्केरी भइन् । सत्र वर्षीया श्रीमती मिहिन शाहीबाट जुम्ल्याहा छोरी जन्मिए । दुई जनाको परिवारमा दुई छोरी जन्मिएपछि उनीहरूको खुशीको सीमा नै रहेन । त्यतिबेला सुत्केरी श्रीमतीलाई पोषिलो खानाका रुपमा भात खुवाउन प्रकाश ओखलमा धान कुट्न व्यस्त देखिन्थे । असोज पहिलो साता उनीहरु गर्चामा रहेको पातलेखोला किनार छोडेर बसाइँ सरी गुराँस गाउँपालिका–८ कै पाखापानी उक्लिए । गर्चामा बसोबास गर्दा प्रकाशको परिवारमा देखिएको खुशी एक महिना पनि टिक्न सकेन । त्यसको कारण थियो जन्मिएका जुम्ल्याहा दुबै छोरीको मृत्यु। । घुम्दै–फिर्दै हिँड्ने राउटे अहिले सुर्खेतको लेकबेशी नगरपालिका–९ पुगेका छन् । फिरन्ते जीवन अपनाउने यो समुदाय अलग–अलग छाप्रामा बस्छन् । त्रिपाल र पातपतिङ्गरले छाएको बस्तीको बीचैमा एउटा छाप्रो छ । अन्य छाप्रामा जस्तो त्यहाँ कुनै चहलपहल देखिन्न । त्यही छाप्रोमा प्रकाशका दम्पति आगन्तुकतर्फ टुलुटुलु हेरिरहेका हुन्छन् । भर्खरै जन्मिएका दुई सन्तान गुमाएको पीडा उनीहरुको अनुहारमा प्रस्टै देखिन्छ । राउटे जातिका बालबालिकाको अवस्था दयनीय छ । सरसफाइमा ख्याल नगर्नु, साना बालबालिकाले न्यानो कपडा नलगाउनु, पोषणयुक्त खानपिनमा कमी, स्याहारसुसारमा कमीजस्ता कारणले पछिल्लो तीन महीनामा तीन बालबालिकाको ज्यान गइसकेको छ । मृत्युको क्रम बढेसँगै राउटेको जनसङ्ख्या घट्दै गइरहेको छ । गत साउनमा १५१ रहेका राउटे घटेर अहिले १४८ मा झरेको छ । दैलेखमा बस्दा दुई बालिकाले ज्यान गुमाएपछि सुर्खेतको लेकबेशी नगरपालिकामा बसाइँ सरेका राउटे समुदायमा फेरि चार वर्षीया बालिकाले ज्यान गयो । राउटे चन्द्रमानजित शाहीका चार वर्षीया छोरी टोपी शाहीको लगातार खोकी लागेर ग्रस्त हुँदै अकालमै ज्यान गयो । यी तीनै बालबालिका मात्र नभई अहिले उक्त समुदायका अन्य बालबालिका पनि बिरामी छन् । बर्सात्को समयमा दैलेखमा चिसोमा रहेका राउटे समुदाय एक्कासि सुर्खेतमा पुगेका कारण मौसम परिवर्तनले बालबालिकामा समस्या उत्पन्न भएको राउटे परियोजनामा खटिएका अहेव विनोदकुमार बिसीले बताए । सरसफाइमा ध्यान नदिनु, साना बालबालिकाले न्यानो कपडा नलगाउनु, खानपिनमा ध्यान नदिनु, बालबालिकालाई स्याहारसुसारमा कमीलगायत कारण बालबालिका जोखिममा परेको उनको भनाइ थियो । बिसीका अनुसार उक्त समुदायका धेरैजसो बालबालिका र वृद्धवृद्धाले औषधि खान मान्दैनन् । राउटे समुदायका बालबालिका मात्रै होइन वृद्धवृद्धा पनि जोखिममा छन् । समुदायका ६० वर्षीय कान्छाराम शाही एक सातादेखि बिरामीले थलिएका छन् । आफूलाई जङ्गलका राजा भनेर चिनाउने राउटे समुदायमा चर्को घाम र पानी छल्न बनाइएका टहरा, आधा शरीर ढाक्ने एकसरो कपडा । नवजात शिशुका लागि घाँसको ओछ्यान, बेवारिसे सुत्केरी महिलाको दृश्य देख्दा उक्त समुदायका बालबालिका र वृद्धवृद्धा जोखिममा रहेको अनुमान गर्न सकिन्छ । बालविवाह र असुरक्षित सुत्केरीका कारण बालबालिका मात्र नभई समुदायका महिला पनि जोखिममा पर्ने गरेका छन् । सोही कारण राउटेको जनसङ्ख्या बर्षेनी घट्दो छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending