अपशब्दको कारण खुल्न सक्दैनन् अपाङ्गता भएका व्यक्ति
आश्विन २८ गते, २०७५ आइतवार 14th October, 2018 Sun१४:२२:३४ मा प्रकाशित
इलाम। अपाङ्गता भएको खुल्ने डरले कतिपयले अझै पनि अपाङ्गतासम्बन्धी परिचयपत्र नै नलिने गरेको पाइएको छ ।
अपाङ्गता हुनुपूर्व जन्मको पाप हुनु, समाजबाट परम्परागत सोच हाबी हुनु वा परिवारले परिचयपत्र बनाउँदा अंश दिनुपर्ने धारणाले पनि अपाङ्गता भएका व्यक्तिले परिचयपत्र लिन सकेका छैनन् । सो सम्बन्धी काम गर्दै आएको संस्था करुणा फाउण्डेशनका अनुसार अझै पनि विभिन्न कारणले पाँच प्रतिशत अपाङ्गता भएका व्यक्तिले जिल्लामा परिचयपत्र पाउन सकेका छैनन् । सो फाउण्डेशनका छवि श्रेष्ठका अनुसार समाजमा अपाङ्गता हुनु पूर्वजन्मको पाप हो भन्ने पराम्परागत धारणाले गर्दा सबै त्यस्ता व्यक्तिले परिचयपत्र लिन नसकेका हुन् ।
“कतिपयले नागरिकता नै बनाएका हुँदैनन् । किनकि नागरिकता बनाउँदा परिवारकै सदस्यले अंश दिनुपर्ने वा आफूसमेत अपहेलित हुने डरले बनाउन नदिने गरेका छन्,” श्रेष्ठले भने, “त्यसै पनि यस्ता व्यक्ति परिवारले बोझ भएको ठान्छन् । त्यसमाथि पनि परिचयपत्र दिलाउँदा अधिकारसमेत दिनुपर्दा नबनाउनु नै ठीक भन्ने ठान्छन् ।”
उहाँका अनुसार सो फाउण्डेशन र स्थानीय सरकारले पहल गर्दासमेत कतिपयले परिचयपत्र नबनाउने गरेको पाइएको छ । इलाममा चार हजार ४०२ अपाङ्गता भएका व्यक्ति रहेको एक सर्वेक्षणले देखाएको छ । जिल्लाका १० स्थानीय तहमा फाउण्डेशन इलाम र स्थानीय तहको समन्वयमा निकालिएको तथ्याङ्कमा शारीरिक तथा मानसिक रोगीको सङ्ख्या रहेको पाइएको हो । जिल्लामा सबैभन्दा बढी अपाङ्गता भएका व्यक्ति सूर्योदय नगरपालिकामा ७२८ र सबैभन्दा कम सन्दकपुर गाउँपालिकामा २३२ जना रहेको पाइएको छ ।
इलाम नगरपालिकामा ७१०, माई नगरपालिकामा ३३१, देउमाई नगरपालिकामा ५३३ जना अपाङ्गता भएका व्यक्ति रहेको पाइएको छ । गाउँपालिकामध्ये माङसेबुङ गाउँपालिकामा ४८४, चुलाचुली गाउँपालिकामा ४१५, रोङ गाउँपालिकामा ३४३, माई जोगमाई गाउँपालिकामा ३३१ छन् ।
स्थानीय सरकारसँगको समन्वयमा फाउण्डेशन इलामले हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमअन्तर्गत गरिएको सर्वेक्षणमा जिल्लाका ८१७ जनालाई समुदायमा पुनः स्थापना गरिएको पाइएको छ । फाउण्डेशनका प्रदीप अधिकारीका अनुसार ९५ प्रतिशत अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रसमेत वितरण गरिसकिएको छ । यसअन्तर्गत चार हजार २५७ गर्भवती महिला र १० वर्षभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या ५३ हजार ५१७ रहेको जनाइएको छ । रासस
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: