Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

पर्यटन प्रवर्द्धनको लागि मुख्यमन्त्री शाहीको कर्णालीमा जलयात्रा 

सुर्खेत, २७ आश्विन । कर्णालीको विकास र समृद्धिको नारा लिएर म्याराथुन दौडमा रहेका मुख्यमन्त्री महेन्द्रवहादुर शाही शुक्रवार वेलूकीतिर दैलेखको आठविस नगरपालिका वडा नं. १ स्थित डावमा पर्ने कर्णाली किनारमा पुग्नुभयो । उहाँभन्दा पहिले नै मेघ आले नेतृत्वको पहिलो कर्णाली पहिलो वैज्ञानिक कर्णाली यात्रा २०१८को टोली त्यहाँ पुगिसकेको थियो ।
त्यहाँ पुग्ने वित्तिकै मुख्यमन्त्री शाही र संगै रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह वुढाले भुगर्भ तथा जलचर वैज्ञानिकहरु सहितको उक्त टोलीलाई कर्णालीको पर्यटन विकासका लागि योगदान गरेको भन्दै खादा तथा अविरले स्वागत गर्नुभयो । मुख्यमन्त्री शाहीको स्वागत पछि भुगर्भविद क्यारेन वानमेटा र नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेवाट कर्णाली नदीको उत्पति, त्यसको उदगम स्थल, कर्णाली नदी क्षेत्रको पारिस्थितिक पद्धती र कर्णालीवाट लिन सकिने फाईदाका विषयमा छोटो व्रिफिङ्ग भयोे ।
व्रिफिङ्ग सके लिगत्तै आलेले मुख्यमन्त्री शाहीलाई आजको रात आफुसँगै विताउन अनि वालुवा र नदी किनारको अनुभुति संगाल्न आग्रह गरे । १० वर्ष लामो सशस्त्र युद्धका कमाण्डर समेत रहेका शाहीले आफुलाई जंगल, वालुवा र नदीसंगै रहन कुनै आपत्ती नरहेको बताउदै त्यो रात नदी किनारमा रहेको वालुवाको थुप्रोमा वनाईएको पालमा बिताउनुभयो ।
मुख्यमन्त्री शाहीको शनिवार विहानको मर्निङ्ग वाक पनि पनि नदी किनारमै भयो । विहानको खाजा खाईसक्दा मेघ आलेको टोलीले र्याफटीङ्गको तयारी पुरा गरिसकेको थियो । मुख्यमन्त्री शाही पनि पर्यटन प्रवद्र्धनको लागि आलेको टोलीसंगै कर्णालीमा र्याफटीङ्गको सम्भावनाको खोजी गर्न आफै जान तयार देखिए । डाव देखि तल्लो डुंगेश्वर सम्मको करिव १५ किलोमिटर र्याफटीङ्ग यात्रा पछि मुख्यमन्त्री शाहीले कर्णाली नदीको यो क्षेत्रमा पहिलो पटक र्याफटीङ्ग परिक्षण भएको र व्यवसायिक रुपमा र्याफटीङ्ग सम्भव भएको वताउनुभयो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending