Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बैतडीमा औलोका बिरामी घट्दै

बैतडी । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा पछिल्लो समय औलोका बिरामी घट्दै गएका छन् । औलो प्रभावित तल्लोस्वराडको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा देखिएको औलो पछिल्लो समयमा कम हुँदै गएको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले जानकारी दिए । आर्थिक वर्ष २०७३/७४ मा तल्लोस्वराडमा ६१ औलोका बिरामी फेला परेकामा गत आवमा २५ जनामा र चालू आवको तीन महीनामा ११ बिरामी फेला परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले औलोका बिरामी घट्दै गएको उक्त कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डे्यले जानकारी दिए । उनले भने “गाउँमै गएर औलोको पहिचान र उपचार गर्न थालेपछि रोग कम हुँदै गएको हो ।” औलो प्रभावित क्षेत्रमा उक्त कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा औषधि, स्प्रे र गर्भवतीलाई झुल वितरण गरेको थियो । सरकारले सन् २०२५ भित्र औलो रोग उन्मूलन गर्ने लक्ष्य लिएकाले सोहीअनुसारका कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन् । रोग पहिचान र उपचार शुरु  औलो प्रभावित तल्लोस्वराड र शिवनाथ गाउँपालिका–१ र ३ मा औलोको पहिचान तथा उपचार कार्यक्रम शुरु गरिएको छ । यसअघि पनि सो ठाउँमा औलोका बिरामी फेला परेकाले पछिल्लो अवस्थाबारे जानकारी लिनका लागि रोगको पहिचान तथा उपचार कार्यक्रम शुरु गरिएको स्वास्थ्य सहायक दयालले जानकारी दिए ।

सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालयले गत वर्षदेखि नै तल्लोसोराड क्षेत्रमा औलोको पहिचान तथा उपचार सेवा सञ्चालन गर्दै आएको हो । एनोफिलिस नामको पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले यसको रोकथामका लागि वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने, सुत्दाखेरी झुल हालेर सुत्नु पर्नेलगायतका सुझाव स्वास्थ्यकर्मीले दिएका छन् । औलो प्रभावित क्षेत्रका गर्भवतीलाई झुल वितरण गर्ने कार्यक्रमसमेत सँगसँगै चलिरहेको उक्त कार्यालयले जनाएको छ । सन् २०२५ भित्र नेपालमा औलो उन्मूलन गर्ने सरकारको लक्ष्य छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies