Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

नेकपा र सरकार कमजोर हुन्छ भन्ने कसैले नसोचे हुन्छः प्रचण्ड

काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई कसैले कमजोर पार्न नसक्ने र कमजोर पार्न नहुने बताएका छन् । शनिबार बिहान नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित चियापान कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हामीले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएका छौं । बामपन्थीहरुको दुईतिहाईको सरकार बनाएका छौं । विश्व राजनीतिमै यो असाधारण परिघटना हो । हामीले यो सरकारलाई बलियो बनाएर जानुपर्छ । नेकपा र सरकार कमजोर हुन्छ कि भन्ने कसैले नसोचे हुन्छ ।’ कार्यक्रममा प्रचण्डले पार्टीभित्रका विवाद समाधान हुने बताए । ‘हाम्रो बीच कुनै ठूलो विवाद छैन । केही दिनमा प्रदेश र जिल्ला तहका कमिटीको एकता टुंगाएर जान्छौं, जनवर्गीय संगठनको एकता टुंगाउँछौं । सरकार र पार्टीको एक मात्र गन्तव्य समृद्धि हो, यसमा हामी सफल हुन्छौं ।’ प्रचण्डले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘विश्वमै यति ठूलो सन्देश दिएका छौं । अब हाम्रो जिम्मेवारी पार्टीभित्र गुटबन्दी अन्त्य गर्नु हो । जनताका अपेक्षाअनुसार पार्टीलाई एकीकृत गर्नु हो । के हामीले गुटबन्दी नभएको पार्टी बनाउन सक्छौं रु हामीले सक्नैपर्छ ।’ ‘म फर्केलगत्तै प्रधानमन्त्रीजीसँग छलफल सुरु भएको छ, निर्वाचनमा जनताले जसरी विश्वास गरे, त्यो विश्वासलाई हामीले सम्मान गर्नुपर्छ’ प्रचण्डले भने, ‘सरकारको समीक्षा सुरु भएको छ । केही समस्या पनि देखिएका छन् । तर, सरकार कमजोर बनाएर समस्या समाधान हुँदैन । शक्तिशाली बनाएर जानुपर्छ ।’ ‘अहिले सरकार पहिलो गेयरमा छ । पहिलो गेयरमा हुँदा गाडीले स्पिड लिन सक्दैन । तर, अब हामी गेयर बढाउँछौं’ प्रचण्डले भने, ‘समृद्धिको हाम्रो प्रष्ट लक्ष्य छ, हाम्रो चुनौति त्यसलाई व्यवहारमा ढाल्ने हो । त्यसका लागि हामी सबैले मेहेनत गरौं । जनताले हामीलाई विश्वास गरे, अब जनतालाई विश्वास गरेर काम गरौं ।’ प्रचण्डले अवसरसँगै चुनौति पनि आउने भएकाले कार्यकर्तालाई संयमित भएर अघि बढ्न अपील गरे । उनले भने, ‘जहाँ ठूला सम्भावना हुन्छन्, त्यहाँ चुनौति पनि ठूलै हुन्छन् । हामीले त्यसलाई पार लगाउन सक्नुपर्छ । पार्टी एकता हुनै नदिने षड्यन्त्र चिर्यौं, सरकार असफल बनाउने षड्यन्त्र पनि चिर्छौं ।’
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending