Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

को हो एेसेलुखर्क गाउपालिकाका वडा अध्यक्षमाथी भ्रष्टाचारको आरोप लाउने व्यक्ति ?

खोटाङ्। खोटाङ्ग जिल्ला ऐसेलुखर्क गाउपालिका वडा नम्बर दुई बाकाचोलका वडा अध्यक्ष शन्त वीर तामाङमाथि भ्रष्टाचारको गम्भीर आरोप लागेको छ । अध्यक्ष सन्त वीर तामाङ्माथि रु एक लाख भ्रष्ट्रचार तथा अनियमित्त भएको आरोप लागेको हो ।बाकाचोल सम्पर्क मंच खोटाङ नाम गरेको फेसबुक आइडी मार्फत स्टाटस लेखी यस्तो आरोप लगाएको हो । श्री बौद्ध प्राथमिक बिद्यालयमा स्थानियबासीहरुले भर्खरै थालेको अनुगमनमा बिभिन्न शिर्षकमा लाखौंको भ्रष्ट्रचार तथा अनियमित्त भएको तथ्यान्क बाहिर आउन थालेको छ । वडा अध्यक्ष शन्तवीर तामाङमाथी उत्त स्टाटसमा  कस्ताे अाराेप  थियाे ?

स्टाटस हेर्नुहाेस्:-

भ्रष्ट्रचार र अनियमित्तको चपेटामा बाकाचोल

१३ असोज २०७५, प्रदेश नम्बर १, खोटाङ्ग जिल्ला, ऐसेलुखर्क गाउपालिका वडा नम्बर २-बाकाचोल अहिले चरम भ्रष्ट्रचार र अनियमित्तको चपेटामा परेको छ । स्थानियबासीहरुले भर्खरै थालेको अनुगमनमा बिभिन्न शिर्षकमा लाखौंको भ्रष्ट्रचार तथा अनियमित्त भएको तथ्यान्क बाहिर आउन थालेको छ । साबिकको बाकाचोल -९ स्थित श्री बौद्ध प्राथमिक बिद्यालय, माने डाँडामा अस्थाइ शिक्षक दरबन्दी शिर्षकमा रु ३३४,४८९ ९अक्षरेपी रु तीन लाख चौतिस हजार चार सय उनन्नब्बे० सोही बिद्यालयका प्राध्यापक श्री ईन्द्र कुमार तामाङ्ग ले भ्रष्ट्रचारगरी सो कुरालाई ढाक्छोप गर्न गराउनका लागि सोही वडाका वडा अध्यक्ष श्री सन्त बीर तामाङ्ग् लाई रु १००,००० (अक्षेरेपी रु एक लाख) घुस दिएको स्थानिय जानताको सामु स्वीकार गरेको स्थानियहरुले बताएका छन् ।

सरकारले बारम्बार जनप्रतिनिधिले ठेक्का पट्टाको काम गर्न नपाउने भनीरहदा पनि सो ब्यवस्थालाई बेवास्ता गर्दै ऐसेलुखर्क गाउपालिका वडा नम्बर २, बाकाचोलका वडा अध्यक्ष श्री सन्त बीर तामाङ्ग् ले भने आफु खुशी मनोमानी ढंगले सडक निर्माण देखी बिभिन्न योजनाहरु आँफैले ठेक्का पट्टा गरी माप्दन्ड र तोकिए बमोजिम काम नगरेकोले यस्तो कार्यबाट अत्याधिक भ्रष्ट्रचार भएको भन्दै स्थानियहरुको ठुलो गुनासो रहेको बाताएका छन ।

वडा अध्यक्ष श्री सन्त वीर तामाङ्ग् बिरुद्द बिभिन्न शिर्षकमा चरम अनियमित्त तथा भ्रष्ट्रचार भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा उजुरी परेपछी हाल छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धानबाट पत्रचार समेत भएको जानकारी गराएको छ ।

गरीब जनताबाट उठाएको करलाई यसरी दुरुपयोग गर्छ भने कसरी होला गाउ गाउमा सिंह दरबार रुरुजिम्मेवारी को ?? छान बिन कस्ले गर्ने  ??

यता ऐसेलुखर्क गाउपालिकाको अध्यक्ष शन्तबीर तामाङले भने उक्त भ्रष्टाचारको आरोप सरासर झुठो रहेको दाबी गरेका छन् । अध्यक्ष तामाङले रु एक लाख रकम कुनैपनि घुस नभई विद्यालयबाट आफुले लिनुपर्ने रकम लिएको पुष्टी गरेका छन् । श्री बौद्ध आधारभुत विद्यालयको प्र‍अ ईन्द्र बहादुर तामाङको जिम्मामा रहेको रु एक लाख पैतिस हजार आठ सय नब्बे दिनु पर्नेमा मिति २०७४/ ०५ /१८ गते नगद रु एक लाख रकम दिएको हो। अध्यक्ष तामाङले उक्त रकम बिगत दुई बर्ष अगाडि विद्यालय भवन निर्माण गर्दा दिएका थिए । आफुले सहयोग गरेको रकम फिर्ता लिएको र सोही रकमलाई गाउँका केहि स्थानिय र केहि मित्रहरुले घुस भनिएको अध्यक्ष तामाङले बताएका छन् । उनले भने आफुले विद्यालयलाई सहयोग गरेको रकम फिर्ता लिँदा कसरी घुस खाएको भयो ? अध्यक्ष तामाङले त्यो रकमलाई घुस खुवाएको आरोप झुठो भएको दाबी गरेका छन्। अध्यक्ष अझै विद्ययालयले पैतिस हजार आठ सय नब्बे रुपैया दिन बाकी रहेको बताउछन् । फेसबुकमा यस्तो स्टाटस आएपछी बौद्ध आधारभुत विद्यालयमा एेसेलुखर्क गाउँपालिका वडा नम्बर २ को तत्काल बैठक बसेको थियो । बैठकमा अध्यक्ष शन्तबिर तामाङ नभएपछि कार्यबाहक अध्यक्ष शिब बहादुर पुरीको अध्यक्षतामा बसेको थियो । उत्त बैठकमा ईलाका प्रहरी कार्यलय एेसेलुखर्कका केहि प्रहरीको समेत उपस्थिति रहेको थियो । के निर्णय भयो बैठकमा ? [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"208983,208982,208981\"] यसै विद्यालयको प्र.अ. इन्द्रबहादुर तामाङले सन्तबिर तामाङलाई लगाएको लालछाना सत्य नभैइ झुठो भएको हुँदा यस्तो झुठो खबर फैलाउने सामाजिक संजालका प्रयोगकर्ता जो सुकै भएनी कडा भन्दा कडा कारवाहि गर्न गाउपालिकाले माग गरेको छ । बौद्ध आधारभुत विद्यालयलाइ दु:ख पर्दा आफुले हेरेको र अहिले सोहि सहयोग गरेको रकम आफुले फिर्ता लिदा यस्तो चरीत्रमा आच आउने किसिमको आरोप आउदा अध्यक्ष तामाङले दुःख व्यत्त गरेका छन । अध्यक्ष तामाङले आफ्नो गाउँको विद्यालयलाई सधै सहयोग गर्ने आफ्नो मन भएको र केहि समय अगाडि विद्यालयलाई विभिन्न माध्यमबाट सहयोग गरेको समेत बताएका छन् । आफुले सहयोग गरेको पैसा फिर्ता लिदा यस्तो गम्भीर आरोप लगाउने जो कोही प्रती अध्यक्ष तामाङको घोर आपत्ति छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending