Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

‘इच्छुक’ लाई किन सम्झने ?

यसै हप्ता अर्थात १३ गते कृष्ण सेन ‘इच्क्षुक’ को सहहादत दिन हो । उनलाई सम्झनु, स्मृति कार्यक्रम गर्नु  भनेको उनैको चरित्र स्विकार्नु हो, अनुयायी हुनु हो । आखिर के र को थिए उनी ? उनलाई सम्झनु पछाडिका कारण के छन् ? के सेनको सराद्दे गर्नलाई हो की ! आर्दश पछ्याउन र अनुकरण गर्न ! उनी भन्थे– शब्दको पनि वर्ग पक्षधारिता हुन्छ, जसले जुन मान्छेको आस्था, विश्वास, मान्यता र सपनासँग आफूलाई जोडेको र जाडिरहेको हुँदैन त्यसले उसको यादमा श्रद्धा नभई सराद्दे गरिरहेको हुन्छ । लेख्नका लागी लडौं, लड्नको लागि लेखौं मनोविलासका लागी भने हैन । लेख्नु व्यवसाय पटक्कै हैन, यो त कर्म हो, संर्घषको पक्षधारिता वा कर्णाल फुक्नु हो जुन शंखनादले बैरीको मुटु छियाछिया पार्छ, तब कलम समाउनेहरूको भौतिक शरीर छियाछिया पार्छ । ०५९ साल जेठ १३ गते प्रदर्शनी मार्गमा रहेको पुलिस क्लबमा हत्या भएको थियो ।  त्यसैले अहिले अझ उनका वार्षिक याद गर्ने सामु श्रद्धा कि सराद्दे भन्ने प्रश्न उभिरहन्छन् । इच्छुक कवि थियो, साहित्यकार थियो, पत्रकार  थियो, संपादक थियो, त्यसभन्दा पनि ज्यादा जस्तो सोच राख्थ्योे त्यस्तै उसको सरल, सहज जीवन पनि थियो । विज्ञानको भाषामा जीवन र जगतसँग कलामय बात माथ्र्यो ।  पुँजी र प्रविधिको मिलापले उपभोक्तावादी संस्कृती र त्यसले मिडिया, साहित्य, संस्कृति र राजनीतिलाई पारेको असरको सुक्ष्म तरिकाले नियाल्ने मात्र हैन त्यस विभ्रम विरुद्धको जनमत तयार गर्न, आमूल परिवर्तनको मनोदशा तयार गर्न सदा सक्रिय रह्यो । जीवनका अधिकांश युवापन जेलमै बितायो । ऊ आन्दोलनको प्रवक्ता थियो । भन्नु, हुनु, गर्नु र देखिनु बीचमा पटक्कै भिन्नता थिएन ।  पाल्सी कुरा जान्दै जान्दैनथ्यो ऊ । त्यो नै उसको महानता हो । कर्मलाई आर्दशले निर्देशित गरेको थियो । आफ्नै आर्दशप्रति समर्पित एउटा बौद्धिक योद्धा थियो ऊ । जति बाँच्यो, गर्विलो तरिकाले जियो, वैरीलाई अत्याउदै शानसँग म¥यो । उसका वैरीलाई त अहिले पनि सपनीमा आतंकै बनेको छ, हकवाला दाबी गर्नेलाई पनि आर्दशको चावुक हान्दा मर्माहत बनाएको छ । आन्दोलनले, संर्घषले,  मानवीय आर्दशले उसलाई सत्तीसाल बनाएको र  दायित्वले नौनीभन्दा नरम बनाएको थियो । दुश्मनप्रति घृणा र आफन्तको प्रेमले साँच्चै नै विमति राख्नेले पनि धैर्यतासँग उसलाई सुन्ने गर्थे ।  गम्भीर कुरालाई अत्यन्तै सहज तरिकाले राख्ने, असहमतिलाई पनि शालीन भद्र तरिकाले आफ्नाे पक्ष राख्ने  साँच्चैको असल मान्छे थियो ऊ । हरेक आन्दोलन, सत्ता र वौद्धिकको द्वन्दात्मक सम्बन्ध रहन्छ । अक्षरको पनि प्रतिवद्धता र पक्षधारिता हुन्छन् । आन्दोलन, पार्टी र गुट भनेका एउटै हैनन । जहिले र जहाँ पनि, अक्षर हरेक किसिमका सत्तालाई आतंक बन्छन् । जब सत्ता अभिभावक बन्न सक्दैनँ तब हरेक खाले त्यस्ता सत्ताको चुनौती दिने कवि हुन्छन् । सत्ताधारी सेन्सरहीन अक्षरदेखी आतंकित हुन्छन् । जब अक्षरले देखाएका सपनाले मान्छे बिउझिँदै आफूलाई चिन्न र गर्जन थाल्छ, तब अक्षरकारलाई उनीहरु पहिला भजन किर्तन गर्न लगाँउछन, सुविधाको चास्नी चसाउँछन्, लालसाको भोक जगाएर   राजकविमा फेरि दिन्छन् वा दाताको, शक्तिको, सत्ताको, पहुँचदारको  सौन्र्दयकारमा फेरिन हुकुम दिन्छन । जो फेरिन चाहँदैनन् उनीहरु सत्ताका वैरी ठहरिन्छन् । सत्ता उनीहरु माथी बर्जन्छ । अनि बनाइन्छन् कृष्ण सेन, केन सारो विवा (नाइजेरिया)  रोजा रोदा रोखास (चिली) चेरावण्डा राजु –(भारत) गाण्टि प्रसादम (भारत) । अबु मोविया जमाल (सयुक्त राज्य अमेरिका) र  एउटा अपांग प्रोफेसर जी.यन. साईबाबा शक्तिशाली भारतीय सत्तालाई आतंक बनेर जेलमा सडाईन्छन् । अनी सेन्सरहीन कलमको निप भाँचेपछि भजनमण्डली तयार हुन्छन् भन्ने भ्रमित हुन्छन् सत्ताधारीहरु । शक्ति कहिल्यै पनि आलोचना, विमति सुन्न, हेर्न चाहँदैन प्रशंसामा रम्न चाहन्छ र आफ्ना कमी कमजोरी उजगार गर्नेलाई शत्रु सोच्न थाल्छ । अझ आन्दोलनले हैसियत गुमाएर गुटमा फेरिन थाल्छ, सबभन्दा मर्माहत बन्छ, गुटियार बन्न नचाहन सेन्सरहीन वौद्धिकतप्का र उसलाई अराजक भन्न थालिन्छ पनि । यो आलोचनात्मक चेत निषेध गरिएका राजनीतिक पार्टी सत्तामा पनि लागु हुन्छ भने राज्यसत्ता त विमतिका भाषा पटक्कै सुन्नै चाहँदैन । विगतमा माओवादी मिडियामैत्री बन्न नसक्नाका कारण पनि यिनै रहे । परिस्थितिले तितो यर्थात स्वीकार्न विवस पार्छ र त्यो अवस्था विचार भावनामय बन्दा हुन्छ । \"Krishnaव्यक्तिबाट व्यक्तित्वमा फेरिएका र मरेर बाँचिरहने मानिसले जिँउदै बनिरहन चाहनेलाई सदा प्रेरणामात्र हैन गम्भीर प्रकारको आत्मसमीक्षा गरेर अगाडि बढ्न पनि दिशानिर्देश गरिरहन्छ । अक्षरबाट आतंकित सत्ताले सेनलाई मा¥यो, तर  निर्भीक पत्रकारिताका समुन्ने लाचार बन्यो, छिपाउन सकेन । सेन मारिएको १३ वर्ष बित्यो, माओवादी स्वयं आफ्नै प्रतिवद्धतामा कति खरो उत्रन सक्यो सकेन, इच्छुकको साँच्चैको हकवाला कति बने ! माओवादी त्यो समीक्षाकै विषय हो ।  विश्वका मजदुर एक भन्नेहरुलाई शत्रु खोज्न अन्त जान परेन, त्यसको असर के कस्तो रह्यो भनीरहन परेन । यसैलाई  मनन गर्न पनि केही आर्दश व्यक्तित्वको आवश्यक पर्दो रहेछ, त्यो बन्यो मारिएका सेनले ललकारेको क्षण । सेन दुश्मनलाई मात्रै हैन अहिलेका माओवादीलाई पनि ‘आतंक’ बनेका छन् । हो,  १३ वर्ष पहिला एउटा कवि, पत्रकार, साहित्यकार र मानवतावादी सुन्दर सपना देख्ने एउटा असल र अग्लो मान्छेलाई शाही सत्ताले सिकार खेल्यो । कृष्ण सेन मारियो । तब आन्दोलन, विद्रोह र आस्थाको राजनीति गर्ने वौद्धिक बिम्ब बन्यो ऊ । सेनले चिहानबाट १३ हजार सहिदको प्रतिनिधित्व गर्दै  चिच्यायो ‘घरमा आगो लगाएर कोही  न्यानो बन्दैन र घरै जलिरहेको बेला मुलकोठामा कसको ओछ्यान भन्ने मुर्खता नगर’ । निजी र पुँजीको उसले कहिल्यै आशक्ति देखाएन, विलासिताले कहिल्यै मोहित बनाएन उसलाई । समस्या आएका र त्यसलाई निराकरण गर्न नयाँ सन्र्दभमा नयाँ उचाईमा उभिएर ललकार्यो सेनले । उसका शंखनाद को, कसले कति सुनेका छन् ? सुन्नेवाला छन् ?   सेन प्रसंगले सबै माओवादीलाई भावनामय बनाएर सहिदलाई अंशबण्डा गर्ने घृणित खेलमा सामेल नगराउन चेतावनी पनि दिँदैछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies