Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

वन मासेर प्रदेश राजधानी

कैलाली । कैलालीका वनभित्र ६ वटा राष्ट्रिय आयोजना सञ्चालन भएकामा प्रदेश ७ को राजधानी पनि प्रस्ताव गरिएको छ । कैलालीको गोदावरीस्थित वन क्षेत्रमा राजधानी राख्ने प्रस्ताव गरिएको छ । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - जंगल क्षेत्रमा राजधानी राख्ने प्रस्ताव गरिएसँगै विरोधका स्वरहरु बाहिर आउन थालेका छन् । जंगल क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धताविरुद्ध हुने भन्दै कांग्रेसले प्रदेश ७ को राजधानी कैलालीको गोदावरीमा राख्ने प्रस्तावको विरोध गरेको छ । उसले प्रस्तावको विरोधमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेको छ । प्रदेश ७ को स्थायी राजधानीसमेत कैलालीको गोदावरीस्थित वन क्षेत्रमा राख्ने प्रस्तावले संघीय वन तथा वातावरण मन्त्रालय, वन तथा भूसंरक्षण विभाग एवं वनविज्ञहरूको ध्यान खिचेको छ । प्रदेश ७ को नामांकन र स्थायी राजधानी निर्धारण गर्न गठित विशेष सुझाव समितिले गोदावरी नगरपालिका–४ को वन क्षेत्रमा राजधानी राख्न उपयुक्त हुने ठहर गरेको छ । प्रदेश सांसद तारा लामा तामाङ नेतृत्वको समितिले सरोकारवाला पक्षसँग परामर्श र रायसुझावका आधारमा गोदावरीलाई स्थायी राजधानी प्रस्ताव गरेको छ । प्रस्तावित क्षेत्र अत्तरिया–डडेलधुरा सडकखण्डदेखि पश्चिम, तेघरीस्थित सेनाको ब्यारेकको उत्तर पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिण छ । स्थायी राजधानीका लागि पर्याप्त सार्वजनिक जग्गा भएकाले समितिले यसैलाई चार किल्ला तोकेर प्रतिवेदन तयार गरेको हो । प्रदेशसभा बैठकमा राजधानी कैलालीको गोदावरी नगरपालिका ४ मा रहने प्रस्तावमाथि छलफल चलिरहेका बेला प्रदेशसभा प्रवेशद्वार अगाडि राजधानी धनगढी नै कायम हुनुपर्ने माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । विरोध प्रदर्शन स्वस्फूर्त भने पनि प्रदर्शनमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर बडलगायत कांग्रेस कार्यकर्ता सहभागी थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies