Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

महराले भने-देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न आग्रह

काठमाडौं । सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न आग्रह गरेका छन् । उनले भने, “देश र जनता बलियो भए मात्र पत्रकारिता सफल हुन्छ । पत्रकारिताको ध्येय देश र जनता बलियो बनाउने हुनुपर्छ ।” नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित ‘हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहलाई आज यहाँ सम्बोधन गर्दै सभामुख महराले प्रसारण पत्रकारिताको विकासमा नेपाल टेलिभिजनको अग्रणी भूमिका रहेको चर्चा गरे । राष्ट्रिय प्रसारण केन्द्रका रुपमा नेपाल टेलिभिजनले काम गरिराखेको चर्चा गर्दै उहाँले अगामी दिनमा यसको थप प्रभावकारिता वृद्धि हुँदै जानेछ भने । सभामुख महराले पत्रकारितासित सम्बन्धित रहेका मुलुकी ऐन एवं गोपनीयता हकसम्बन्धी ऐन नियम संशोधन हुने जानकारी दिँदै यस कार्यमा सरकारले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ इतिहास रचना गर्दा आउने जोखिमलाई सामाना गर्न सकिएमा सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारिता क्षेत्र विभिन्न किसिमबाट जोखिममा पर्ने चर्चा गर्दै जोखिममा परेका अवस्थामा राज्यले संरक्षण गर्नुपर्छ भने । नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दिलीप थापा मगरले मुलुकी ऐनलाई संशोधन गर्न माग गर्दै महासङ्घले पेशागत मर्यादा र हकहितका पक्षमा निरन्तर पैरवी गर्र्दै आएको बताए । वरिष्ठ पत्रकार एवं पुरस्कार छनोट समितिका संयोजक ध्रुवहरि अधिकारीले पुरस्कारका प्राप्तिका लागि दश वटा सामग्री प्राप्त भएकामध्ये विषयवस्तु, प्रस्तुति, सूचना तथा जोखिमका आधारमा उत्कृष्ट एक चयन गरिएको जानकारी दिए । नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष निराजन खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष टेकबहादुर खड्का, सचिव रविचन्द्र पराजुली, नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल टेलिभिज कर्मचारी सङ्घका उपाध्यक्ष हेमप्रसाद घिमिरेले स्वर्गीय हेमराज भण्डारी र सुनिल सिंहका योगदानमाथि चर्चा गरे । पुरस्कार तथा सम्मान कार्यक्रममा यस वर्षको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका समाचार सम्पादक सुरेन्द्र पौडेल, वरिष्ठ सहायक क्यामराम्यान शिव पँगेनी तथा सप्तरी संवाददाता श्यामसुन्दर यादवलाई संयुक्तरुपमा प्रदान गरिएको थियो । स्वर्गीय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित सो पुरस्कारको राशि रु ५१ हजारसहित प्रमाणपत्र रहेको छ । तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित उनीहरुको विसं २०६३ असोज ७ गते ताप्लेजुङको धुन्सामा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो । यसैगरी कार्यक्रममा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक दीपा गौतम, अपरेशन महाशाखा निर्देशक रेणु थापा, कार्यकारी समाचार सम्पादक नवराज पोखरेल र वरिष्ठ भाषाविद् बाबुराम तिमिल्सिनालाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा कार्यकारी समाचार सम्पादक पुष्पहरि क्याम्पाराई सम्मान गरिनाका साथै प्रतिष्ठानद्वारा स्थापित शशि चालिसे स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ क्यामराम्यान पुरुषोत्तम घिमिरे, जयप्रकाश चौधरी स्मृति पत्रकारिता पुरस्कार सङ्गीता पन्त र वीरेन्द्र कार्की स्मृति पत्रकारिता पुरस्कार दृश्य सम्पादक शतिश कोइराललाई प्रदान गरिएको थियो । ती पुरस्कारको राशि रु पाँच हजारसहित सम्मानपत्र रहेको छ । कार्यक्रममा पुरस्कृत समाचार सम्पादक पौडेलले टेलिभिजन पत्रकारिता चुनौती बन्दै गएको बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending