Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

अाहा ! गाउँपालिकाभरि ‘होमस्टे’

लमजुङ । लमजुङको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिकाभरि होमस्टे (घरबास) सञ्चालन गरिएको छ । गाउँपालिका सबै गाउँमा होमस्टे सञ्चालन गरिएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्ष २०७५÷७६ मा १३ गाउँमा होमस्टे सञ्चालन गर्ने तयारी अनुसार हालसम्म आठ गाउँमा होमस्टे सञ्चालन गरिएको छ । अन्य गाउँमा होमस्टे सञ्चालनको तयारीका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको छ । “होमस्टे सञ्चालनका लागि पूर्वाधार तयार गरिँदै छ । हामी चालू आवभित्र ती गाउँमा होमस्टे सञ्चालन गर्छौं”, उनले भने । मस्र्याङ्दी गाउँपालिका–१ घनपोखरा, ३ को सिउरुङ र ढगैं, ४ को छापा र मिप्रा, ५ को खानीगाउँ, ८ को भुष्मे र ९ को भलामचौरमा होमस्टे सञ्चालन गरिएको छ । यी गाउँका ७० भन्दा बढी घरमा होमस्टे सञ्चालन गरिएको छ । वडा नं ४ को कालाघिरिङ, ५ को सञ्जापु, ६ को भीरपुस्तुन, ७ को उस्ता र नयाँगाउँमा होमस्टेका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको गुरुङले बताए । उक्त गाउँमा होमस्टेका लागि संरचना निर्माणसँगै, सरसफाइ, गाउँसम्म पुग्ने सडक तथा गोरेटो निर्माण गरिएको छ । होमस्टे प्रवद्र्धनका लागि गाउँपालिकाका नौ वटै वडालाई समेटेर वृत्तचित्र निर्माणसमेत गरिएको छ । कतिपय होमस्टे गाउँले पर्यटन प्रवद्र्धनका लागि गीति एल्वम निर्माण गरिएको छ । यहाँका ८० घरमा होमस्टे सञ्चालनको तयारी भइरहेको छ । गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकका अनुसार यसअघि होमस्टे सञ्चालन गरिएका गाउँमा वार्षिक रुपमा पर्यटन–प्रवद्र्धनका कार्यक्रम गरिँदै आएको छ । गाउँपालिका भित्र अन्य नयाँ ठाउँ पहिचान गरी होमस्टे प्रवद्र्धनात्मक कार्यक्रम थालिएको उनले बताए । आव २०७४/७५ मा गाउँपालिकाले रु १० लाख विनियोजन गरी कार्यक्रम सञ्चालन गरेको थियो । चालु आव २०७५/७६ मा रु १५ लाख विनियोजन गरिएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending