भूमिका बिहिन नेतासँगै यी हुन् बेरोजगार बनेका नेकपाका नेता
आश्विन ५ गते, २०७५ शुक्रवार 21st September, 2018 Fri१०:४५:३२ मा प्रकाशित
काठमाडौं । नेकपाको राजनीतिक र संगठनात्मक निर्णयकर्ता नेता फूर्सद्मा छन् । पार्टीले ठोस जिम्मेवारी तय नगर्दा नेताहरू फूर्सदिला बनेका हुन् । नेकपाको विधानमा केन्द्रीय सचिवालयले केन्द्रीयस्तरका कार्ययोजना, कार्यक्रम र कार्यसूची तयार पार्ने र स्थायी समितिबाट नीतिगत निर्णय गर्ने ब्यवस्था छ । तर, पार्टीका तल्लो तहका एकता प्रक्रिया र केन्द्रीय विभागको फर्मेसन नहुँदा स्थायी समितिमा रहेका नेता नै बेरोजगार छन् । स्थायी समितिलाई नीतिगत निर्णय लिने निकाय मानिन्छ ।
अाजको अन्नपूर्णमा खबर छ-नेकपाका निर्णय प्रक्रिया अहिले दुई अध्यक्षमा केन्द्रित छ । बिहीबार पनि दुई अध्यक्षले एकता प्रक्रिया टुंगो लगाउने र नेतृत्व बाँडफाँडमा केन्द्रित रहेर छलफल भयो । ९ सदस्यीय सचिवालयका नेताले जिम्मेवारी पाए पनि स्थायी समितिका नेता भूमिका बिहीन छन् ।
जिम्मेवारी तय नहुँदा सरकारमा रहेका नेता सरकारमै र केन्द्र तथा प्रदेश संसद्मा रहेका संसदीय भूमिकामै सिमित छन् । यी दुवै जिम्मेवारीमा नरहेका नेताहरू भने फूर्सदिला छन् । स्थायी कमिटीमा रहेका ४५ मध्ये ३० जना संघीय संसद्, ६ जना प्रदेश संसद् र ९ जना संसद् बाहिर छन् । तीमध्ये ११ जना ओली नेतृत्वको सरकारमा सहभागी छन् । २ जना मुख्यमन्त्री (गण्डकी र कर्णाली प्रदेश), २ जना प्रतिनिधिसभातर्फ संसदीय दलको उपनेता र प्रमुख सचेतक, २ जना प्रदेश संसदीय दलको नेता र १ जना प्रधानमन्त्रीका प्रमुख सल्लाहकार छन् ।
बाँकी ८ जना न संसदीय भूमिकामा छन्, न पार्टीले ठोस जिम्मेवारी दिएको छ । संसद्मा नरहेका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले यदाकदा जिम्मेवारी पाए पनि स्थायी समिति सदस्यहरू गणेश शाह, मणि थापा, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणि पोखरेल र वेदुराम भुषाल कुनै भूमिकामा छैनन् । ४४१ सदस्यीय केन्द्रीय समिति सदस्यको अवस्था पनि उस्तै छ ।
‘अहिले पार्टीमा भूमिकै छैन, पद स्थायी समिति भनिएको छ, तर काम के हो केही छैन’, स्थायी समिति सदस्य गणेश साहले भने ।
साह नेकपाका दुईघटक एमाले–माओवादी भन्दा फरक पार्टीबाट एकता प्रक्रियामा सहभागी भएका नेता हुन् । नेकपा संयुक्तका नेता उनी तत्कालिन माओवादी हुँदै नेकपा स्थायी समिति बनेका हुन् ।
उनी अहिले प्राविधिक विषयमा आफूलाई केन्द्रित गर्न थालेका छन् । ‘म अहिले प्रविधि राजनीतिमा छु’, साहले भने, ‘पार्टीगत जिम्मेवारी भन्ने छैन । त्यसैले आफूलाई रुची लागेको विषयमा ब्यस्त छु ।’
पार्टीले जिम्मेवारी तय नगर्दा शीर्ष नेतालाई स्थायी समिति सदस्य अहिले के गरिरहेका छन् भन्ने पत्तो छैन । न सचिवालयका नेताले अन्य नेताको खोजी गरेको छ । नेताहरू कहिले कहीं पार्टी कार्यालय पुग्छन । पार्टी कार्यालय गए पनि शीर्ष नेताहरू कतिबेला आउँछन÷आउँदैनन् ? स्थायी समिति सदस्यलाई पत्तो हुँदैन । ‘कार्यालयलाई आर्कषक बनाउन नसक्दा यस्तो अवस्था आएको ठान्छन्’, साह ।
अर्का स्थायी समिति सदस्य युवराज ज्ञवाली पनि फुसद्मै छन् । पार्टी एकता अघिसम्म उनी तत्कालिन एमालेको उपाध्यक्ष थिए। एकतापछि स्थायी समितिमा खुम्चिएका उनी यतिबेला भूमिका विहीन छन् । ‘काम नै छैन भन्दा हुन्छ’, ज्ञवालीले भने, ‘कतिपयले कार्यक्रममा बोलाउँछन्, समय मिलाएर पुग्छु, नत्र स्वविवेकले जे मन लाग्छ, त्यही गरेर दिन बिताउँछु ।’
ज्ञवालीले अहिले अध्ययनमा समय दिन थालेका छन् । ‘फिल्डमा खटिँदा अध्ययन गर्ने समय मिल्दैनथ्यो, तर अहिले फूर्सदिलो छु’, ज्ञवालीले भने, ‘अध्ययन गर्ने अवसर मिलेको छ ।’
‘एकतामा ढिलाइ हुनु राम्रो होइन, सबै काम रोकिएको छ, चलायमान बनाउनु रहनुपर्ने पार्टीनै निष्क्रिय बनेको छ। लामो समय रहँदा पार्टी नेता–कार्यकर्तामा निरासा पैदा गर्छ।’ ज्ञवाली भन्छन् । उनी पनि पार्टी कार्यालय खासै पुग्दैनन् । ‘कहिले कहीं जान्छु, गएर पनि के गर्नु कामै छैन’, उनी भन्छन् ।
अर्का स्थायी समिति सदस्य वेदुराम भुषाल पार्टीले प्रक्रिया ढिला गरेकोमा चिन्ता ब्यक्त गर्छन् । ‘प्रक्रिया ढिला भएकोमा धेरै साथीहरूलाई चिन्ता छ । मेरो आफ्नै चिन्ता पनि त्यहीमा छ’, भुषालले भने, ‘पार्टीलाई परिचालित बनाउने काममा नेताहरूले छिट्टै सोच्न जरूरी छ।’ उनी संसदीय तथा पार्टी जिम्मेवारीमा छैनन् ।
नेकपाको अन्तरिम विधान÷नियमावली अनुसार निर्देशिका बनाउन सुवास नेम्वाङ नेतृत्वमा एउटा कार्यदल बनाएको छ । साउनमै बनेको यो कार्यदलमा भुषाल सदस्य छन्। तर त्यो कार्यदलको एकपटक पनि बसेको छैन । ‘कार्यदल बैठक पनि बसेन, पार्टीले ठोस जिम्मेवारी पनि तोकेको छैन’, भुषाल भन्छन्, ‘फूर्सदिलो भएपछि लेखपढमा समय बितिरहेको छ ।’
नेकपाले तल्लो तहसम्म पार्टी एकता गरेको भए अढाई लाख नेता–कायर्कर्ताले जिम्मेवारी पाउँथे । तर प्रक्रिया लम्बिँदा सिंहदरबार घुम्ने, ब्यक्तिगत काममा रमाउनमै नेता–कार्यकर्ता लाग्न थालेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: