Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जलाशय संरक्षणमा सुस्ता गाउँपालिका

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका जलाशय संरक्षणमा जुटेको छ । जिल्लाकै अन्य स्थानीय तहले पोखरी तथा जलाशय पुरेर विवादमा आइरहेका बेला सुस्ता भने संरक्षणमा जुटेको छ । जलाशयलाई व्यवस्थित गराइ पोखरी निर्माणमा लागेको गाउँपालिकाले जनाएको छ । त्यसका लागि गाउँपालिकाले रु एक करोड रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए । गाउँपालिका क्षेत्रभित्र रहेको नारायणी नदीको छाडन भनेर चिनिने ठूलो जलासयलाई व्यवस्थित गर्न सो रकम विनियोजन गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो । सो जलासयमा गोहीसमेत बस्ने गरेका छन् । जलासय छेउछाउमा पोखरी निर्माण गर्ने र बीचको गहिरो भाग जलासयकै रूपमा व्यवस्थित गर्न बजेट विनियोजन गरिएको गाउँपालिकाकी उपाध्यक्ष इन्द्रकुमारी थरूनीले बताए । जलासय व्यवस्थापन नहुँदा अनियन्त्रित रूपमा अतिक्रमण हुने गरेको थियो । सो बजेटले सीमाङ्कन गरी जलासयको विस्तृत अध्ययन गराइ कुन भागमा पोखरी निर्माण गर्ने, कुन भागलाई जलासयकै रूपमा संरक्षण गर्ने यकिन गरेर संरक्षणको काम अगाडि बढाउने उनले बताए । विसं २०१६ मा नेपाल र भारतबीच गण्डक सम्झौता हुनुपूर्व नै नारायणी नदीले आफ्नो धार फेर्दा सो क्षेत्रमा जलासय बनेको थियो । जलासय करीब रु एक हजार बिघा क्षेत्रफलमा फैलिएको स्थानीयले बताएका छन् । नारायणी नदी सोही क्षेत्र भएर बगेकाले त्यहाँ अर्बौको गिट्टी र बालुवासमेत रहेको छ । पोखरी खन्दा निस्कने गिट्टी र बालुवासमेत प्रक्रिया पु¥याएर लिलाम बिक्री गरी गाउँपालिकाले आम्दानी गर्ने योजना बनाएको छ । गाउँपालिकाको यो कार्यक्रमले वरिपरिका बासिन्दासमेत उत्साही भएका छन् । चोरी भएर जाने प्राकृतिक स्रोतको गाउँपालिकाले जनहितमा हुने गरी उपयोग गर्ने भएपछि गाउँले उत्साही भएको स्थानीय सुरज कोहारले बताउए । सुस्ता गाउँपालिकाले संरक्षण गर्ने योजना अगाडि सारेर सकारात्मक काम गरेको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies