Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

चीनमा उपराष्ट्रपति पुनको १५ बुँदे मन्तव्य (पूर्णपाठ)

चीन । चीन सिचुवान प्रान्तको राजधानी छेन्दूमा सम्पन्न ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ उद्घाटन समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सहभापगि भएका छन् । बिहिबार पासाङले उक्त कार्यकममा सम्बत्तधनकत्त पूर्णपाठ यसप्रकार छ । सम्बोधनको पूर्णपाठ चीनका महामहिम उपप्रधानमन्त्री हु छुन्ह्वाज्यू, चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्त समितिका सचिव महामहिम श्री पेङ्ग छिङहुवा Mr. Peng Qinghua ज्यू, विभिन्न मुलुकबाट पाल्नुभएका महामहिमज्यूहरु, विशिष्ट सहभागीज्यूहरु, व्यवसायिक प्रतिनिधिज्यूहरु, पत्रकार मित्रहरु, भद्र महिला तथा सज्जन बृन्द निहाउ/नमस्ते १ सिचुवान प्रान्तको राजधानी तथा ऐतिहासिक सुन्दर शहर छेन्दुमा आयोजना भईरहेको १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको भव्य समुद्घाटन समारोहमा उपस्थित हुने अवसर पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ । यस अवसरमा एउटा घनिष्ठ छिमेकी, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल तथा सगरमाथाको देश नेपालका जनताको तर्फबाट सबैलाई न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु । २ चीनको आगमनदेखि नै म र मेरो प्रतिनिधि मण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यता तथा भ्रमणको अत्यन्तै राम्रो प्रबन्धका लागि म चिनियाँ सरकार र सिचुवान जनसरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु । त्यसैगरी १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई भव्य बनाउन गर्नुभएको कुशल व्यवस्थापनका लागि सिचुवान जनसरकार तथा आयोजक समितिलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । ३ सन् २००० देखि आयोजना भईरहेको यस मेलाले चीन तथा सहभागी मुलुकहरुलाई व्यापार, लगानी, प्रविधि र पर्यटनका क्षेत्रमा जोडिरहेको छ । मेलाले व्यापारी, उद्यमी तथा लगानीकर्ताहरुबीच विचार आदान प्रदान, सम्बन्ध स्थापना, अन्तरक्रिया एवम् व्यापारिक सहकार्यको अभिवृद्धि गर्ने अवसर प्रदान गर्दै आएको छ । यस वर्षको मेला चीनका महामहिम राष्ट्रपति सी चिनफिनको ‘नयाँ युगका लागि चिनियाँ विशेषतायुक्त समाजवाद’ सम्बन्धी विचारधाराबाट निर्देशित भई विकासको नयाँ दृष्टिकोण एवम् गुणस्तरीय विकास प्राप्त गर्नेतर्फ लक्षित भएको पाँउदा हामीलाई खुशी लागेको छ । यस किसिमको महत्वपूर्ण मेलामा नेपाली उद्यमी व्यवसायीहरुलाई आमन्त्रण गरी सहभागी हुने अवसर प्रदान गर्नु भएकोमा म आयोजकलाई हार्दिक धन्यवाद दिन चाहन्छु । भद्र महिला तथा सज्जन वृन्द ४ नेपाल र चीनबीच सदियौं पुरानो तथा प्रगाढ र घनिष्ठ सम्बन्ध रहीआएको छ । दुई देशबीचको सुमधुर एवम् मैत्रीपूर्ण सम्बन्धको लामो इतिहास छ । हाम्रा सम्बन्ध सगरमाथा जस्तै उचो भईरहेको छ भने नङ र मासु जस्तै बनिरहेको छ । हामीलाई इतिहास, परम्परा, मूल्य मान्यताहरु तथा भूगोलले एक अर्काबाट छुट्टिनै नसक्ने गरी जोडेको छ । नेपाल र चीनबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भए तापनि प्राचीन कालदेखि नै ऐतिहासिक रुपमा नै सम्बन्धहरु रहि आएका छन् । मञ्जुश्री, भृकुटी, अरनिको, ह्वेन साङ तथा फा स्यानदेखि नै हाम्रा द्विपक्षीय सम्बन्ध विविध क्षेत्रहरुमा विस्तार हुँदै आएको छ । हाम्रा द्विपक्षीय सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित छ । ५ नेपाल एक चीन नीति ९इलभ ऋजष्लब एयष्अिथ० प्रति प्रतिबद्ध छ । नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिवद्ध छ । चीनले अवलम्बन गरिरहेको मित्रता, सदासयता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तहरुद्वारा निर्देशित छिमेक कूटनीतिको हामी प्रशंसा गर्दछौं । ६ विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन हामीले नयाँ सहयोगका क्षेत्रहरु पहिचान गरेका छौँ । ती क्षेत्रहरुमा महत्वपूर्ण उपलब्धी पनि हासिल गरेका छौं । समय समयमा भएका उच्चस्तरीय भ्रमणहरुको आदान प्रदानबाट द्विपक्षीय सम्बन्ध थप मजबुत र फराकिलो हुँदै गएको छ । पछिल्लो केही वर्षयता दुई देशबीच महत्वपूर्ण सम्झौताहरु सम्पन्न भएका छन् । तीमध्ये पारवहन यातायात संझौता, बेल्ट एण्ड रोड इनिसियेटिभ (बिआरआई) सम्बन्धी समझदारी र रेल परियोजनामा सहयोग सम्बन्धी समझदारी महत्वपूर्ण रहेका छन् । हाल नेपालमा चीनको सहयोगमा थुप्रै परियोजनाहरु सञ्चालित छन् । थुप्रै चिनियाँ कम्पनीहरुले लगानी गरिररहेका छन् । ७ चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको सय वर्ष पुगेको अवसरमा सन् २०२१ सम्ममा चीनलाई एउटा समृद्ध समाज निर्माण गर्ने र जनवादी गणतन्त्र चीन स्थापना भएको सय वर्ष पुगेको अवसरमा सन् २०४९ सम्म चीनलाई एउटा महान् आधुनिक समाजवादी मुलुक बनाउने लक्ष्यको हामी खुलेर प्रशंसा गर्दछौं । त्यसैगरी, विगत चार दशकमा खुलापन र सुधारको माध्यमबाट चीनले हासिल गरेको आर्थिक वृद्धि र चिनियाँ जनताको जीवनस्तरमा आएको गुणात्मक सुधारको नेपाली जनता उच्च प्रशंसा गर्दछन् । यस वर्ष चीनले खुलापन र सुधारको चालिसौं वर्षगाँठ मनाइरहेको अवसरमा हामी चिनिया सरकार र जनतालाई हार्दिक बधाइ दिन चाहन्छौं । ८ चीनका महामहिम राष्ट्रपतिले बेल्ट एण्ड रोड ईनिसियटिभ (बिआरआई) मार्फत् सम्बद्ध राष्ट्रहरुबीच सहयोग अभिवृद्दि गरी मानवताका लागि साझा भविष्य भएको समुदाय निर्माणका लागि अगाडि सार्नुभएको विचारको हामी स्वागत गर्दछौं । बिआरआईमा शान्ति, सहयोग, समावेशीता, आपसी सिकाइ, आपसी लाभ र सबैको जित जस्ता भावना समाविष्ट भएकोले यस इनिसिएटिभमा हामी सामेल हुन पाएकोमा खुशी छौं । बिआरआई सम्बन्धी द्विपक्षीय समझदारीको कार्यान्वयनमा तीब्रता दिन हिमालय वारपार बहुआयामिक सम्पर्क सन्जाल (त्चबलक( ज्ष्mबबिथबल ःगतिष्( म्ष्mभलकष्यलब िऋयललभअतष्खष्तथ ल्भतधयचप) को बृहत्तर फ्रेमवर्क भित्र सहयोग अगाडि बढाउने कुरामा हाम्रा दुवै देशहरु प्रतिवद्ध छन् । भद्र महिला तथा सज्जन वृन्द ९ नेपालसँग ऐतिहासिक सम्बन्ध एवम् भौगोलिक रुपमा नजिक रहेको सिचुवान प्रान्त पश्चिम चीनको एउटा महत्वपूर्ण व्यापारिक एवम् यातायात सञ्जालको केन्द्रको रुपमा विकसित भैरहेको छ । नेपाल र सिचुवान प्रान्तबीच सरकारी तथा जनस्तरमा विगत लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको छ । काठमाडौं र छेन्दुबीच सिधा हवाई सम्पर्क रहेको छ । त्यसैगरी काठमाडौं र छेन्दु शहरबीच स्थापना भएको भगिनी सम्बन्धले पनि नेपाल र सिचुवान प्रान्तबीचको सम्वन्धमा नयाँ आयाम थपेको छ । यसबाट अन्ततः हाम्रा जनताहरुबीचको सम्वन्ध थप प्रगाढ बनेको छ । १० नेपालमा गत वर्ष सम्पन्न संघीय संरचना अनुरुपको ऐतिहासिक निर्वाचन पश्चात् मुलुकमा शान्ति, स्थिरता र समृद्धिको ढोका खुलेको छ । नेपालको वर्तमान सरकारलाई जनताको बलियो समर्थन रहेको छ । तसर्थ नेपालको आगामी प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु हो । नेपाल सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को बृहत् लक्ष्य हासिल गर्न स्वदेश भित्र भौतिक पूर्वाधारको विकास गर्नु तथा छिमेकी देशहरुसँग सीमा वारपार सम्पर्क संजाल अर्थात कनेक्टिभिटिको विकास गर्न आवश्यक रहेको छ । यसका लागि बिआरआईको माध्यमबाट चीनसँग सहकार्य गरेर नेपालले आफ्ना विकासका आवश्यकताहरु परिपूर्ति गर्न मद्दत पाउने र त्यसबाट थुप्रै लाभहरु प्राप्त गर्नेमा समेत हामीले आशा गरेका छौं । ११ नेपालका लागि निर्यात व्यापार विस्तार, जलविद्युत, कृषि, पर्यटन तथा लगानी प्रवद्र्धन प्राथमिकताका क्षेत्रहरु हुन् । त्यसैगरी सडक सञ्जाल, रेलवे, उर्जा उत्पादन एवम् यसको वितरण जस्ता आधारभूत पूर्वाधारहरुको निर्माण एवम् सीमा वारपार रेलवे, राजमार्ग, सञ्चार, ट्रान्समिसन लाईन लगायतका क्षेत्रमा विकास गर्ने हाम्रो आकांक्षा रहेको छ । र, व्यापार घाटालाई सन्तुलनमा ल्याउने उद्देश्य समेत रहेको छ । यसका लागि बृहत् लगानी, उन्नत प्रविधि, अनुभवको आदान प्रदान, वस्तु विनिमयमा जोड र सहकार्यको जरुरी छ । १२ नेपालमा प्रशस्त मात्रामा प्राकृतिक श्रोत साधनहरु उपलब्ध छन् भने चिनियाँ नागरिक र संस्थाहरुसँग प्राविधिक तथा वित्तीय श्रोत साधनहरु रहेका छन् । तसर्थ आपसी फाइदाका लागि दुवै देशबीच उपलब्ध श्रोत साधनहरुबीच तालमेल कायम गर्नु आवश्यक देखिन्छ । १३ यस अवसरमा सम्मेलनमा चीन लगायत विभिन्न देशबाट भाग लिन आउनुभएका सम्पूर्ण लगानीकर्ताहरुलाई नेपालमा उपलब्ध लगानीका प्रचुर सम्भावनाहरुबाट फाईदा लिन म हार्दिक अनुरोध गर्दछु । नेपालको प्रचलित ऐन कानून र नीतिहरु लगानीमैत्री रहेका छन् । विदेशी लगानीको सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ । आर्जित मुनाफालाई शतप्रतिशत स्वदेश लैजान पाउने सुविधाको कानूनी व्यवस्था गरिएको छ । नेपालमा लगानी गरेर तपाईंहरुलाई लाभ नै हुनेछ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु । १४ पर्यटन क्षेत्रमा नेपाल तथा चीनबीच सहकार्यका प्रशस्त सम्भावनाहरु छन् । चीनका विभिन्न शहरहरु नेपालको राजधानी काठमाडौंसँग हवाइमार्गबाट जोडिएका छन् । दैनिक आधा दर्जन जति उडानहरु भइरहेका छन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेको सन्दर्भमा नेपाल भ्रमणका लागि चिनियाँ नागरिकहरु माझ प्रचार प्रसार गरिदिन चिनियाँ पर्यटन व्यवसायी मित्रहरुलाई यस मञ्चबाट आव्हान गर्दछु । साथै, चिनियाँ नागरिकहरुलाई नेपाल भ्रमणको लागि अपील गर्दछु । १५ अन्त्यमा, यो मेला सबै सहभागी मुलुकहरुको लागि लाभदायक हुने विश्वास गर्दछु । मेलामा सहभागी नेपाली उद्यमी, लगानीकर्ता तथा व्यवसायीहरुको चिनियाँ एवम् विदेशी समकक्षीहरुसँगको संवाद, अन्तरक्रिया र सम्झौताबाट दीर्घकालीन सहकार्य र साझेदारी बनाउन मद्दत पुग्ने विश्वास लिएको छु । साथै, मेलाको पूर्ण सफलताको हार्दिक शुभकामना दिंदै निमन्त्रणाको लागि आयोजकलाई पुनः धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ! से से !

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending