Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

महराले भने-पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती

काठमाडौं । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयन गर्न मौलिक हकअन्तर्गत बनेका विधेयकमा व्यापक छलफल भएको बताएका छन् । नयाँ मिडिया प्रालिले आजदेखि शुभारम्भ गरेको नयाँपाइला अनलाइनको शुभारम्भ गर्दै सभामुख महराले भने “सङ्घीय सदनले मौलिक हकसितसम्बन्धी १६ वटा विधेयक पारित ग¥यो, पारित प्रक्रियामा व्यापक छलफल भएको छ ।” संविधान गतिशील दस्तावेज भएकाले समय र आवश्यकतानुसार संशोधन हुँदै जाने विश्वास पनि उहाँले व्यक्त गरे । उनले देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न सबैलाई आह्वान गर्नुभयो । सभामुख महराले पत्रकारिता क्षेत्रलाई थप विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेको बताउँदै आर्थिक समृद्धिको यात्रामा अबको पत्रकारिताले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सांसद योगेश भट्टराईले संविधानप्रदत्त अधिकारलाई कुण्ठित हुने गरी नयाँ कानून नआउने स्पष्ट पार्दै प्रेस स्वतन्त्रता हनन हुनेछैन उनले भने । अर्का सांसद तेजुलाल चौधरीले संविधानप्रति सबैको अपनत्व गराउनका लागि ध्यान दिन आग्रह गर्दै संविधानप्रदत्त अधिकारमाथि कहीँकतैबाट अङ्कुश लगाउन नहुनेमा जोड दिए । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउन नहुनेमा जोड दिँदै अबको पत्रकारितालाई थप व्यावसायिक बनाउन जरुरी रहेको बताए । ‘नयाँपाइला डट कम’का प्रधानसम्पादक एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले आफ्नो अनलाइनले समाज रुपान्तरणमा समाचार, विचार र सूचना पाठकसमक्ष पु¥याउने जानकारी दिँदै आफ्ना लागि आफूले नै स्वनियम बनाएको बताए । महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले स्वतन्त्र पत्रकारिताले नै लोकतन्त्रलाई बलियो बनाउने विचार व्यक्त गर्नुभयो । नयाँ मिडिया अनलाइनका अध्यक्ष श्यामलाल चौधरीले पत्रकारिता आचारसंहितालाई पालना गर्दै आगामी दिनमा आफ्नो अनलाइनले विश्वसनीय सामग्री पस्किने विश्वास दिलाए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending