Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

उर्जामन्त्रीको आग्रहः नेपालमा लगानीको वातावरण बनाईदिनुस्

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चीनको हुनान प्रान्तका भाइस गर्भनर ही बाओसिङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले नेपाल र चीनबीच निकै पुरानो सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दौरान द्धिपक्षीय हितका धेरै सम्झौता भएको स्मरण गराउंदै उक्त भ्रमणमा भएका समझदारीहरु अघि बढिसकेको बताए । मन्त्री पुनले सरकारले आगामी १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै उक्त लक्ष्य पुरा गर्न नेपाललाई चिनियाँ लगानी आवश्यक रहेको धारणा राखे । नेकपाका नेता समेतरहेका मन्त्री पुनले पछिल्लो समय चिनियाँ लगानीकर्ताहरु नेपालमा आकर्षीत भएको भन्दै थप लगानीको वातावरण बनाईदिन भाइस गर्भनर बाओसिङसंग आग्रह गरे । ‘हामीलाई १० बर्षमा देशभित्रै १० हजार मेगावाट जति विजुली आवश्यक पर्छ, क्षेत्रीय बजारका रुपमा हामीसंग अव बङगलादेश र भारत पनि हुन्छ,तपाईहरुले निर्धक्क भएर लगानी गर्नुहोस्’, मन्त्री पुनले भने । मन्त्री पुनले भारत र बङगलादेशसंग इनर्जी कोअपरेसनमा समझदारी भइसकेको भन्दै त्यसले बजार विस्तारमा सहयोग पुग्ने दाबी गरे । भेटमा भाइस गर्भनर बाओसिङले हुनान प्रान्त चीनमा उर्जा प्रविधीको लागी निकै चर्चीत रहेको भन्दै नेपालसँग सहकार्य गर्न आफुहरु ईच्छुक रहेको बताए । उनले चीनले अघि सारेको ‘वान वेल्ट वान रोड’मा नेपालले हस्ताक्षर गरिसकेको भन्दै त्यसमार्फत नै सहकार्य गर्न चीन सरकार तयार रहेको धारणा राखे । भाइस गर्भनर बाओसिङले हुनान प्रान्तले हाल ४३ हजार मेगावाट विजुली उत्पादन गरिरहेको जानकारी दिंदै नेपालको कृर्षी र उर्जा क्षेत्रमा सहकार्य गर्न ईच्छुक रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending