Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

संविधानसँगै कानून पनि बनाउनुपर्ने

धनगढी । नेपालको संविधानबमोजिम भएको राज्यको पुनःसंरचनासँगै तीनवटै तहमा गरिएका निर्वाचनपछि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको कार्यान्वयनको एक महत्वपूर्ण चरण पूरा भइसकेको छ । नेपालको संविधान कार्यान्वयनको सन्दर्भमा यो काम सबैभन्दा महत्वपूर्ण मानिन्छ । संविधानबमोजिम निर्वाचनमार्फत गठन भएका सङ्घ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो अधिकार प्रयोग गर्दै शासन व्यवस्था सञ्चालन गरिरहेका छन् । देशमा राजनीतिक आन्दोलन, अशान्ति र अव्यवस्था नभई ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धिको संरक्षणका साथै आर्थिक समृद्धिका लागि निश्चित बाटो समात्नमा सबै तहका सरकार प्रयासरत देखिए पनि लक्ष्यमा पुग्न भने विभिन्न खालका समस्या सिर्जना भइरहेको एकथरीको बुझाइ छ । नेपालको संवैधानिक इतिहासमा सातौँ संविधानका रुपमा विसं २०७२ मा लागू भएको नेपालको संविधानलाई समानुपातिक समावेशी, लोकतान्त्रिक र उत्कृष्ट संविधानका रुपमा लिइन्छ । संविधानको प्रस्तावनामा नै सामन्ती, निरंकुश, केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने सङ्कल्प गरिएको छ । जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण पे्रस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष एवं सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई संविधानले आत्मसात् गरेको छ । संविधानको अक्षरशः कार्यान्वयन गर्ने गराउने सवालमा बेलाबखत देखिने गरेका केही अन्योल भने अझै हट्न सकेका छैनन् । बेलाबखत केही अन्योल देखिइरहँदा कतिपय समुदायमा संविधानप्रति देखिएका असन्तुष्टिका आवाज पनि अझै हराउन नसकेको परिप्रेक्ष्यमा संविधान कार्यान्वयनको सवालमा उत्पन्न अन्योललाई थप बल पु¥याइरहेको कतिपयको भनाइ छ । संविधान लागू भएको दिन आसोज ३ गते संविधान दिवस देशव्यापी भव्यरुपमा मनाउने तयारी भइरहँदा संविधानका बारेमा विभिन्न खालका टिप्पणी सुुनिन थालेका छन् । संविधानबमोजिम बनाउनुपर्ने आवश्यक ऐनकानून निर्माणमा भएको ढिलाइले यसको कार्यान्वयनमा अन्योल बढाएको नेपाल बार एसोशिएसनका जिल्ला अध्यक्ष प्रेम चन्द बताउनुहुन्छ । “संविधानका विषेशताका बारेमा जनतालाई समयमै सचेत नगराएकाले कतिपय समुदायमा संविधानप्रति असन्तुष्टिका स्वर देखिन थालेका हुन्”, उनी भन्छन्, “यो असन्तुष्टि मेटाउन सरकार र राजनीतिक दलले समयमै भूमिका निर्वाह गर्न जरुरी देखिन्छ ।” संविधानबमोजिमका साझा अधिकारका विषयमा बन्नुपर्ने कानून, नीति समयमै बन्न नसक्दा प्रदेशस्तरमा संविधान कार्यान्वयनको सवालमा केही अन्योल देखिएको प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानून शाखाका सचिव यज्ञ भट्टराई बताउछन् । प्रदेशका मन्त्रालयमा दरबन्दीअनुसारका जनशक्तिको व्यवस्थापनको अभावका कारण कार्य सम्पादनमा भएको कठिनाइले केही समस्या देखिन थालेका छन् । प्रदेशस्तरमा संविधानअनुरुप बन्नुपर्ने केही ऐन कानून बनिसकेका छन् भने थप ऐन कानून बन्ने प्रक्रियामा छन् । यस क्रममा प्रदेश सरकारले संविधानअनुरुप एकल अधिकारको कार्यान्वयन गर्न कतिपय ऐन कानून बनाइसकेकामा साझा अधिकारको विषयमा केन्द्रीय सरकारबाट एकीकृत कानून बन्नुपर्ने अवस्थाका कानून भने बनिसकेका छैनन् । प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय संविधानले परिकल्पना गरेको प्रदेश र स्थानीय तहको हकअधिकारलाई केन्द्रले प्रयोग गर्न बाधा अवरोध पु¥याइरहेकाले समस्या सिर्जना हुन थालेको बताउछन् । “सार्वभौम प्रदेश संसद्ले बनाएका ऐन कानूनलाई फलानो फलानो दफा कार्यान्वयन नगर्नु भन्ने आदेश केन्द्रबाट प्रदेश र स्थानीय सरकारलाई आउँदा संविधान कार्यान्वयनमा जटिलता थपिएको छ”, उपाध्याय भन्छन् “यस्तो अवस्थामा कि त संसद्ले ऐन कानून संशोधन गर्नुप¥यो कि सर्वोच्च अदालतले व्याख्या गरेर बदर गरिदिनुप¥यो, त्यसपछि मात्र समस्या समाधान हुन्छ ।” प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा मुलुक नयाँ राज्य प्रणालीमा प्रवेश गर्दा प्रारम्भिक चरणमा केही जटिल र चुनौती देखिनु अस्वभाविक नभएको बताउछन् “नयाँ राज्य प्रणालीमा प्रवेश गरेको अवस्थामा सङ्क्रमणकालको अन्त्य भइसकेको छैन”, मन्त्री बोहरा भन्छन् “देखिएका जटिलता एवं समस्यालाई तीनै तहका सरकारले आपसमा छलफल गर्दै संविधानमा भएको अधिकारलाई कार्यान्वयन तहमा लैजान सकिन्छ ।” विसं २०६२÷६३ आन्दोलनको सफलतापछि विसं २०६४ मा भएको ऐतिहासिक संविधानसभाको निर्वाचनसँगै गठन भएको व्यवस्थापिका–संसद्को पहिलो बैठकले २३७ वर्षे राजतन्त्रको अन्त्यको घोषणा गरेपछि विसं २०६५ जेठ १५ गते देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भएको थियो । योसँगै संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रिया शुरु गरिएको थियो । संविधान दिवसको तयारी प्रदेश नं ७ मा संविधान दिवस यही असोज २, ३ र ४ गते भव्यरुपमा मनाउन मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा यहाँ मूल समारोह समिति गठन गरिएको छ । असोज २, ३ र ४ गते साँझ दीपावली गर्ने, २ गते सामाजिक विकास मन्त्रालयको संयोजनमा रक्तदान, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा संविधान दिवसबारे रेडियो संवाद कार्यक्रम गर्ने, २ र ४ गते सरसफाइ गर्ने, र ३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ब्याण्डबाजा र झाँकीसहितको ¥यालीको आयोजना गरी कबर्डहल पुगेर सभामा परिणत हुने र सोही दिन प्रदेश प्रमुखले चियापानको आयोजना गर्ने तयारी गरिएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending