Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

पूर्वएमालेबाट कारबाहिमा परेका यी नेपालीको काण्डै-काण्ड

काठमाडाैं । अाइतबार एकाबिहानै काठमाडौँको नयाँबानेश्वर क्षेत्रमा आफ्नो गाडीबाट अन्धाधुन्ध सवारी साधनहरुलाई ठक्कर दिँदै हिड्ने व्यक्ति एमालेबाट निस्काशित रुकुमका ‘परविरे नेपाली’ भएको खुलेको छ। १० वर्षअघि एमालेको रुकुम जिल्ला कमिटीको वैकल्पिक सदस्य रहेका उनी झुठ र ठगीधन्दामा संलग्न व्यक्ति भएको जानकारी एमाले स्रोतले दिएको छ। नेपालीले आइतबार बिहानै आफू चढ्ने गाडीले ३ वटा सवारीसाधनलाई ठक्कर दिएका थिए । उनले आफ्नो गाडीको ठक्करबाट पीडितहरुलाई आफू शक्तिशाली मान्छे भएको बताउँदै कुटपिट समेत गरेका थिए । उनले अनियन्त्रित गतिमा हाँकेको बा ६ च ९२२८ नम्बरको कारले एउटा टाटा मोबाइल गाडी र दुईवटा मोटरसाइकलमा ठक्कर दिएको थियो । पीडितहरुले उनलाई पछ्याउँदै अनामनगर पारि मदनभण्डारी कलेज अगाडि नियन्त्रणमा लिएका थिए । एमाले स्रोतका अनुसार, उनी पार्टी र पार्टीका नेताहरुको नाममा ठगी गर्दै हिँड्ने नामुद व्यक्ति हुन् । ‘नाम ‘परविरे नेपाली’ भएपनि आफूलाई प्रविन नेपाल भनेर चिनाउँथे’ स्रोतले भन्यो, ‘एमाले नेता प्रदीप नेपालको भाई हुँ भन्दै आफ्नो परिचय दिने गरेका थिए।’ भेट भएका नेपालीहरुलाई आफूलाई प्रदीप नेपालको भाईको रुपमा चिनाउने नेपालीले विदेशीहरुसँग आफू एमालेको विदेश विभागको सदस्यको रुपमा चिनाउने गर्थे। ‘एक पटक उनी अमेरिकन राजदूतावास पुगेछन्’ नेकपा केन्द्रीय सदस्य बिष्णु रिजालले भने, ‘त्यहाँ एमालेको विदेश विभागको प्रमुख हुँ भनेर आफ्नो परिचय दिएछन् ।’ बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै थुपै्र नेपालीहरुलाई परविरेले ठगेको र त्यही आरोपमा प्रहरी हिरासतमा समेत रहेको स्रोतले बताएको छ। यस्तै झुठ र ठगी कार्यमा संलग्न भएपछि उनलाई रुकुम एमालेले कार्वाही समेत गरेको रिजालले बताए । आफू सवार गाडीबाट शुक्रबार बिहान अरु गाडीलाई ठक्कर दिएका नेपालीलाई प्रहरीले पक्राउ गरेपछि पनि आफू शक्तिशाली भएको बताउन चुकेनन् । कतिसम्म भने, प्रहरी नियन्त्रणमा पुगेपछि उनले अपशब्द प्रयोगका साथ गाली गलौज गर्नुका साथै सुरक्षाकर्मीलाई समेत हप्काएका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending