Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बामदेवलाई छटपटी : यसरी खोजिदैँछ विकल्प

उपनिर्वाचनमार्फत संघीय संसद्मा आउने कसरतमा रहेका नेकपा सचिवालय सदस्य वामदेव गौतम डोल्पाको विकल्पमा बाँके क्षेत्र नं. ३ तिर केन्द्रित भएका छन् । यसपटक वामदेवका लागि पार्टीभित्रैबाट उपयुक्त निर्वाचन क्षेत्रको खोजी सुरु भएको हो । डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा नदिने बताएपछि वामदेवका लागि पार्टी महासचिव विष्णु पौडेलले बाँके–३ का सांसद नन्दलाल रोकायासँग कुराकानी गरेका हुन् । अध्यक्षद्वय केपी ओली र प्रचण्डले ग्रिन सिग्नल दिएपछि महासचिव पौडेलले शुक्रबार संसदीय दलको कार्यालयमा रोकायसँग छलफल गरेका हुन् । रोकायको मनस्थिति बुझेका पौडेलले कुनै निर्देशन भने दिएका छैनन् । ‘कसैले छाडिदिए संसद्मा आउन पाए हुन्थ्यो भन्ने वामदेव कमरेडको इच्छा हुन सक्ला, तर अहिलेसम्म उहाँले मसँग त्यस्तो कुराकानी गर्नुभएको छैन,’ रोकायले नयाँ पत्रिकासँग भने, ‘महासचिवले बुझ्न खोज्नुभएको रहेछ, मैले राष्ट्रिय आवश्यकता ठानेर पार्टीले नै औपचारिक निर्णय गर्छ भने मान्ने कुरा हुन्छ, तर व्यक्तिगत रूपमा चाहिँ कसैका लागि छाड्ने कुरामा सहमत हुन सकिँदैन भन्ने कुरा राखेको छु ।’ दैलेख–१ का सांसद शर्मा वामदेवलाई छाड्न तयार दैलेख–१ बाट तत्कालीन एमालेबाट निर्वाचित सांसद रवीन्द्रराज शर्माले वामदेवका लागि आफू निर्वाचन क्षेत्र छाड्न तयार रहेको प्रस्ताव गरेका छन् । गत बुधबार भैँसेपाटीस्थित निवासमै पुगेर शर्माले वामदेवसमक्ष त्यस्तो प्रस्ताव राखेका हुन् । ‘०४७ मा तपाईंकै उपस्थितिमा सम्पन्न पहिलो अधिवेशनबाट म पार्टी जिल्ला कमिटीको संस्थापक सचिव बनेको हुँ, त्यसमा तपाईंको महत्वपूर्ण योगदान छ,’ गौतमसमक्ष शर्माले राखेको प्रस्ताव उद्धृत गर्दै नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘यदि तपाईं मेरो क्षेत्रबाट उपनिर्वाचन लड्न तयार हुनुहुन्छ र पार्टीले पनि निर्णय गर्छ भने म त्याग गर्न तयार छु ।’ जवाफमा वामदेवले आफ्नो व्यक्तिगत रोजाइभन्दा पनि पार्टीले छलफल गरेर निर्णय लिने भन्दै सचिवालय बैठकमा औपचारिक कुरा राख्ने जवाफ दिएका थिए । उक्त निर्वाचन क्षेत्र तत्कालीन एमालेको पकड क्षेत्र भएको र करिब ६ हजारको मतान्तरमा जितेको अवगत गराउँदै शर्माले जित सुनिश्चित रहेकाले सकारात्मक निर्णय लिनसमेत ध्यानाकर्षण गराएका थिए । डोल्पा, पूर्वी रुकुम र प्युठानपछि नयाँ विकल्प–बाँके र दैलेख गृहजिल्ला भएका कारण सबैभन्दा सुरक्षित क्षेत्रका रूपमा वामदेव सुरुमा प्युठानबाट चुनाव लड्ने चर्चा थियो । तर, राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसद दुर्गा पौडेलले तत्काल छाड्न अनिच्छा देखाइन् । यद्यपि, यसबारे अलिपछि कुरा गर्न सकिने जनमोर्चाको जवाफ रहेको स्रोतले जनाएको छ । त्यसलगत्तै अध्यक्ष प्रचण्डसमेतको सुझाबमा पूर्वी रुकुमबाट सांसद कमला रोकालाई राजीनामा गराउने चर्चा चल्यो । उनले त सामाजिक सञ्जालबाटै विरोध जनाइन् । त्यसो त पूर्वी रुकुमबारे गम्भीर छलफल नचले पनि उनीसँग निकट रहेका पर्यटन राज्यमन्त्री धनबहादुर बुढा आफ्नो चुनावी क्षेत्र वामदेवलाई छाड्न तयार भएका थिए । ७ देखि १४ भदौसम्म जिल्ला घुमेका बुढाले मतदातासँग साक्षात्कार गर्दै भदौ दोस्रो साता सांसद पदबाट राजीनामा दिने घोषणा पनि गरे । तर, मतदाताले राजीनामा नदिन दबाब दिएपछि तत्कालका लागि पछि हटे । काठमाडौंमा रहेका डोल्पाली युवाले पत्रकार सम्मेलन नै गरेर राजीनामा नदिन थप दबाब दिए । उनीहरूले राजीनामा दिए मत बहिष्कार गर्नेसम्मको धम्की दिएकाले बुढा तत्काल निर्णय नगर्ने मुडमा पुगे । यद्यपि, दसैँअघि चुनाव सम्भव नभएकाले माघपछि वामदेवका लागि डोल्पा छाड्न तयार रहेको बुढाले निकटस्थहरूलाई बताउँदै आएका छन् । साउनमै प्रमुख निर्वाचन आयुक्तसँग छलफल वामदेवले चुनाव लड्ने इच्छा व्यक्त गरेपछि दसैँअघि चुनाव गराउन सकिने–नसकिने सम्भावनाबारे प्रधानमन्त्री केपी ओलीले साउन अन्तिम साता निर्वाचन आयोगसँग अनौपचारिक चासो राखेका थिए । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार उनले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसँग तयारीका लागि आवश्यक पर्ने समयबारे चासो राखेका हुन् । बढीमा ६० दिन आवश्यक पर्ने र त्यसभन्दा कम अवधि ४५ दिनभित्र पनि गर्न सकिने प्रमुख आयुक्त डा. यादवको जवाफपछि डोल्पाका बुढालाई राजीनामा गराउने विषय अघि बढेको थियो । सचिवालयमा वामदेवले भने : प्रस्ताव आयो अब म के गरूँ ? -दैलेखका सांसद शर्माले गरेको प्रस्तावबारे नेता वामदेवले प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बुधबारको केन्द्रीय सचिवालय बैठकमा जानकारी गराएका थिए । ‘आज बिहान दैलेखका साथीहरू निवासमा भेट्न आउनुभएको थियो । मैले कुनै प्रसंगै निकालेको थिइनँ, तर सांसद रवीन्द्रराज शर्माले तपाईं आउन तयार हुनुहुन्छ भने छाड्न तयार छु, जित पनि सुनिश्चित छ भन्ने प्रस्ताव राख्नुभएको छ,’ वामदेवको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने । -बैठकको अन्तिमतिर उनले यो जानकारी गराएकाले कुनै औपचारिक एजेन्डा भने बनेन । तर, वामदेवले लामो समय भेरी अञ्चललाई नै कार्यक्षेत्र बनाएको, बाँके, बर्दिया र दैलेखवासीको आवतजावत बढी नै हुने तथा पार्टीको पकड क्षेत्र भएकाले डोल्पाको तुलनामा धेरै उपयुक्त हुन सक्ने विषयमा बैठकमा सामान्य छलफल भएको थियो । छलफललगत्तै महासचिव पौडेलले बाँके–३ का सांसद रोकायालाई बोलाएर मनासय बुझेको स्रोतले जनाएको छ । -आजको नयाँ पत्रिका दैनिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending