Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

पार्टी एकता चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बिँडः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीविरुद्ध बोल्ने ‘प्रतिक्रियावादी’विरुद्ध एक हुन कार्यकर्तालाई आग्रह गरेका छन् । विरोधी विरुद्ध अरिङ्गालको शैली अपनाउने वा नअपनाउने भन्दै उनले कार्यकर्तालाई प्रश्न गरेका छन् । ‘जसरी एउटा अरिङ्गाललाई चलाएपछि सबै खनिन्छन्, थाहा छैन रु तपाईँहरूको त्यति बुद्धि छ कि छैनरु’ प्रधानमन्त्री ओलीले भने ‘एउटा मरे पनि मर्छ भन्ने हो कि रु’ उनले प्रतिक्रियावादीको हमलामा जवाफ दिन समेत कार्यकर्तालाई आग्रह गरे । विरोधीहरूले ‘के निउँ पाऊँ कनिका बुकाऊँु जस्तोगरी विरोध गर्न विषय खोजेको दाबी उनले गरे । उनले पार्टी एकताको मर्म बुझेर काम गर्न पनि नेता कार्यकर्तालाई सुझाव दिए । उनले भने ‘पार्टी एकता चिन्नेलाई श्रीखण्ड हो, नचिने खुर्पाको बिँड । ओलीले नेपाल कम्युनिष्ट पार्टीको आन्दोलन एकीकृत भइसकेको समेत दाबी गरे । तत्कालीन एकीकृत माओवादी नेता पोष्टबहादुर बोगटीको चौथो स्मृतिमा शनिवार बालुवाटारमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओली बोगटी लगायतको सपना पूरा गर्न पार्टी र सरकार लागेको बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिष्टबाट विश्वभरका श्रमिकले भरोसा राखेको बताए । पोष्टबहादुर बोगटीको प्रश‌ंसामा लामो मन्तव्य दिएका उनले जनताले महसुस गर्नेगरी पार्टी र सरकारले काम गर्नुपर्ने बताए । ‘विश्ववका कम्युनिष्टले समेत नेपालप्रति आशा–भरोसा राखेका छन्’, प्रचण्डले भने– ‘दुई पार्टीको एकता अद्भूत अवसर हो ।’ उनले स्वर्गीय नेता बोगटी सरल र विचारप्रति निष्ठावान् भएको बताए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending