Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

प्रचण्ड भोलि चीन उड्दै, क-कसलार्इ भेट्दैछन् ?

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा प्रचण्ड शनिबार (भोली) चीन भ्रमण जान लागेका हुन् । प्रचण्ड भोली दिउँसो १२ः५ बजे चीन उड्ने उनको सचिवालयले जनाएको छ । प्रचण्डका सचिवालयको एक सदस्यले दिएको जानकारी अनुसार भोली शनिवार चीन गएर बुधबार (असोज ३) गते नेपाल फर्कने कार्यक्रम रहेको छ । पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमण निजी भ्रमण भएको बुझिएको छ । प्रचण्डसंगै भ्रमणदलमा पत्नी सिता दाहाल, उनकी स्वकिय सचिव समेत रहेकी छोरी गंगा दाहाल र एक जना सहयोगी सहभागी हुनेछन् । उच्च स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले चीन भ्रमणका क्रममा चिनियाँ उपराष्ट्रपति ली युनचाओसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागका उच्च अधिकारीसंग पनि छलफल गर्ने कार्यक्रम छ । उपराष्ट्रपति ली चिनिया राष्ट्रपति सि जिनपिङका सबैभन्दा विश्वासिला नेता मानिन्छन् । चिनियां राष्ट्रपति सी रसिया भ्रमणमा रहेकै बेला अध्यक्ष प्रचण्डको चीन भ्रमण हुन लागेको हो । सी स्वदेश फर्केलगत्तै भेटवार्ताको टुंगो लाग्ने स्रोतको दाबी छ । प्रचण्ड परिवारसहित चीनको नानजिङ र ऐनान जाने कार्यक्रम समेत तय भएको छ । माओवादी केन्द्र र एमालेबीचको पार्टी एकतापछि हुन लागेको प्रचण्डको यो पहिलो चीन भ्रमण हो । उनले दुई पार्टीको एकतापछि बनेको नेकपाको सरकारको सम्बन्ध सुदृढ गर्नको लागी दुवै छिमेकी मुलुकको भ्रमणमा आफु जाने यसअघि नै बताइसकेका छन् । प्रचण्ड गत साता मात्र भारतको साताव्यापी भ्रमणबाट स्वदेश फर्केका थिए । भारत भ्रमणको क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending