Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

छोरीको हत्याबारे निर्मलाका बाबुले गरे सनसनीपूर्ण खुलासा

काठमाडाैं । कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका लागि काठमाण्डु आएका आफन्तले प्रमाण नष्ट गर्न भूमिका खेलेका प्रहरी अधिकारीहरुलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् । रिपोर्टस क्लबमा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले अपराध लुकाउन खोज्ने प्रहरीहरु खुलेआम हिंडिरहेको भन्दै न्याय पाउनेमा शंका व्यक्त गरेका हुन् । निर्मलाका बुवा यज्ञराज पन्तले निर्मलाको बलात्कार र हत्या घटनामा प्रहरीले प्रमाण नष्ट गर्न गरेका गतिविधिहरुको दृष्टान्त पेश गर्दै अहिलेसम्म उनीहरु खुला हिँडिरहेको प्रति आश्चर्य जनाए । उनले निर्मला हराएकै दिन विभिन्न प्रहरी चौकीमा खबर गरेपनि प्रहरी नआइदिएको र सालघारी अस्थायी बिटका प्रहरी घटनास्थलमा जान तयार भएपनि एसपी डिल्लीराज विष्टले राकिदिएको बताए । उनले बम दिदीबहिनीको घरमा प्रहरीले समेत आफूहरुलाई भित्र पस्न नदिएको दाबी गरे । छोरीको साइकल भेटिएपछि उसकी साथीकी दिदी बबिता बमले साइकल भेटिएको भए लाश पनि त्यतै होला भनेको प्रस‌ंग सुनाउँदै गर्दा पत्रकार सम्मेलनमै रोए । उनले भने, ‘उसलाई कसरी थाहा भयो रु त्यति प्रमाण मिल्दामिल्दै पनि सरकारले उल्टै त्यसलाई स‌ंरक्षण गरिरहेको छ ।’ निर्मलाकी साथी रोशनीसँग बुझ्न खोज्दा प्रहरीले निर्मलाकी आमा र गाउँलेहरुलाई उल्टै हप्काएको पनि पन्तले बताए । पत्रकार सम्मेलनमा बोल्दा बेलाबेलामा भक्कानिएका यज्ञराजले सरकारले न्याय दिन नसक्ने भए आफूहरुलाई गोली ठोकेर मार्न आग्रह गरे । दुई महिना बित्न लाग्दा पनि सरकारले अपराधीलाई पक्राउ गर्न नसककोमा दु:ख व्यक्त गर्दै न्यायका निम्ति अनुरोध गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending