Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

विदेशमा समस्यै समस्या नेपालमा सरर, १८ अर्ब अमेरिकी डलर जरिवाना

  काठमाडाैं । चारपांग्रे सवारी साधन उत्पादक जर्मन कम्पनी भक्सवागनद्वारा बिक्री गरिदै आएका सवारी साधनले वातावरणलाई प्रतिकुल असर पार्ने कार्बन उत्सर्जन गरेको तथ्य भेटिएको छ। अाजकाे नेपाल समाचारपत्र दैनिकमा याे खबर छ - उक्त तथ्य फेला परेपछि विश्वका थुपै्र मुलुकमा त्यस्ता गाडीको प्रयोगमा प्रतिबन्ध लगाइसकिएकको छ तर यसबारे नेपालमा भने हालसम्म सोधखोज भएको पाइएको छैन। सवारी प्रदुषण जाँच्ने यातायात व्यवस्था विभागले अहिलेसम्म आधिकारिक धारणा राखेको छैन। विषाक्त कार्बन उत्सर्जन गर्ने यस्ता साधन रहेको पाइएमा सम्बन्धित कम्पनीमा फिर्ता पठाउने नपठाउने भन्नेबारे नेपाल सरकारले नै सोच बनाएको छैन। उक्त कम्पनीद्वारा उत्पादित विभिन्न १३ मोडलका ३ लाखभन्दा बढी गाडी भारतबाट भने सोही कम्पनीलाई फिर्ता गरिएको थियो। सन् २०१५ सेप्टेम्बरमा अमेरिकी सरकारले १८ अर्ब अमेरिकी डलर बराबरको जरिवाना तिराएको थियो। अध्यधिक धु“वा फाल्ने तथा कार्बन उत्सर्जन गर्ने प्रतिगाडी बराबर ३७ हजार ५ सय अमेरिकी डलर हर्जना तिर्नुपर्ने निर्णयपछि अधिकांश मुलुकले उक्त कम्पनीका सवारी साधन बिक्री वितरण तथा सञ्चालनमै प्रतिबन्ध लगाएका थिए। जसको असर सवारी बिक्री वितरणमा पनि प¥यो। केही समयमै कम्पनीको व्यापारमा तीन गुणासम्म गिरावट आयो। सन् २००९ देखि २०१५ सम्म बजार पठाइएका उक्त कम्पनीका अधिकांश कारहरू कार्बन उत्सर्जन परीक्षणमा फेल देखिएका थिए। त्यस कम्पनीका गाडीले फ्या“क्ने धु“वा र त्यसले पार्नसक्ने असरबारे अध्ययन गर्न विश्वभर १ करोड १० लाख कारमा धु“वा परिक्षण गर्ने उपकरण राखिएको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: