Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

विकृति तर्फ मोडिदै तीज

काठमाडौँ। हरितालिका(तीज) आउन अब केही दिन मात्र बाँकी छ । पहिले पहिले तीजको अघिल्लो दिन मात्र खाइने दर केही वर्षदेखि एक दुई महिनाअघिदेखि नै खाने प्रचलन बढ्दै आएको छ । काठमाडौँ नयाँ बानेश्वरकी ६९ वर्षीया दुर्गा दाहालले तीज मनाउन थालेकि ५० वर्ष हुन लागिसक्यो । त्यतिबेला दर खाने चलन एकदमै सीमित थियो । जसले जतिसक्यो त्यति नै आफ्ना चेलीबेटीलाई खुवाउने चलन थियो । “त्यतिबेला दर खाने र खुवाउने संस्कृति एकदमै राम्रो थियो, परिवार र आफन्तलाई तीजमा एकै ठाउँमा भेला हुने अवसर मिलेको थियो”, उनी थप्छिन्, “तर अहिले दर आफ्नो आर्थिक हैसियत नहेरी खुवाउनु अहिलेको विकृति हो ।” उनका अनुसार अहिले अरुको देखावटीबाट नै दर खुवाउने प्रवृत्ति बढ्दै गए पनि विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने दर कार्यक्रमले महिलाबीच जमघटको अवसर मिलेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी दाहाल आफ्नो पार्टीले आयोजना गर्ने दर कार्यक्रमले देशभरीका दिदीबहिनीसँग भेटघाट गर्ने अवसर जुराइदिएको बताउछिन् । काठमाडौँमा बसोवास गर्दै आएकी निर्मला राउत सबैले मिलाएर एकपछि अर्को गरी दर खाने संस्कृति आफूलाई राम्रो लाग्ने गरेको बताउछिन् । “पहिले एक जनाले मात्र तीजको अघिल्लो दिन दर खुवाउँदा अर्कोले खुवाएन भन्नेजस्तो लाग्थ्यो, अहिले भने सबैको पालो आउने र भेटघाट गर्ने अवसर जुर्ने हुँदा रमाइलो गर्ने पर्याप्त अवसर पाइन्छ”, उनले भनिन् । दर भड्किलोे रुपमा नगरी सामान्य रुपमा रमाइलो गर्ने उद्देश्यले गर्नुपर्ने उनी बताउछीन् । तीजमा धनी वर्गलाई भन्दा गरीब वर्गलाई देखावटीको कारण समस्या हुने गरेको झापाकी रमा न्यौपाने बताउछिन् । “तीजको दिन भोकै बसेर महिलाहरु खासै नाच्न पनि सक्दैनन्, अगाडि नै दर खाएर रमाइलो गर्नु एक किसिमले रामै्र पनि हो”, उनले भनिन् । तीज अगाडि नै दर खानुमा राम्रो र नराम्रो दुवै पक्ष रहेको बताउँदै एक दुई महिनाअघिदेखि दर खानुभन्दा पनि एक हप्ता अगाडिदेखि खानु राम्रो रहेको न्यौपानेको भनाइ छ । अहिले व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा दर खाने प्रचलन बढ्दै गइरहेको छ । तीजका बेला आफ्ना सङ्गठनका सेवाग्राहीलाई भेला गराएर थुप्रै सहकारी, राजनीतिक दल, सङ्गठन आदिले दर खुवाउँदै आइरहेका छन् । विभिन्न सङ्घसंस्थाले दर खुवाउँदा त्यसले नकारात्मक असर नगर्ला भन्न सकिन्न । कतिपय अवस्थामा भने दरकै कारण सयौंँ मानिस बिरामी परेका उदाहरण हामीसामु छ । गत शनिबार मात्र काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा यस्तै घटना भयो । नगरको ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारीले आयोजना गरेको दर कार्यक्रममा विषाक्त खाना खाँदा पाँच सयभन्दा बढी मानिस विषाक्त खानाका कारण बिरामी परे । हाल बिरामी उपचारकै क्रममा छन् । ती अवसरमा खाइने खानामा आफू स्वयं सचेत हुनुपर्ने त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका पूर्वप्रमुख डा वीणा पौडेल बताउछिन् । “दर भन्ने शब्द तीजको अघिल्लो दिन भोलिपल्ट भोक नलागोस् भनेर खाइने खाना हो तर अन्य दिनमा खाने खाना दर होइन”, पौडेलले भनिन् । तीजको अगाडि गरिने भेटघाट नराम्रो नभए पनि शब्दको चयनमा ख्याल गर्नुपर्ने उनी बताउछिन् । अन्य दिनमा घरबाट बाहिर निस्कन नपाएका महिलाले विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भई नयाँ कुरा सिक्ने अवसर पनि पाउने डा पौडेल बताउछिन् । त्यस्ता अवसर आयोजना गर्दा सरकारी निकायलगायत अन्य सङ्घसंस्थाले महिला सशक्तीकरणमा ध्यान दिनुपर्ने सुझाव उनले दिइन् । “महिलालाई वैदेशिक रोजगारीलगायत अन्य कानूनी कुरा सिकाउन सकेमा देश र समाज दुवैलाई फाइदा हुन्छ”, उनी थप्छिन्, “महिलालाई सशक्त बनाए मात्र समाजिक समस्या न्यूनीकरणमा केही सहज हुन्छ ।” उनका अनुसार तीजका बेला गरिने भेटघाटमा महिला मात्र नभएर पुरुष पनि सहभागी हुनु अर्को सकारात्मक पक्ष हो । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending