Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

अब उपत्यकाको यी ठाउँमा सवारीसाधन चलाउन पाइने छैन

काठमाडौं, भूकम्पका कारण भत्कन सक्ने भौतिक संरचनाको डर देखाउँदै प्रहरीले उपत्यको विभिन्न स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । भौतिक संरचनाले मानवीय क्षती हुने संभावित खतरालाई ध्यानमा राख्नै प्रहरीले सवारी सञ्चालनमा रोक लगाएको हो । कालिमाटीको हानागोला चोकबाट पश्चिम तर्फ जाने भित्रीबाटो, डल्लुपुल विजेश्वरी, भगवानबहाल हुँदै संचयकोष जाने भित्री बाटो र जेपीमोड बाट क्षेत्रपाटी सम्मको बाटोमा सवारी साधनलाई प्रवेशमा रोक लगाईएको छ । त्यस्तै गंगबु –बानियाटार सडकखण्ड, अस्टनारयण – शेषमतिपुलसडकखण्ड, बाईपास — नेपालटार जाने सडकखण्ड, प्यागल — लगनखेल सडकखण्ड र कपनको भण्डारी गारमेन्टबाट आकाशेधारा सम्मको सडकखण्डमा चल्ने सवारी साधन लाई पनि पुर्ण रुपमा रोक लगाईएको  ट्राफीक प्रहरीले जनाएको छ । उक्त सडक सडकखण्डको बिचमा रहेका भग्नाबशेषहरु हटाउने कार्य भैरहेकाले सवारी साधनलाई निषेध गरीएको जनाइएको छ । त्यस्तै गरी बसन्तपुर डबली क्षेत्रमा पनि सवारी साधनको संचालनमा पुर्ण रुपमा रोक लगाईएको छ । सवारी साधन संचालनको कारण पुरातत्वीक महत्व बोकेका संरचनामा थप क्षती हुन सक्ने भएकोले उक्त स्थानमा चल्ने सवारी साधनलाई प्रवेशमा रोक लगाईएको प्रहरीको दाबी छ । गणेशस्थान देखी महादेवस्थान, कुलेश्वर आवास क्षेत्र, कालीमाटी खाद्यगोदाम क्षेत्र, टंकेश्वर ताहाचल, टियु गेटबाट नयाँबजार सम्मको, सानोभ¥याङ्ग एकधारा सडकखण्ड, ठुलोभयाङ्ग रानीबारीसडकखण्ड र नर्सिङ्गचोक बाट टेबाहल हुदै ठैटी जाने सडकमा ठुला सवारी साधनलाई प्रवेशमा रोक लगाईएको छ । त्यस्तै सुकेधाराबाट एकताबस्ती सम्मको सडकखण्ड, गोपीकृष्णबाट कपन सरस्वतीनगर जाने सडकखण्ड, बालाजु बाईपास सडकखण्ड, लगनबाट परोपकार जाने सडकखण्ड, महापालबाट बंगलामुखी जाने सडकखण्ड र सतुङ्गलबाट मातातिर्थ जाने सडकखण्डमा पनि ठुला सवारी साधन संचालनमा रोक लगाईएको छ । मित्रनगरबाट म्हेपी जाने सडकखण्ड, सामाखुसी बाट कुकुर शाखा तर्फ आउने सडकखण्ड, लगनबाट नरदेवी जाने सडकखण्ड, बसन्तपुरबाट क्षेत्रपाटी जाने सडकखण्ड र चक्रपथ बाट गणेशबस्ती जाने सडकखण्डमा दुईपाङ्गे सवारी साधन मात्रै संचालन भएका छन् । अवरुद्ध बाटो खुलाई आवागमन सहज बनाउने प्रयास नेपाल प्रहरीले गरीरहेको छ । आवागमन सहज बनाउने प्रयास भईरहेता पनि सुरक्षीत यात्राको लागी वैकल्पीक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending