Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

हावाहुरी कारण पाँच दिनदेखि विद्युत् अवरुद्ध

खोटाङ, हावाहुरीका कारण जिल्लामा पाँच दिनदेखि विद्युत् अवरुद्ध भएको छ । शनिबार साँझ पानीसँगै चलेको हावाहुरीका कारण विभिन्न ठाउँमा गाडिएका विद्युत् पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो । दिक्तेल–गाईघाट ११ केभी र ३३ केभी विद्युत् प्रसारण लाइनको ३३ वटा पोल ढलेपछि जिल्लामा विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण शाखा खोटाङले जनाएको छ । विद्युत् अवरुद्ध भएसँगै जिल्ला अस्तव्यस्त बनेको छ । यसको प्रत्यक्ष प्रभाव सञ्चारमाध्यम, उद्योगी तथा व्यापारी, सर्वसाधारणलगायतमा परेको छ । सरकारी कामकाजका लागि गाउँगाउँबाट सदरमुकाम दिक्तेल आएका सर्वसाधारण चर्को मूल्य तिरेर फोटो खिचाउनुका साथै फोटोकपी गर्न बाध्य भएका छन् भने, जिल्लामा सञ्चालित मोबाइल सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । मोबाइल सेवा पूर्णरुपमा अवरुद्ध भएपछि जिल्ला सञ्चारविहीन भएको छ । केहीले घन्टाको रु २० तिरेर मोबाइल चार्ज गराउने गरेका छन् । विद्युत् सेवा अवरुद्ध भएपछि चर्को मूल्य तिरेर फोटो खिचाउने गरेका छन् । जिल्लामा विस्तार गरिएको विद्युत् लाइन लामो दूरीको भएका कारण पनि तत्काल सञ्चालनमा ल्याउन नसकिएको विद्युत् प्राधिकरण खोटाङका प्रमुख पुरुषोत्तम रेग्मीले बताए । उनले भने –  ‘केन्द्रीय प्रसारण लाइनअन्तर्गत ढलेका पोल फेर्ने काम सकिन लागेको छ, सम्भवतः चाँडै नै विद्युत् सञ्चालनमा ल्याउने तयारीमा छौँ ।’ हावाहुरीका कारण जिल्लामा भौतिक क्षति अत्यधिक मात्रामा भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीले जिल्लाको दक्षिणी गाविस काहुले र चिसापानीको सिमानामा पर्ने होङ्मापोखरीमा रहेको स्काइ तथा नमस्ते मोबाइलको टावरसमेत ढलेको छ । टावर ढलेपछि दक्षिणी क्षेत्रमा पर्ने २२ भन्दा बढी गाविसका सर्वसाधारण टेलिफोन सेवाबाट वञ्चित भएका छन् । शनिबार करिब ८ बजे चलेको हावाहुरीका कारण दिप्लुङ–५ का कपिलराज राईको घर जलेको छ । हावाहुरीले पु¥याएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताए । उनले भने – ‘हावाहुरीका कारण जिल्लामा विद्युत् र टेलिफोन अवरुद्ध भएकाले क्षतिको विवरण आउन सकिरहेको छैन, असिनाले पनि अन्नबालीमा ठूलो क्षति पु¥याएको छ भन्ने आएको छ ।’ हावाहुरीले जिल्लाका सयौँ घर तथा गोठमा क्षति पुगेको छ । पानीसँगै परेको असिनाले मकै, आलु, फलफूललगायतमा ठूलो क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies