Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

बुटवलमा पनि इच्छुक दिवस सम्पन्न

बुटवल, बुटवल साहित्य परिषद् रुपन्देहीको आयोजनामा नेपाली प्रगतिवादी साहित्य एवं जनपक्षीय पत्रकारिता क्षेत्रका महान् व्यक्तित्व कृष्ण सेन इच्छुकको १३ औं दिवसको अवसरमा “जनपक्षीय पत्रकारिता र प्रगतिवादी साहित्यमा इच्छुकका देन” बिषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका बोल्दै माक्र्सवादी सौन्दर्यशास्त्री एवं लेखक दिल साहनीले नेपालको साम्यवादी आन्दोलनमा कृष्ण सेन इच्छुकको योगदान महत्वपूर्ण रहेको भन्दै इच्छुकले देखेका सपनाहरु पुरा नभएकोले त्यसलाई पुरा गर्न लेखक साहित्यकारहरुले निम्न वर्गको जनताको पक्षमा कलम चलाउनु पर्ने बताउनु भयो । वरिष्ठ कवि रामचन्द्र भट्टराईले कम्युनिष्ट पार्टीमा फुटका कारण इच्छुकका सपनाहरु पुरा नभएको बताउनु भयो । कार्यक्रममा प्राज्ञ गोपीरमण उपाध्यायले कम्युनिष्ट आन्दोलनमा देखिएको अन्तरविरोध हल गर्न नयाँ इच्छुकहरु जन्मनु पर्ने बताउनु भयो । कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य बसन्त घर्ती मगरले माओवादी आन्दोलनमा देखिएको ‘उत्तर माओवादी’ दृष्टिकोणले कृष्ण सेन इच्छुकको विचार, आदर्श र सपनाहरुलाई दुरुपयोग गरिएको बताउनु भयो । साहित्यकार एवं लेखकहरु देवेन्द्र घिमिरे, अजम्बरध्वज खाती, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, ऋषि आजाद्, विकास केसी, गणेश उँचै, प्रदीप प्रधान, रामचन्द्र श्रेष्ठ लगायतले कृष्ण सेन इच्छुकले जनपक्षीय पत्रकारिता र साहित्यमा गरेका योगदानका बारेमा बोल्नु भएको थियो । कार्यक्रममा नेकपा–माओवादीका केन्द्रीय सल्लाहकार भुलबहादुर सुनारी मगर, नेकपा (माओवादी)का सेक्रेटरी गोविन्द पंगेनीले पनि बोल्नु भएको थियो । उक्त अवसरमा युवा स्रष्टाहरु लक्ष्मण श्रेष्ठ, सुजन तिवारी, जय गौडेलले इच्छुकसंग सम्बन्धित कविताहरु बाचन गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य सदस्य एवं साहित्यकार ज्ञानु केसी, उपाध्यक्ष कविराज पौडेलले इच्छुकको संक्षिप्त परिचय, अध्यक्षता बसन्त पोखरेल र संचालन सचिब खोमा तरामु मगरले गर्नुभएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies