Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

अन्तरास्ट्रीय नेपाली हाइकु महोत्सव जापानमा हुने

काठमाडाैं । अन्तरास्ट्रीय नेपाली साहित्य समाज  (अनेसास)  जापान च्याप्टर र नेपाल हाइकु केन्द्रको संयुक्त आयोजनामा जापानमा अन्तरास्ट्रीय नेपाली हाइकु महोत्सव २०१८ को आयोजना हुने भएको छ । बि.स. २०६२ सालमा पहिलो पटक नेपालमा भएको हाइकु महोत्सवको दोस्रो सन्स्करण अनेसास सँग मिलेर यसपटक हाइकुको उदगम थलोमा गर्ने निधो भएको कुरा नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले बताएका छन् । महोत्सवमा जापानका केहि चर्चित हाइकु कविहरुले पनि दरीलो सहभागिता जनाउने भएका छन । सम्मेलनमा भाग लिनको निम्ती युरोप, अमेरिका, नेपाल लगाएतका क्षेत्रमा नेपाली हाइकु लेखनमा सक्रिय कविहरुको उपस्थित हुने जनाइएको छ । कार्यक्रम यही सेप्टेम्बर ३० तारिक आइतवार टोकियो स्थित शिन-ओकुबोमा रहेको नेपाली मुरा हलमा हुने र कार्यक्रमको सम्पुर्ण आन्तरिक तयारी भइसकेको जनाइएको छ । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"204634\"] ‘कायक्रमको सम्पूर्ण आन्तरिक तयारी भइसकेको छ । नेपालसहित विश्वभरिका हाइकु लेखकलाई हामीले निम्त्याइसकेका छौं ।’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज  (अनेसास)  का वरिस्ठ उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक प्रकाश पौडेल ‘माइला’ले भने, ‘हाइकुको उदगमस्थल भएकोले पनि यसपटकको सम्मेलन जापानमा गर्ने योजना बनेको हो । नेपाली हाइकु कवि र जापानी हाइकु कविको बिचमा घनिभुत समबन्ध स्थापना गरी हाइकुको माध्यमबाट नेपालमा साहित्यिक पर्यटक भित्र्याउने उदेश्यले पनि कार्यक्रमको आयोजना गर्न लागीएको हो ।’ १३ वर्षदेखि जापानलाई कर्मभुमी बनाएका प्रकाश पौडेल \'माइला\' नेपाली हाइकुका विकासकर्ता एवम खोजकर्ता मानिन्छन् । पौडेलको नेतृत्वमा नेपाली हाइकु म्यागेजिन तथा अनलाइन सामग्री नियमित प्रकाशन हुँदै आएको छ । हालै मात्र उनले रामकुमार पाडे सँग मिलेर \'हजार हाइकुु बजारमा ल्याएका थिए । साहित्यकार शंकर लामिछानेले बि. स. २०१९ सालमा जापानबाट नेपालमा हाइकु भित्र्याएका हुन् । हाल नेपालमा हाइकु लेखिने र लोकप्रियता चुलिने क्रम तिब्र भएको छ । ‘अन्तरास्ट्रीय नेपाली हाइकु महोत्सव २०१८ जापानमा आयोजना हुनुलाई नेपाल र जापान बिचमा अब साहित्यको माध्यमबाट नया सम्बन्ध बिकसित हुने आकलन गर्न सक्छौ ।’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठकले भने, ‘यसबाट नेपाली साहित्यलाई अन्तराट्रीयकरण गर्न निकै सहजता हुन्छ । कार्यक्रम सफल पार्नको लागि प्रकाश माइला सन्योजक र दीप पाठक सह-संयोजक रहेको मुल आयोजक समिती गठन गरीएको छ भने सल्लाहकारहरु चयन गर्नुको साथै बिभिन्न उप-समितीहरु पनि गठन गरीएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending