Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

के साउदी र कतारबीचको सम्बन्ध थप टाढिँदै छ ?

खाडी मुलुकहरू साउदी अरेबिया र कतारबीच जारी कूटनीतिक विवादका माझ एउटा यस्तो समाचार बाहिर आएको छ, जसले दुई देशबीचको सम्बन्ध झन् बिगार्न सक्छ। साउदी अरेबियाका एक अधिकारीले दिएको सङ्केत अनुसार उनको देशले एउटा यस्तो नहर परियोजनालाई अगाडि बढाइरहेको छ, जसका कारण कतारी प्रायःद्वीप एउटा द्वीपमा परिणत हुनसक्छ। राजकुमार मोहम्मद बिन-सलमानका वरिष्ठ सल्लाहकार साउद अल कहतानीले ट्विटरमा लेखेका छन्, \'म निकै व्यग्रताका साथ सलवा द्वीप परियोजना लागु हुने जानकारीको प्रतीक्षामा छु। यो ऐतिहासिक परियोजनाले यस क्षेत्रको भूगोललाई परिवर्तन गरिदिनेछ।\' उक्त परियोजनाले मूर्तरूप लिएमा कतारी प्रायःद्वीपलाई भौगोलिक रूपमा नहरका कारण साउदी अरेबियासँग अलग पारिदिनेछ। र, त्यसो भए दुवै देशबीच गत १४ महिनादेखि जारी विवाद थप चुलिनसक्छ। हुन त त्यसबारे न साउदी अरेबियाले अहिलेसम्म आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छ न त कतारले नै कुनै प्रतिक्रिया जनाएको छ। यसै वर्षको एप्रिलमा सरकार समर्थक साउदी समाचार वेबसाइट \'सबक\'ले प्रकाशित गरेको रिपोर्टमा साउदी सरकारले कतारसँगको सिमानामा ६० किलोमिटर लामो र २०० मिटर चौडाइ भएको नहर निर्माण गर्न चाहेको उल्लेख थियो। सो रिपोर्टमा उल्लेख गरिए अनुसार ७५ करोड डलर लागतमा नहर निर्माण गरिनुका साथै त्यहाँ पारमाणविक फोहोर व्यवस्थापनका निम्ति एउटा स्थान पनि तय गरिनेछ। साउदी अखबार \'मक्का\'ले गत जुनमा लेखे अनुसार नहर निर्माणमा विशेषज्ञता भएका पाँचवटा कम्पनीलाई आवेदनका लागि आह्वान गरिसकिएको छ र कम्पनीको चयन सेप्टेम्बरमा गरिनेछ। उक्त रिपोर्टमा ती पाँचवटा कम्पनीको नाम चाहिँ उल्लेख गरिएको थिएन। सन् २०१७ को जुनमा साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स, बहराइन र इजिप्टले कतारसँग कूटनीतिक तथा व्यापारिक सम्बन्ध तोडेका थिए। ती मुलुकहरूले कतारमाथि अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गरेको, उग्रवादी संगठनहरूलाई सहयोग गरेको र इरानसँग निकटता बढाएको आरोप लगाएका थिए। दोहाले ती आरोपहरूको खण्डन गर्दै त्यसलाई निराधार बताउँदै आएको छ। गत वर्ष उत्पन्न विवादपछि साउदी अरेबियाले कतारको एकमात्र स्थल सीमा-नाका बन्द गरिदियो। बहिष्कार गर्ने अरू छिमेकी मुलुकले पनि कतारको सरकारी वायुसेवालाई आफ्नो आकाश प्रयोग गर्नमा प्रतिबन्ध लगाइदिए। स्थिति यतिसम्म खराब हुन पुग्यो कि ती मुलुकले कतारी नागरिकलाई देश निकाला गरिदिए। खाडी देशबीचको विवाद सुल्झाउन कुवेत र अमेरिकाले कूटनीतिक प्रयत्न गरे पनि तिनीहरू सफल हुन सकेनन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending