Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

डब्ल्यूटीओले व्यवहार परिवर्तन नगरे सङ्गठन छोड्ने ट्रम्पको चेतावनी

विश्व व्यापार सङ्गठन \'डब्ल्यूटीओ\'ले आफूसँग गर्ने व्यवहार परिवर्तन नगरे अमेरिकाले सो सङ्गठन छोडिदिने चेतावनी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएका छन्। विश्वस्तरमा हुने व्यापारिक गतिविधिको नियमन तथा अन्तरदेशीय व्यापारिक द्वन्द्वको समाधान गर्ने उद्देश्यले डब्ल्यूटीओको स्थापना भएको थियो। तर संरक्षणवादी नीतिहरुमा विशेष जोड दिइरहेका राष्ट्रपति ट्रम्पले विश्व व्यापार संगठनले अमेरिकासँग \'पक्षपातपूर्ण व्यवहारू गरेको बताएका छन्। ट्रम्पको चेतावनीले उनको व्यापार नीति र डब्ल्यूटीओको खुला व्यापार प्रणालीबीचको द्वन्द्व उजागर गरेको छ। पछिल्लो विवाद चर्किँदै जाँदा वाशिङ्टनले डब्ल्यूटीओको द्वन्द्व व्यवस्थापन गर्ने न्यायाधीकरणमा न्यायाधीश नियुक्तिको प्रक्रिया रोकिदिएको छ। जसले त्यहाँको न्यायिक प्रक्रियामा गम्भीर असर पार्न सक्ने बताइएको छ। अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइटहाइजरले डब्ल्यूटीओले अमेरिकाको सार्वभौमिकतामा खलल पुर्‍याएको आरोप लगाएका छन्। ट्रम्पले डब्ल्यूटीओको \'अनुचित व्यापारिक व्यवहारूको पहिलेदेखि नै विरोध गर्दै आएका थिए। पछिल्ला केही महिनायता संयुक्त राज्य अमेरिका विभिन्न व्यापारिक द्वन्द्वमा फसेको छ। ऊ र चीनबीचको व्यापारिक द्वन्द्वको असर विश्वव्यापी हुने ठानिएको छ। अमेरिका भित्रने विदेशी सामानहरुमा थप कर लगाउन थालेपछि त्यो डब्ल्यूटीओको मर्म विपरित भएको भन्दै चीनले आलोचना गर्दै आएको छ ।बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending