Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

म्यान्माका राष्ट्रपति विन मिन्तले लुम्बिनीमा पुगेर के भने ?

बुटवल। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका म्यान्माका राष्ट्रपति विन मिन्तले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । राष्ट्रपति मिन्टले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नाका साथै त्यहाँस्थित ‘मार्कर स्टोन’(सिद्धार्थ गौतमको पदचाप शिला) बारेमा जानकारी लिएका थिए । उनलाई मायादेवी मन्दिर, लुम्बिनीको गुरुयोजना, इतिहास र पुरातत्वका बारेमा पुरातत्वविद् वसन्त बिंडारीले जानकारी दिएका थिए । उनी मायादेवी मन्दिर परिसरमा विशेष प्रार्थनामा पनि सहभागी भए। उनलाई लुम्बिनीका बौद्धगुरुहरुको सहयोगमा प्रार्थना गरेका थिए । उनी लुम्बिनीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रदेश नं ५ का प्रमुख उमाकान्त झा, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीलगायत लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए । लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा राष्ट्रपति मिन्टको स्वागतमा आयोजित विशेष कार्यक्रममा संस्कृतिमन्त्री अधिकारीले विश्वका बुद्धधर्मावलम्बीका लागि लुम्बिनी महत्वपूर्ण गन्तव्य रहेको बताउँदै राष्ट्रपति मिन्टको भ्रमणले लुम्बिनीको विकासमा महत्वपूर्ण प्रेरणा मिल्ने र योजनाबद्धरुपमा यस क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे। [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"203482\"] लुम्बिनीको विकासलाई तीव्ररुपमा अघि बढाएर यहाँ आउने पर्यटकलाई विस्तार गर्ने कार्यमा नेपाल लागिपरेको उल्लेख गर्दै उहाँले केही दशकयता लुम्बिनी आउने तीर्थयात्रीको सङ्ख्यामा वृद्धि भएको र सन् २०२० मा लुम्बिनीको भ्रमण गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरे । उनले बुद्धधर्मावलम्बीको ऐतिहासिक पाँचौंँ र छैटौंँ सम्मेलनमा विश्वका बुद्धधर्मावलम्बी एवं भिक्षुहरुलाई कूल जनसङ्ख्याको ८८ प्रतिशत जनसङ्ख्या बुद्धधर्मावलम्बी भएको म्यान्मामा भेला गराउन त्यहाँका प्रधानमन्त्रीले महत्वपूर्ण पहलकदमी लिएको पनि बताए । मन्त्री अधिकारीले सन् १९६० देखि दुई देशबीचको सम्बन्ध स्थापना भएदेखि नै नेपाल र म्यान्माका उच्चस्तरका नेतृत्वले दुई देशको भ्रमण गरेर सम्बन्ध एवं आपसी विश्वासलाई अझ प्रगाढ बनाएको बताए । सन् १९६७ मा संयुक्त राष्ट्र सङ्घका महासचिव म्यान्माका ऊ थान्तले लुम्बिनी भ्रमण गरेको स्मरण गर्दै मन्त्री अधिकारीले जापानका प्रा केञ्जो टाँगेले सन् १९७८ मा बनाएको गुरुयोजनानुसार लुम्बिनी क्षेत्रको विकास गर्नका लागि राष्ट्र सङ्घ र राष्ट्रसङ्घीय विकास कार्यक्रमले महत्वपूर्ण सहयोग पु¥याएको पनि उल्लेख गरे । मन्त्री अधिकारीले सन् १९९७ देखि युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको लुम्बिनीमा म्यान्माको बौद्ध विहार रहेको समेत उल्लेख गर्दै गत आर्थिक वर्षमा म्यान्माबाट दुई हजार ५०० बुद्धधर्मालम्बीले लुम्बिनीको भ्रमण गरेको जानकारी दिए । मायादेवी मन्दिरको कार्यक्रमलगत्तै राष्ट्रपति मिन्तले लुम्बिनीमा रहेको म्यान्माको कलात्मक बौद्ध विहारको अवलोकन गर्नाका साथै प्रार्थनामा सहभागी हुनुभएको थियो । बिम्स्टेकको शिखर सम्मेलनमा भाग लिन मङ्गलबार नेपाल आउनुभएका राष्ट्रपति मिन्त आज बिहान बुद्ध एयरको विशेष विमानबाट गौतमबुद्ध विमानस्थल भैरहवा हँुदै नेपाली सेनाको हेलिकप्टरबाट लुम्बिनी आएका थिए । बिहान करीब ११ बजे आएका राष्ट्रपति मिन्तले लुम्बिनीमा करीब चार घण्टा बिताएका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending