Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

निर्मलाको घरमा ‘भिआइपी’को भीड, कसले के-के आश्वासन दिए ?

काठमाडौ । गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार एक महिना पुगेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–घटना भएको महिना दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर सत्तारुढ दलका नेता एवं सांसद र प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता एवं सांसदले आइतबार पन्त र प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका-१८ सालघारका सन्नी खुनाको घरमा पुगेका छन् । घटनाले उग्ररुप लिएपछि सत्तारुढ दलका नेता एवं सांसदले विषेश चाँसोका साथ पीडित परिवारसँग भेटघाट गरेका हुन् । यस्तै प्रतिपक्षी कांग्रेसका नेता एवं सांसदले घटनाको छानबिनका लागि भन्दै दुवै मृतकका परिवारसँग भेट गरेका थिए । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवै कैलाली, ४ बाट निर्वाचित लेखराज भट्ट, नेकपाका सांसद एवं कञ्चनपुर, ३ बाट निर्वाचित डा। दिपक प्रकास भट्ट, कञ्चनपुर, २ बाट निर्वाचित नरबहादुर धामीका साथै प्रदेश सभाका सदस्यहरु पीडितका घरमा पुगेका थिए । पीडित परिवारलार्इ भेट्न नेकपाका नेता एवं ७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकास शाहलगायत प्रदेश सरकारका प्रतिनिधिहरु पुगेका थिए । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवं सासद लेखराज भट्टले प्रधानमन्त्री ओलीको सन्देश लिएर आएको बताए । कञ्चनपुर, ३ का सांसद डा। दिपक प्रकास भट्टले निर्मलाको हत्यारा कारबाहीका लागि प्रधानमन्त्रीले कडा निर्देशन दिएको बताउँदै सत्तारुढ दल र सरकार घटनाप्रति सम्वेदनशिल भएको बताए । यस्तै कञ्चनपुर, २ का सांसद नरबहादुर धामीले पीडित परिवारलाई न्याय दिने विश्वास गरेका थिए । सत्तारुढ दलका सांसदले खुना परिवारसँग भेट गरी पीडित परिवारप्रति समवेदना प्रकट गर्दै सरकारले सहिद घोषणा गरेको बताए । यस्तै प्रमुख प्रतिपक्षी कांग्रेसका नेता एव सांसदद्वय दिलेन्द्र प्रशाद बडू र वीरबहादुर बलायरले निर्मलाको परिवारसँग जसरी भए पनि न्यायका सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले घटना तोडमोड गरेको बताएका छन् । सरकारको कमजोरीले गोली चलेपछि खुना परिवार पीडामा परेको बताएका थिए । उनीहरुले दोषी उपर कारबाहीका लागि माग गर्ने आवश्वास दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending