Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

निर्मलाको घरमा ‘भिआइपी’को भीड, कसले के-के आश्वासन दिए ?

काठमाडौ । गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार एक महिना पुगेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–घटना भएको महिना दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर सत्तारुढ दलका नेता एवं सांसद र प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता एवं सांसदले आइतबार पन्त र प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका-१८ सालघारका सन्नी खुनाको घरमा पुगेका छन् । घटनाले उग्ररुप लिएपछि सत्तारुढ दलका नेता एवं सांसदले विषेश चाँसोका साथ पीडित परिवारसँग भेटघाट गरेका हुन् । यस्तै प्रतिपक्षी कांग्रेसका नेता एवं सांसदले घटनाको छानबिनका लागि भन्दै दुवै मृतकका परिवारसँग भेट गरेका थिए । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवै कैलाली, ४ बाट निर्वाचित लेखराज भट्ट, नेकपाका सांसद एवं कञ्चनपुर, ३ बाट निर्वाचित डा। दिपक प्रकास भट्ट, कञ्चनपुर, २ बाट निर्वाचित नरबहादुर धामीका साथै प्रदेश सभाका सदस्यहरु पीडितका घरमा पुगेका थिए । पीडित परिवारलार्इ भेट्न नेकपाका नेता एवं ७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकास शाहलगायत प्रदेश सरकारका प्रतिनिधिहरु पुगेका थिए । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवं सासद लेखराज भट्टले प्रधानमन्त्री ओलीको सन्देश लिएर आएको बताए । कञ्चनपुर, ३ का सांसद डा। दिपक प्रकास भट्टले निर्मलाको हत्यारा कारबाहीका लागि प्रधानमन्त्रीले कडा निर्देशन दिएको बताउँदै सत्तारुढ दल र सरकार घटनाप्रति सम्वेदनशिल भएको बताए । यस्तै कञ्चनपुर, २ का सांसद नरबहादुर धामीले पीडित परिवारलाई न्याय दिने विश्वास गरेका थिए । सत्तारुढ दलका सांसदले खुना परिवारसँग भेट गरी पीडित परिवारप्रति समवेदना प्रकट गर्दै सरकारले सहिद घोषणा गरेको बताए । यस्तै प्रमुख प्रतिपक्षी कांग्रेसका नेता एव सांसदद्वय दिलेन्द्र प्रशाद बडू र वीरबहादुर बलायरले निर्मलाको परिवारसँग जसरी भए पनि न्यायका सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले घटना तोडमोड गरेको बताएका छन् । सरकारको कमजोरीले गोली चलेपछि खुना परिवार पीडामा परेको बताएका थिए । उनीहरुले दोषी उपर कारबाहीका लागि माग गर्ने आवश्वास दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending