Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

यसै थन्किन्छन् निगमका जहाज, पाइलट बहाना मात्रै !

काडमाडौं । नेपाल वायु सेवा निगमले आन्तरिक उडानतर्फ चालू हालतका आठमध्ये ६ जहाज थन्काएको छ। अनि बहाना बनाएको छ- पाइलटै छैन। अन्नपूर्णलाई प्राप्त कागजातले भने उसँग जहाज उडाउने पाइलट पर्याप्त भएको देखाउँछ। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–ल्याएको जहाजै नउडाएर गत आर्थिक वर्ष ३५ करोड रूपैयाँभन्दा बढी घाटा खाँदै आएको निगमसँग ६ वटा चिनियाँ जहाज छन्। तीमध्ये दुईवटा ठूला (एम ६०) र चारवटा साना (वाई १२) छन्। निगमले मुस्किलले एउटा ठूलो र एउटा सानो मात्रै उडाउने गरेको छ भने चारवटा ग्राउन्डेड छन्। त्यसैगरी ३० वर्षअघिको ट्वीनअट्टर विमान पनि साउन १८ देखि एयरपोर्टमा ग्राउन्डेड छ। कुनै बेला १२ वटासम्म रहेका ट्वीनअट्टर अहिले तीनवटा मात्र बाँकी छन्। बाँकी दुईमध्ये पनि एउटा उडे अर्काे उड्दैनथ्यो। मुलुकको अति दुर्गम क्षेत्रलाई जोड्ने यी जहाजलाई पनि निगमले पाइलट नभएको भन्दै थन्काइरहेको छ। निगमसँग ट्वीनअट्टर उडाउने पाइलट १० जना छन्। यीमध्ये आईआर गुरुङ, पी शेर्पा, एम विष्ट, यू सिलवाल र एमबी तुम्बाहाङ्फे पाइलट हुन् भने एमबी शाही, आरके रौनियार, के थापा, बी प्याकुरेल र ए आर्या को-पाइलट छन्। ट्वीनअट्टर उडाउने पाइलटमध्ये गुरुङ, श्रेष्ठ र विष्ट तारा एयरलाइन्सबाट करारमा मासिक १०-१० लाख रूपैयाँ तिरेर ल्याइएको हो। जहाज बन्द गराएर ती पाइलटलाई निगमले तलब मात्र खुवाइरहेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending