Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

माअाेवादीले विद्यालय बनाइदिएपछि दोलखाका स्थानीयले खुशी हुँदै खसी काटे

नारायणकाजी भन्छन्– भूकम्पपछि अव्यवस्थित जनताको घर व्यवस्थित गर्नुपर्छ भन्ने लागेको थियो । श्रममा जोडिन पाउँदा गर्व लागेको छ
काठमाडौं, राष्ट्रिय पुनर्निर्माण अभियान लिएर दोलखा पुगेको एमाओवादी नेताकार्यकर्ता यतिबेला दोलखाका भग्नावशेष पन्छाउदै छन् । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा पुगेका उनीहरु विद्यालय भवन बनाउनेदेखि जनताको अस्थायी टहरा बनाउन व्यस्त छन् । \"dolakha उनीहरु विद्यालय नजिकैको सल्लाघारीमा पाल टाँगेर बसेका छन् । त्यो पनि शनिबार आएको हावा हुरीले उडाइदियो । दिउँसो चर्को घाम छ । बेला बेलामा भूकम्पका पराकम्प आउँछन् र जान्छन् । उनीहरू पराकम्प आउँदा भग्नावशेष हटाइरहेका ठाउँबाट केही पर खाली ठाउँमा जान्छन् । फेरी फर्किन्छन् र काममा जुट्छन् । अधिकांश माओवादी नेता कार्यकर्ता मधेश र काठमाडौंबाट गएका छन् । गाउँमा बत्ति छैन, टेलिफोन टिप्दैन । घरका पारिवारिक सदस्यहरुसँग सम्बन्धबिच्छेद जस्तै छ । विद्यार्थी नेता सुरेन्द्र बस्नेत भन्छन् –‘३ दिनपछि बल्ल बत्ति आयो र परिवारमा सम्पर्क भयो ।’ काठमाडौं र मधेशी टोलीका पारिवार दोलखाको नाम सुन्दै डराउने गर्छन् । तर, टोली डर होइन दत्तचित्तकासाथ काममा लागेको छ । \"dolakhaबैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको दोस्रो ठूलो भूकम्पका कारण दोलखा सबैभन्दा क्षतिग्रस्त बनेको छ । दोस्रो भूकम्पको केन्द्रविन्दु रहेको दोलखाको पुननिर्माण गर्ने उद्देश्य सहित एमाओवादी टोली जेठ ८ गते त्यहाँ पुगेको थियो । वाइसिएल नेपालको केन्द्रिय टोली, अखिलक्रान्तिकारी,भोजपुरा राज्य तथा उपत्यकाको मजदुर सहित ७० जनाको टोलीले भोलिपल्टदेखि नै काम थाल्यो । टोलीलाई एमाओवादी दोलखा जिल्ला समतिको सहयोग छ । एमाओवादीका केन्द्रिय सदस्य विश्व कार्की र अर्का जिल्ला नेता बिशाल खड्काले समेत जिल्लाभर स्थानीय माओवादी टोली समेत परिचालन भएको बताए । उपाध्यक्ष नारायणकाजी सक्रियताकासाथ अभियानको नेतृत्व गरिरहेका छन् । भूकम्पले ध्वस्त बनेको जीलुस्थित सर्व माविको भग्नावशेषबाट उनीहरुले महत्वपूर्ण सामग्री निकाले । जहाँ विद्यार्थीको महत्वूर्ण रेकर्डदेखि कम्प्युटर सम्म पुरिएका थिए । ‘श्रम स्वभाविकहो । सामान्य बेलाभन्दा विशिष्ठ अनुभूतिभयो ।’ उपाध्यक्ष श्र्रेष्ठले खबरडबलीसँग अनुभूति साटे ‘अव्यवस्थित जनताको घर व्यवस्थित गर्नुपर्छ भन्ने लागेको थियो श्रममा जोडिन पाउँदा गर्व लागेको छ ।’ उनको टोलीले विद्यालयको अस्थायी टहरा निर्माण गर्ने सोच बनाए । तर अस्थायी भन्दा स्थायी विद्यालय बनाउने अभियान उत्तम लागेपछि उनीहरु काठपात काट्न लागे । सम्म जमिनमा खेलेका मधेसीपनि पहाडका जंगलहरुमा काठपात ओसार्न गर्न अघि बढे । विद्यालयको स्थायी भवन बनाउन मधेशबाट आएका मधेसी माओवादी अब्बल देखिए । उनीहरु यतिबेला सोही विद्यालयमा भवन बनाउन सक्रिय छन् । ‘मधेशका साथीहरु पहाडमा आएर यसरी हातेमालो गर्नु जस्तो उत्तम संगम के हुन सक्छन र ?’ खुसीहुँदै विद्यार्थी नेता सुरेन्द्र बस्नेत भन्छन् ‘यसले भावनात्मक एकता पनि पैदा गरेको छ ।’ \"dolakhaविद्यालय भवन बनाउन ५ जनाको इन्जिनियर टोली छ । गत शनिबार आएको हुरी बतासका कारण उनीहरु बसेको पाल नै उडाएपछि केहि समय काम नै स्थगित गर्नु परेको थियो । त्यही हुरीले दोलखामा सन्त्रास फैलाएपछि उनीहरुले जनतालाई ढुक्क हुन अपीलसमेत गरे । दोलखामै यूवाहरुको नेतृत्व गरिरहेका वाइसिएल अध्यक्ष गणेशमान पुन अभियानमा दत्तचित्तले लागेका छन् । ‘राजनीतिक दल तथा यूवा संगठनले धेरै काम गर्नुपर्छ । दोलखाको अवस्था सुनेको भन्दा निकै भयावह छ’ उनले भने, ‘हामी निर्माण अभियानमा छौं ।’ काठमाडौंबाट अभियानमा पुगेकी विद्यार्थी नेतृ कविता ढुङ्गाना उत्साहित छिन् ‘हामी आएपछि जनताम ानिकै ठूलो उत्साह मिलेको छ । हामीले महाविपत्ति बेहोरिसकेका छौं, अब विद्यालयहरुलाई यो विपत्तिबाट निकाल्नुछ ।’ नेतृ ढुङ्गाना भन्छिन् ‘विद्यार्थी हुनुकानाताले विद्यालयनिर्माणमा लागिरहेका छौं ।’ \"dolakhaअभियानमा सक्रिय दिपेश पुन पनि विपत्तिपछि श्रम गर्न पाउँदा निकै खुसी छन् । ‘श्रम गर्न पाउँदा जीवनकै खुसीको अवस्थामा छु जस्तो लाग्छ । जनताको कामगर्न पाउनु हाम्रो लागि ठूलो कुरा हो ।’उनी भन्छन् ‘जीवन नै जोखिम हो । हामीले हिजो पनि जोखिम मोलेकै हो आज पनि जनताकै लागि जोखिम मोल्ने हो ।’ इन्जिनियर गणेश मैनाली विद्यालयको भवन डिजाइनमै व्यस्त छन् । भत्केका संरचनाको चेकजाँचमै व्यस्त रहेका उनको ५ जनाको टोली दोलखामा माओवादीको अभियानसँगै गएको थियो । ‘विद्यालयको ९ कोठे भवन बनाउदै छौं ।’ उनी भन्छन् ‘त्यो दीर्घकालिन हिसाबले करिव ५ वर्ष सम्म टिकाउ हुनेछ ।’ विद्यालय निर्माणमा माओवादीकार्यकर्ता आएपछि निकै खुसीबनेका सर्व माविका प्रधानाध्यापक विश्वमणि चौलागाईं पनि निमार्णको काममा सँगसँगै छन् । ‘विद्यालय भवन र कार्यालय ध्वस्त थियो उहाँहरु दत्तचित्तभएर खटिनु भएको छ’ उनले भने ‘उहाँहरुको कठोर मेहनतका कारणले भग्नावशेषबाट विद्यालय संचालनको अवस्थामा आउँदैछ । हामीलाई खुसी लागेको छ ।’ \"dolakhaविद्यार्थी नेता बस्नेतका अनुसार उनीहरुलाई विद्यालयको काम सकाउन अझै ४ दिनलाग्ने छ । सर्व माविको काम सकेपछि उनीहरुको टोली दोलखाको जिरीस्थित ध्वस्त रहेको शहिद स्मृति स्कुल बनाउनको लागि त्यता जाँदैछ । माओवादी नेता र कार्यकर्ताहरुले आफ्नै गाउँमा आएर विद्यालय र घर निर्माणमा सक्रियता देखिाएपछि संकट र अभावकाबीचमा जिलुका स्थानीयहरूले माओवादी टोलीलाई खसी काटेरसमेत ख्वाए । प्रअ चौलागाइ भन्छन्–हाम्रो विद्यालय बनाउन कठोर मेहेनत गरिरहेको माओवादी टोलीलाई हामीले सहयोग गरेका हौं । यसलाई नौलो नमाने हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies