Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

भूकम्पपछि उजाडिएको तामाङ बस्तीमा मनकारीले यसरी गरे सहयोग

छापगाउँ, (सिन्धुपाल्चोक), बारीमा मकै छरिरहेकै बेला एक्कासि भुइँचालो आयो । हतारिँदै घर पुगे नारायण तामाङ । विडम्बना उनको मात्रै हैन टोलका सबै घर भत्किएको रहेछ । घरले च्यापिएर नारायणका आमा, ठूली आमा र श्रीमतीको ज्यान गइसकेको थियो । “सोच्दै नसोचेको घटना भयो, घर मात्रै भत्केन परिवार नै उजाड भयो”–नारायणले भने । वैशाख १२ को ७.६ रिक्टर स्केलको भुइँचालोले देशका अत्यधिक प्रभावित १४ मध्येको एक जिल्ला सिन्धुपाल्चोक साँगाचोक गाविस वडा नम्बर ४ छापगाउँका नारायणले अझै राम्रोसँग बातचित गर्न सकेका छैनन् । “घरमा भात पकाउने मान्छे पनि भएन, मर्ने मरेर गइहाल्यो बाँच्नेलाई कति पीडा कति पीडा”–नारायणले भने । नारायणको घरसँगै जोडिएको अर्को घरमा अनिसयोञ्जन तामाङकी वृद्ध हजुरआमा र दिदीको ज्यान गयो । हजुरआमालाई बचाउन जाँदा दिदीको ज्यान गएको अनिसले बताए । “एकै झड्कामा गाउँ नै सखाप भयो, एउटै घर ठाँडो रहेन”–गाउँमा च्याङ्वा भनेर चिनिने अनिसले भने । सामुदायिक भवनमा छलफल गर्ने तयारीमै रहेकी कुमारी तामाङले घरभित्र जम्मा भएका चारपाँचजना दिदीबहिनीसँगै लौ भुइँचालो आयो भन्दै बाहिर भागेर ज्यान बचाएको सुनाइन् । “घरभित्र पुरिएका भाँडाकुँडा, अन्नपात र अरू सामान निकाल्दैछौँ”–आइतबार श्रीमान्सँगै ढुङ्गामाटो पन्छाउँदै उनले भनिन् । राजधानी काठमाडौँबाट ६५ किमी पूर्व साँगाचोकबाट तीन किलोमिटर कच्ची बाटो पार गरेपछि पुगिने यहाँका प्रायः सबै घर तामाङ जातिको छ । छापगाउँका घाङडोल, कोलगाउँ र मेलदीम बस्तीका ५८ मध्ये मात्र एउटा आरसिसी घर ठडिएको छ । अरू सबै ध्वस्त भएका छन् । झन्डै ३५० मानिस आवादीको छापगाउँमा भूकम्पको पहिलो झड्काले तीन पुरुषसहित आठको ज्यान लियो । टुकीसङ्घ सुनकोसीले २०५८ सालमा बनाएको ४५ जना पढ्ने जनकल्याण प्राथमिक विद्यालयको भवन पनि चकनाचुर भयो । गाविसका दुई हजार ७२३ घरमध्ये प्रायः सबै चर्के भत्के । १५८ को ज्यान गयो । केही घर जोगिए । छापगाउँको पिप्ले सामुदायिक वन छेउमा भुइँचालोले जमिनमा ठूलो धाँजा परेको छ । ठाउँठाउँ चिरा परेको छ । “गाउँको ठाउँठाउँमा चिरा परेको छ, बस्न हुने हो कि नहुने कुनै भूगर्भविद् आएका छैनन्, पहिरो जाने डर छ”–पिप्ले सामुदायिक वनका पूर्वअध्यक्ष पूर्णबहादुर तामाङ भन्छन् । उजाड बनेको यो गाउँका मानिसहरुको मुख्य खेती मकै र बदाम हो । भुइँचालो गएको महिनादिन नबित्दै गाउँका मानिसले सिकर्मी, डकर्मी गर्नेजस्ता सीप भएकाले पुराना टिन, जस्तापाता खोज्दै बारीका कान्लाको उपयोगसमेत गर्दै बस्नलाई अस्थायी टहरो बनाएका छन् । तर हावाहुरीले पानी पस्ने र भल बग्ने हो कि भन्ने डर स्थानीयवासीमा रहेको छ । सरकारी राहत र सहयोग यहाँ पुग्न सकेको छैनभन्दा हुन्छ । जाम जाम नमस्ते नामक संस्थाका राजेश लामा तामाङले आइतबार ५८ घरका ३५० जनालाई चामल, दाल, तेल, नुन, मस्यौरालगायत एक लाख ११ हजार रुपैयाँबराबरको सामग्री गाउँमा वितरण गरे । नर्वेबाट आएका मनकारी जितबहादुर लामा तामाङले नगद सहयोग पु¥याउनुका साथै गाउँमै पुगेर सामान वितरण गरे । छेवैको काभ्रे गाउँमा पनि केही खाद्यान्न उपलब्ध गराइयो । “गाउँ नै तहसनहस भएको रहेछ, दुखैदुःखमा बसेका जनतालाई केवल सहानुभूति मात्र दर्शाउन सकियो”–राजेश र जितबहादुरले आफना भावना व्यक्त गरे । चार महिनाअघि काभ्रे तिमाल गाउँका नेमा तामाङको ढाड भाँच्चिदा उपचार गर्न तीन लाख ५० हजार रुपैयाँ दिएर सुरु भएको सो संस्थाले अहिले भूकम्पपीडितलाई सहयोग गरेको छ । यसमा नेपालमा साहसिक खेल क्यनोनिङ पानीको झरनामा डोरी बाँधेर झर्ने साहसिक खेलका प्रसिद्ध खेलाडी एवम् हिमाल आरोहण र पदयात्रा पथप्रदर्शनमा कहलिएका राजेश लामालाई फ्रान्समा क्याम्पिङ नमस्ते नामक संस्था चलाएकी सेलिमेन्सी लेभरग्नेले आर्थिक सहयोग गरेका छन् । लेभरग्नेले त्यहाँबाट भूकम्पपीडितका लागि चन्दा सङ्कलन गरेर पठाएको र अन्यत्रबाट पाएको सहयोग नेपालमा राजेशले संयोजन गर्दै पीडितसम्म पु¥याउने काम गरिरहेका छन् । सिन्धुपाल्चोककै कुभिण्डेमा जाम जाम नमस्तेले ६१ घरका भूकम्पपीडित परिवारलाई खाद्यान्न, त्रिपालसहित एक लाख ८९ हजार रुपैयाँको राहत वितरण गरेको सो कार्यमा सक्रिय अमर लामा दोङले जानकारी दिए । जाम जाम नमस्तेले अन्य भूकम्पपीडितका लागि पनि सहयोग गर्ने तयारी गरेको छ । “अहिले हामी भूकम्पपीडितलाई बढी सहयोग गर्ने सोचअनुरुप सहयोग जुटाउँदैछौँ, देशलाई दुख्दा हामीले अलिकति भए पनि मलहम लगाउन सकियो भने त्यो पनि धेरै ठूलो कुरो हुँदोरहेछ”–राजेशले भने । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending