Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सडक निर्माण सुस्तगतिमा, यात्रुलाई सास्ती

दाङ। तुलसीपुर सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न अप्ठेरो परेको यात्रुले गुनासो गरेका छन् । आफूहरुले सडक मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा गुनासो गर्दासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो रहेको छ । सो सडकमा सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि बाटो खराब हुँदा समस्या हुने गरेको सो रुटमा गाडी चलाउँदै आएका चालक रविन ओलीले बताए । आफूहरु गाउँबाट जुनसुकै समयमा अटो चढेर तुलसीपुर बजारमा किनमेल गर्न जाने गर्दथ्यौँ तर अहिले बाटोको अवस्था निकै बेहाल हुँदा जान कठिनाइ हुने गरेको स्थानीय घनश्याम चौधरीले बताए । जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल रहेको थारु राज दङ्गीशरणको ऐतिहासिक भग्नावशेष दरबारसमेत सुकौरामा नै पर्ने गर्दछ । अहिले बाटो समयमा मर्मत तथा कालोपत्रे नगर्दा त्यस भेगका नागरिक र दरबार क्षेत्र हेर्न जाने बाह्य तथा आन्तरिक पर्यटकलाई समेत आवतजावत गर्न निकै कठिनाइ रहेको छ । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाभित्र स्मार्ट सिटीको चर्चा हरेक सार्वजनिक स्थान र चिया पसलमा बहसको विषय बनेको छ । तर स्मार्ट सिटीको अवधारणालाई हरेक गाउँले कच्ची सडक जसले छोटो दूरीमा उपमहानगरलाई जोडी रहेका छन् उनीहरुको मर्मत र कालोपत्रे नहुँदा तुलसीपुर बजार हिलाम्मे र फोहर बनेको सहजै देख्न सकिन्छ । आफूहरुले पटकपटक बिग्रिएको सडकमा ग्राबेल गर्न अनुरोध गर्दासमेत सम्बन्धित निकाय मौन भएको भन्दै सडक निर्माण कम्पनीलाई त्यहाँका नागरिकले गम्भीर हुन ध्यानाकर्षण गराएका छन् । तुलसीपुर बजारदेखि १० किलोमिटरको दूरीमा रहेको सो सडक कालोपत्रे निर्माण गर्नका लागि प्यासिफिक बिल्डर्स काठमाडौँले रु छ करोड ६१ लाखमा सम्झौता गरेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए । उनका अनुसार २०७५ फागुनसम्म काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । तर हालसम्म सो सडकखण्डमा १५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । अहिले तुलसीपुर सुकौरा सडकखण्डको तीन किलोमिटर सडकमात्र कालोपत्रे भएको छ भने बाँकी सात किलोमिटर कालोपत्रे हुन बाँकी नै रहेको छ । सडक विस्तार र कालोपत्रेको काम शुरु हुन निर्माण कम्पनीले अझै केही समय लाग्ने बताएपछि स्थानीयवासी झनै चिन्तित बनेका छन् । ठेकेदारले उल्टै ठाउँठाउँमा अवरोध र बाटो बिगार्ने काम मात्रै गरेको भन्दै तत्काल स्थलगत निरीक्षण गर्न स्थानीयवासी प्रशासनसँग त्यहाँका नागरिकले मागसमेत गरेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies