Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

भुजेल भाषाकाे एक परिचय

१) भुजेल भाषा :- भुजेल जातिको आफ्नो मातृभाषा छ । भुजेलहरु आफ्नो मातृ भाषालाई प्हुगाल ङुर भन्दछन । प्हुगालको अर्थ भुजेल र ङुरको अर्थ कुरा हुन्छ । १.१) भुजेल भाषाको परिवार:- मानिसको वंश हुन्छ र उ परिवारमा वस्छ त्यस्तै गरि भाषाको पनि आआफ्ना परिवार हुन्छ र नेपालमा ४ भाषा परिवारका भाषा बोलिन्छ। क)भोटबर्मेलि ख) भारोपेलि ग) ड्रभेडियन घ) एस्ट्रो ऐसियाटिक । (तर केही भाषा वैज्ञानिकले कुसुन्डा भाषालाई छुट्टै भाषा परिवारको रुपमा अध्यान गरेको पाईन्छ त्यसलाई आधार मान्ने हो भने नेपालमा ५ किसिमका भाषा परिवारहरु छन । ) विभिन्न भाषा शात्रिले विभिन्न आधारमा गरेका बर्गिकरण अनुसार भुजेल भाषा चिनियाँ तिव्वति माहा परिवार भित्रको सदस्य हो ।यो भाषा भोट बर्मेलि परिवारको मध्य हिमालि शाखा अन्तर्गत पर्दछ ।यो समुहमा भुजेल र चेपाङ भाषा पर्दछ । १- २) भुजेल भाषाको प्रकारः- भुजेल वाक्यमा पदक्रम कर्ता - कर्म - क्रिया ((sov))हुन्छ अर्थात सर्वप्रथम कर्ता अनि कर्म र अन्तमा क्रियापद आउछ । भोट बर्मेलि परिवारको अन्य भाषाहरु जस्तै भुजेल भाषा पनि लिङ्ग बिहिन(gender less) भाषा हो ।अर्थात क्रियापदको आधारमा महिला पुरुष चिनिदैन । जस्तै :- -राम घर आयो । राम किम वाङाल । -सीता घर आईन । सीता किम वाङाल । यस भाषामा २काल (tense) हुन्छन भुत र अभुत। जस्तै :- वर्तमान कालस् म पानि पिउँछु। - ङा ति तुङनाङ। भविष्य काल म पानि पिउनेछु। - ङा ति तुङनाङ। भुत कालस् मैले पानि पिएँ। - ङाइ ति तुङाल। १.३) वर्ण व्यवस्था:- प्रत्येक भाषाको आफ्नै वर्ण ब्यबस्था हुन्छ । भुजेल भाषामा द्दद्ध एकल र ठ संयुक्त गरि जम्मा घज्ञ व्याञ्जन र ६ स्वर वर्णहरू हुन्छन् । क) व्यान्जन वर्ण क ख ग घ ङ च छ ज त थ द ध न प फ ब भ म य र ल व स ह ङ्ह न्ह म्ह य्ह र्ह ल्ह व्ह ख० स्वर वर्ण अ , आ इ, उ, ए, ओ, (नोट: भुजेल भाषामा मात्रा वा दीर्घताले अर्थमा भिन्नता ल्यउदैन। ) १.४)क्षेत्रिय भेद:- विशेषतया एउटै क्षेत्र वरपर बोलिने भएकाले भुजेल भाषमा क्षेत्रिय भेद भने देखिदैन अर्थात स्थान बिशेष का आधारमा भुजेल भाषामा फरकपन भेटिदैन । २) राष्टिय परिदृश्यमा भुजेल भाषा:- राष्टिय जनगणनामा २०६८ मा भुजेल भाषा ले ०.०८१% स्थान अोगटेको छ । । भुजेल जातिको जनसख्या ११८५६५(०.४५%) र वक्ताको सख्या २३२९०(०.०८१% )रहेको छ । १९.७%भुजेलहरु भाषा प्रति वफादार देखिन्छन भने ८०.३% भुजेलहरुले अाफ्नो मातृभाषा बिर्षेको देखिन्छ । भाषा योजनाकार का अनुसार भुजेल भाषा लोपोन्मुख भाषा हो । ५0 हजार भन्दा कम बक्ताभएको भाषा यो समूह अन्तर्गत पर्दछ र भाषा विज्ञानको भाषामा भुजेल भाषा अपसरणशील भाषा हो । बच्चा जन्माउने उमेर समुहका आफुहरु बिच कुरा गर्न भाषाको राम्रो ज्ञान भएको तर कसैले पनि आफ्नो बालबच्चालाई बोल्न नसिकाउने वा नलगाउने भाषिक समुदाय यो समुहमा पर्छन । ३) कानुनि मान्यता : नेपालको संविधानले मातृभाषाको रुपमा बोलिने नेपालका सबै भाषालाई राष्टभाषाको रुपमा स्थापना गरेको हुनाले भुजेल भाषा पनि नेपालको राष्ट्र भाषा हो ।आदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन (२०५८) को अनुसुचिमा भुजेल जाति पनि सुचिकृत छ ।यसै गरि आदिवासि जनजाति उत्थान प्रतिष्ठान को बर्गिकरण अनुसार यो जाति सिमान्तकृत समूह मा पर्दछ ।शिक्षा ऐन तथा बहुभाषिक शिक्षा कर्यन्वयन निर्देशिका २०६६ पनि जनरि भईसकेकाले भुजेल भाषा लगायतका मातृ भाषामा पठनपाठन कानुन सम्बत छ। ४) भुजेल भाषाको प्रयोग क्षेत्र:- भुजेल भाषा मुलत तनहु जिल्ला वरपर का क्षेत्रमा बोल्ने गरिन्छ । यो क्षेत्रमा घरमा साथिभाई कामकाजमा भान्छा देखि मेलापात सम्म जीवनयापनको हर क्षेत्रमा वृध्दवृध्दा, वयस्क, युवायुवति केटाकेटि अर्थात सबै उमेर समुहका र पुस्ता ले आफ्नो मातृभाषाको प्रयोग गर्छन ।वभिन्न जिवन संस्कार तथा कुलपुजा हरुमा मातृ भाषाको प्रयोग हुन्छ । गोरखा को बेलटार क्षेत्र, तनहुको आधिमुल आरथुम्का बानियाटार ,सेतिपार, कुलमुन, पार्लाङ ,देबघाट गाईघाट, नवलपरासिको ढोडेनि र चितवनको चण्णिभन्ज्याङ मुख्य त भुजेल भाषिको बाहुल्यता भएको क्षेत्र हुन। छिटफुटरुपमा नेपाल भरि बोलिन्छ भने नेपालबाहिर भारतको सिक्किम दार्जिलिङ क्षेत्रमा पनि भुजेल मातृभाषा प्रयोगमा छन। ५) भाषाको विकास :- प्रत्येक भाषाको आफ्नै बर्णमाला हुन्छ । भुजेल भाषाको बर्णमाला को पनि पहिचान भएको छ (हेर्नुुस १.३मा)। ब्यकरण पुस्तक हरु पनि प्रकाशित भएका छन । भुजेल भाषा प्राराम्भिक अध्यान (अमृत योन्जन र बाबुराम भुजेल) भुजेल भाषाको ब्यकरण (डा दानराज रेग्मी) नेपालमा प्रकासित भुजेल भाषाका पुस्तक हरु हुन भने नेपाल बाहिर प्हुगाल ङुर दार्जलिङ, प्हुगाल ईम्याङ (धर्म ग्रन्थ ) , भुजेल भाषा र सभ्यता (ब्यकरण सहित) दार्जलिङ, भुजेल भाषा (प्हुगाल ङुर) एक अध्यान सिक्किम , प्हुगाल छ्याह्ङक्रुम (भुजेल शब्दकोश ) सिक्किम भुजेल भाषामा प्रकाशीत पुुुस्तकहरु हुन। ६) लिपि:- भुजेल भाषा लेखनमा देबनगरि लिपिको प्रयोग भईरहेको छ । आफ्नै लिपि भने बिकासको अन्तिम चरणमा छ। अन्तमा, आदिबासि जनजाति उथ्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ र आदिबासि जनजाति सम्बन्धि ILO माहासन्धि १६९ ले आदिबासि जनजातिका -ओटा पहिचान मध्य मातृभाषलाई पहिलो स्थानमा राखेको छ । जातिय पहिचानको प्रमुख आधार भाषा हो । जाति र भाषा लाई अलग राखेर हेर्न सकिँदैन । तसर्थ मातृभाषालाई देश र समाजमा सदा सर्वदा रहिरहने विरासत र अमुर्त सम्पदाको रुपम हेरिनु पर्दछ । यसर्थ जाति जिबित रहन भाषालाई बचाउन आवश्यक छ । भान्छा देखिनै मातृभाषा बोलचाल शुरु गरिनु पर्छ र सार्वजानिक समारोहमा समेत यथोचित ढंङ्गले प्रयोग गरिनु पर्दछ।मातृभाषा मा बोलचाल गर्नु भनेको पहिचान जिवन्त रहनु हो । सेवानुङ
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending