Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

धनुषाकाे खजुरीसम्म अाइपुग्याे रेल

जनकपुरधाम । जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्गको पहिलो परीक्षण सञ्चालन बुधबार भारतीय पक्षबाट गरिएको छ । निर्माणाधीन रेलमार्गअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि कुर्थासम्म र जयनगरबाट खजुरीसम्म ८.५ किलोमिटर रेल सञ्चालन गरिएको हो । भारतीय रेल सञ्जालबाट जोडेर भारतबाटै उपलब्ध इन्जिन नेपालको खजुरीसम्म परीक्षण सञ्चालन गरिएको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख विनोद ओझाले जानकारी दिए । भारतीय रेल्वेकै चालक र प्राविधिकको रेखदेखमा १० किलोमिटर प्रतिघण्टा भित्रैको गतिमा रेल परीक्षण सञ्चालन भएको थियो । अाजको अन्नपूर्णमा खबर छ-पहिलो चरणमा इन्जिन चलाएपछि दोस्रो चरणमा मालबोगी चलाएर पनि परीक्षण गरिएको हो । कात्तिकसम्म भारतीय पक्षले कुर्थासम्म रेल गुडाउने लक्ष्य राखेको छ । हाल निर्माणाधीन ६९ किलोमिटरको ब्रोडगेज मार्गमध्ये तीन किमि भारतमा र बाँकी खण्ड नेपालमा पर्छ । पहिलो चरणमा भारतको इरकोन कम्पनीले जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर रेलवे ट्र्याकका साथै अन्य पूर्वाधार करिब तयार पारिसकेको छ । जयनगर–कुर्थाखण्डमा ट्र्याक ओछ्याउनेदेखि पुल–पुलेसा, रेल स्टेसन, हल्ट निर्माणजस्ता सिभिलतर्फका काम करिब पूरा भइसकेको जनकपुरस्थित रेल विभागको कार्यालयले जनाएको छ । जनकपुरदेखि कुर्थासम्म अक्टोबरदेखि रेल सञ्चालन गर्ने लक्ष्य छ । यस्तै, दोस्रो चरणमा मार्च २०१९ देखि धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि र त्यही वर्षको डिसेम्बरसम्म बिजलपुरादेखि बर्दिवाससम्म १७ किमि रेलमार्ग सञ्चालनमा ल्याउने लक्ष्य छ । भारत सरकारले इन्जिन र डिब्बा उपलब्ध नगराउने भएपछि नेपाल सरकारले भाडामा लिएर भए पनि रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ । कुल ७० किलोमिटर रेलमार्ग निर्माणका लागि भारत सरकारले सात सय करोड रुपैयाँ सहयोग गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending