Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

घरेलु हिंसाकै कारण सम्बन्धविच्छेदको संख्या बढ्यो

रोल्पा। घरेलु हिंसाका कारण रोल्पामा सम्बन्ध विच्छेदको क्रम पनि बढ्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको मुद्दा फाँटमा अघिल्लो आर्थिक वर्षमा दर्ता भएका एक सय १७ घरेलु हिंसाका घटनामध्ये ८२ मिलापत्र भए पनि ३१ सम्बन्ध विच्छेदका लागि अदालत गएका थिए । प्रहरी कार्यालयमा उजुरी दिएर मिलापत्र हुन नसकेका ती मुद्दासहित सो वर्ष जिल्ला अदालत रोल्पामा एक सय ६९ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको बताइएको छ । आव ०७३÷७४ मा जिल्ला प्रहरी कार्यालयमा ८८ घरेलु हिंसाका मुद्दा दर्ता भएकोमा नौ मुद्दा मात्रै सम्बन्ध विच्छेदका लागि अदालत गए । घरेलु हिंसाका घटना बढ्दै जाँदा त्यसको प्रभाव सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको देखिएको छ । हरेक वर्ष बढ्दै जाने सम्बन्ध विच्छेदका घटनाले परिवारको शिक्षा, स्वास्थ्य तथा जीविकालाई समेत प्रभाव पार्ने गरेको सामाजिक अभियानकर्मीले बताएका छन् । स्थानीय तहमा गठन भएका न्यायिक समितिका कारण जिल्ला अदालतसम्म आउने देवानी मुद्दाको संख्या घटे । तर, सम्बन्ध विच्छेदका मुद्दा घटेका छैनन । न्यायिक समितिले सम्बन्ध विच्छेद पूर्व मेलमिलापका लागि सहजीकरण गर्छ । तर पनि मुद्दा दर्ताको संख्या नघटेको बताइएको छ । जिल्ला अदालतमा दर्ता भएका कूल मुद्दामध्ये ५५ प्रतिशत बढी मुद्दा सम्बन्ध विच्छेदको रहेको जिल्ला अदालतको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष दर्ता भएका तीन सय २४ मुद्दामध्ये एक सय ६८ मुद्दा सम्बन्ध विच्छेदका थिए । “१३/१४ वर्षकै उमेरमा विवाह गर्ने अनि २०/२२ वर्ष पुगेपछि सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढेको छ,” मेलमिलापकर्ता तीर्था आचार्यले भने । मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने तथा खान लाउन नदिनेजस्ता कारणले सम्बन्ध विच्छेद गर्न महिला बाध्य हँुने आचार्यको भनाई छ । वैदेशिक रोजगारी बढेसँगै परिवारमा भित्रिएको जीवनशैलीले पनि असर गरिरहेको छ । अंश लिएर सम्बन्ध विच्छेदको माग गर्दा दुबै पक्षको नाममा रहेको सम्पत्ती के कति छ खोजबिन गर्दा लामो समय लाग्ने भएकाले अंश नलिएर सम्बन्ध विच्छेद गर्ने गरेको रोल्पा जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठले बताए । स्थानीय सरकारले घरेलु हिंसा न्यूनिकरणका विभिन्न कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्दा समेत हिंसा घटेको देखिएको छैन । प्रहरीले समेत सडक नाटक तथा विभिन्न प्रचारात्मक कार्यक्रम गरी घरेलु हिंसा न्यूनीकरणका अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । विगतमा घरेलु हिंसा भए पनि प्रहरीसम्म उजुरी गर्न आउनेको संख्या निकै कम हुने गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए । “प्रहरी तथा अन्य निकायले सञ्चालन गरेको चेतनामूलक कार्यक्रमका कारण पीडितले खुलेर उजुरी दिन थालेसँगै संख्या बढेको हो,” फुँयालले भने ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies