Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

वर्षौंदेखि दूषित पानी पिउँन बाध्य नाम्रावासी

बाँके। वर्षा होस् कि अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी पिउनुपर्ने बाध्यता कायमै छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका –१ नाम्रावासीका लागि पिउने पानी नै भेरीमा बग्ने पानी हो, चाहे त्यो धमिलो नै किन नहोस् । गाउँमा खोपानीको योजना ल्याउन पानीका स्रोत भने नभएका होइनन् । तर, राजनीतिक पहुँच नभएकाले धमिलो पानी पिउन बाध्य भएको बताउँछन् स्थानीयवासी । गंगा प्राविका प्रधानाध्यापक रामप्रसाद शर्माकाअनुसार नाम्रामा बस्ती बसेदेखि नै दूषित पानी पिउनुपर्ने बाध्यता छ । “आफूले जान्ने भएदेखि भेरीको पानी बोकेर पिउन थालेको हुँ बाबु, बाजेले पनि भेरी नदीको पानी बोकेरै पिएका हुन् ।” उनले भने । यहाँ हिउँद भन्दा वर्षायाममा पिउने पानीको समस्या हुन्छ । वर्षायाममा नदी धमिलो भएपछि हुनेले फिल्टर र नहुनेले कपडामा पानी छानेर खानुपर्छ । खानेपानीको सहज र सस्तो व्यवस्थापन भनेको भेरी नदीको पानीलाई तानेर प्रशोधन गरी वितरण गर्नु नै हो । तर विद्युतको अभावमा त्यो सम्भव भएको छैन । “टाढाबाट खानेपानी ल्याउँदा खर्चिलो हुने भएकाले नदी अथवा भूमिगत पानीलाई नै प्रशोधन गरेर वितरण गर्नु कम खर्चिलो हुन्छ । तर, यहाँ पहिले बिजुली बत्तीको जरुरी छ,” प्रधानाध्यापक शर्मा बताउछन् । पुरानो मुहान सुकेकाले पानीको समस्या भएको छ । खानेपानी लिन नदीमा जाने कतिपयले ज्यानसमेत गुमाउनु परेको छ । फोहोर पानी पिउनाले रुघाखोकी, झाडापखाला, शरीर चिलाउनेलगायतका रोगले सताउने गरेको छ । स्थानीयवासीले धेरै पटक केन्द्र, जिल्लास्तरका नेता तथा कर्मचारीलाई खानेपानीको समस्याको विषयमा जानकारी गराए पनि सबैले हुन्छ भन्ने आश्वासन मात्र दिएको स्थानीयको गुनासो छ । नाम्रामा करीब ५५ घरधुरी छन् । नजिक मुहान नभएकोले टाढाबाट ल्याउने पानी सानातिनो रकमले नपुग्ने भएपछि वर्षौंदेखि नाम्रावासी खानेपानीको समस्याबाट वञ्चित हुँदै आएको स्थानीय युवा कृष्ण शर्माले बताए । “दुई वटा मुहानमा सर्भे भएको छ, नजिकै रहेको बिउनारा भन्ने स्थानको मुहान करीब सुकिसकेकाले सम्भव छैन,” शर्माले भने । टाढाको चिउरी गौडा खोलाको मुहानबाट खानेपानी योजना सञ्चालनको संभावना छ । खर्चिलो भएकोले योजना सम्पन्न हुनेमा स्थानीयवासी विश्वस्त भने छैनन् । वर्सात्मा गाउँबाट पानी लिन झरेका महिला बालबालिकालाई नदीले बगाएर ज्यानसमेत जान्छ । गाउँमाथिको बस्तीमा नदीमै शौचालयका पाइपबाट शौच पास हुने गरी चर्पी निर्माण गरिएका छन् । नदीमा फोहर फाल्ने कार्यले व्यापकता पाएको छ । नदी छेउछाउका स्थानीय बजारको लागि नदी फोहर फाल्ने डम्पिङ बनेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies