Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सरकारले संविधान कार्यान्वयन भन्दा व्यवस्था तोड्न लागेको कांग्रेसको आरोप

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद धना खतिवडाले सरकारलाई संविधान कार्यान्वयन गर्नभन्दा संवैधानिक व्यवस्था तोड्न लागेको आरोप लगाएको छ । नेपाल महिला संघका महासचिव खतिवडाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकार दुई तिहाइको दम्भ देखाएर संविधानमाथि बल मिच्याइँ गर्न उद्दत रहेकोे बताउँदै भने, “संविधानको व्यवस्था बाहिर गएर अहिले सभामुख र उपसभामुख एउटै पार्टीको छन्, यो विषयमा पार्टीले पटक पटक ध्यानाकर्षण गराएको छ, कुनै सुनुवाइ भएको छैन, सत्तारुढ दलले यस विषयमा तत्काल निर्णय गर्नुपर्छ ।” न्यायपालिकालाई संसद्को मातहत राख्ने प्रयासमा काँग्रेसले सहमति जनाउन नसक्ने सांसद खतिवडाले प्रष्ट पारे । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा डा चिन्तामणि पोखरेललाई तीन वर्ष कार्यकाल बाँकी रहँदै राजनीतिक प्रतिशोधका आधारमा पदबाट हटाइनु आपत्तिजनक रहेको उनको भनाइ थियो । शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा १५३ अनुसार पद रिक्त भएको भनिने बाहेक अन्य कारणबाट हटाउन नपाइने व्यवस्था भएकाले सरकारको त्यसतर्फ ध्यानाकर्षण गराए । सडकका खाल्डाखुल्डी पुर्न नसक्ने सरकारले रेल र पानीजहाजको भाषण गर्नु हास्यास्पद भएको उनको भनाइ थियो । विभिन्न क्षेत्रमा बढाइएको करको दर पनि गलत रहेको बताउँदै उनले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले आकाश छुँदा पनि सरकारले कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्नाको साटो प्रश्रय दिइरहेको आरोप लगाए । पछिल्लो समय देशैभरि बलात्कारका घटना बढिरहेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले जघन्य अपराध गर्ने दोषीलाई कडा कानूनी कारवाही गर्नुपर्ने माग गरे ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: