Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

हत्यारालाई कारबाहीको माग गर्दै मन्त्री मगरले बुझाइन् गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं। कञ्चनपुर जिल्लाको भीमदत्तनगरपालिका वार्ड नं २ मा बालिका बलात्कार तथा हत्या घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न खानेपानी मन्त्रीको नेतृत्वमा नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । खानेपानी मन्त्री एवं कञ्चनपुर जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य बीना मगरको नेतृत्वमा गएको टोलीले गृहमन्त्री रामबहादुर थापालाई भेट गर्दै पीडितलाई क्षतिपूति र हत्यारालाई कारबाहीको माग गरेका हुन । हत्यामा संलग्न अपराधी पक्राउ नपरेको कारण पीडितले न्याय नपाउने र अनावश्यक रुपमा घटनाको राजनीतिकरण हुने अवस्था सिर्जना भएको भन्दै ज्ञापनपत्रमा प्रहरी अनुसन्धानलाई तीब्रता दिन माग गरिएको छ । गृहमन्त्रीसँग भेटका अवसरमा टोली प्रतिनिधिहरुले कञ्चनपुर र प्रदेश नम्बर ७ मा अपराधिक घटनाहरु श्रृंखलाबद्धरुपमा बढ्दै गएको उल्लेख गर्दै पीडित परिवारको संवेदनालाई राजनीतिकरण गर्ने तत्वहरु सक्रिय भएको बताएका थिए । घटनामा प्रहरीले समयमा नै चासो दिएपनि अनुसन्धानले गति भने लिन नसकेको बताउँदै तत्काल शान्ति सुरक्षाको अवस्था मजबूत गर्न समेत माग गरेका थिए । स्थानीयस्तरमा पीडित परिवारलाई मुआब्जा र सहयोगका लागि पहल भइरहेको र सरकारका तर्फबाट समेत शोकमा परेको परिवारलाई सहयोगका लागि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाउन खानेपानी मन्त्री बीना मगर, कञ्चनपुर जिल्ला क्षेत्र नं। २ का प्रतिनिधि सभा सांसद दीपक प्रकाश भट्ट, प्रतिनिधि सभा सदस्य सांसद निरु पाल, क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य नर बहादुर धामी, पूर्व सभासद, टिकेन्द्र भट्ट, पूर्व सभासद कृपा राना पूर्व नेकपा ९माओवादी केन्द्र)का जिल्ला संयोजक बीर बहादुर थापा पातल, नेकपा नेता अक्कल बिष्ट, जिसस प्रमुख फैरु तामाङ, संघीय जनसम्पर्क मञ्च सल्लाहकार परिषद संयोजक गोकर्ण भट्ट, कमला बोहरा, अनेरास्ववियू सचिवालय सदस्य मर्यादा विष्ट, भीम भट्ट, शन्कर भट्ट वडा सदस्य बेल्डाडी लगायतको उपस्थिति रहेको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: