Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

यस कारण ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै

वीरगञ्ज। केही समययता पर्साको ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । सडक पेटीको अभाव, जथाभावी चौपाया छोड्नु, पैदल यात्रीमा ट्राफिक नियमको चेतना नहुनु, जथाभावी सवारीसाधन पार्किङ गर्नु, सडकपेटीमा फुटकर व्यापार गर्नु, सडक नै ढाकेर राजनीतिक तथा धार्मिक कार्यक्रम गर्नुजस्ता कारणले पर्साको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । दुर्घटना नियन्त्रण, न्यूनीकरण, रोकथाम तथा सर्वसाधारणलाई ट्राफिक ऐन नियमको पालना गर्न गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले विशेष अभियान सञ्चालनमा ल्याएको छ । वीरगञ्जको घण्टाघरदेखि नारायणी उपक्षेत्रीय अस्पतालसम्म व्यवस्थित पार्किङ, धार्मिकस्थल माईस्थानको अगाडि ठेला तथा फुटकर व्यापारीलाई हटाउने, निश्चित ठाउँमा पार्किङको व्यवस्था गरिएको छ । सवारी नियमको पालना नगरी जथाभावी सवारी पार्किङ गरिएको भेटिएमा कारवाही गरी जरिबाना गर्नेजस्ता ट्राफिक व्यवस्थापनसम्बन्धी कार्ययोजना बनाएर अघि बढी रहेको ट्राफिक प्रहरी निरीक्षक सुरेशकुमार शाहले बताए । ट्राफिक कार्यालयले आव २०७४/७५ मा २६ हजार १८० सवारीसाधनलाई कारवाही गरी रु एक करोड ५७ लाख ५२ हजार राजश्व उठाएको छ । गत आवमा सवारी दुर्घटनामा परी १६ पुरुष, तीन महिला र तीन बालबालिका गरी जम्मा १७ जनाको मृत्यु भएका थियो भने १५ जना सख्त घाइते तथा पाँच जना सामान्य घाइते भएका थिए । पर्सा जिल्लाको शहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनमा जोड दिए पनि पर्साको सुदूर ग्रामीण इलाकामा ट्राफिक प्रहरीको उपस्थिति नभएकाले ट्राफिक व्यवस्थापन भने हुन सकेको छैन । जिल्लामा शहरी क्षेत्रमा ७० किलोमिटर पक्की सडक, १९८ किलोमिटर ग्राभेल सडक तथा ३३२ किलोमिटर कच्ची सडक रहेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending