Khabar Dabali १७ असार २०७९ शुक्रबार | 1st July, 2022 Fri

सुँघेरै मापसे जाँच

Krishi bikash bank
बाँके। मादक पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ । थोरै संख्यामा भएका ब्रेथलाइजर मेशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको छ । सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीलाई अन्य रोग सर्ने खतरासमेत उत्तिकै छ । प्रदेश नं ५ ट्राफिक कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकी ब्रेथलाइजर मेशिन नहुँदा सुँघेरै जाँच्नुपर्ने अवस्था रहेको बताउछन् । उनले भने, “ब्रेथलाइजर मेशिन अभावमा ट्राफिक प्रहरी र नागरिकबीच वैमनस्यता सिर्जना हुने गरेको छ । मापसे नगरेका सर्वसाधारण अनावश्यक दुःख दिएको भन्दै ट्राफिक प्रहरीसँग रिसाउने गरेका छन् ।” मापसे गरे/नगरेको सुँघेरै थाहा पाउनुपर्ने हुँदा जाँच गर्ने क्रममा थोरै मात्रामा मापसे सेवन गरेका नागरिकलाई पनि स्वास्थ्य जाँचका लागि अस्पताल पु¥याउनुपर्ने ट्राफिक प्रहरीको बाध्यता रहेको छ । प्रहरी नायव उपरीक्षक बुढाथोकी भन्छन्, “मापसे गरेका सबैलाई स्वास्थ्य जाँच गर्न अस्पताल पु¥याउनुपर्ने समस्यासँगै उनीहरुलाई थुनेर राख्न नमिल्ने भएकाले जाँचस्थलमै आफन्त बोलाएर जिम्मा लगाउनु परिरहेको छ ।” सुँघेर जाँच गर्नुगर्दा मापसे गरे पनि नगरेको भनेर सर्वसाधारणले जिद्दी गरेपछि ट्राफिक प्रहरीले थप समस्या झेल्नुपरेको छ । “सुँघेर मापसे गरे/नगरेको जाँच गर्दा प्रमाण नै हुँदैन,” बुढाथोकीले भन्नुभयो, “सर्वसाधारणले जिद्दी गर्ने हुँदा यकिन गर्न झन्झटिलो हुनुका साथै सुँघेको भरमा कारबाही गर्न मिल्दैन ।” उनले प्रमाण जुटाउन स्वास्थ्य जाँच वा सर्वसाधारणलाई कारबाहीबाट छुटकारा दिनु परिरहेको बताएयो । मुख नजिकै नाकले सुँघ्नुपर्दा यदि चालकलाई घातक सरुवा रोग लागेको भए मारमा पर्ने जोखिम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकाया बताए । “ब्रेथलाइजर मेशिन नहुँदा सधैँ नागरिकसँग विवाद हुने गरेको छ । जाँचका क्रममा सुँघ्न खोज्दा सवारीसाधनको चालकले विवाद गर्ने भएका कारण समस्या भएको छ,” रोकायाले भने, “जाँचका क्रममा जबर्जस्ती गर्न मिल्दैन ।” सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीको स्वास्थ्यसमेत जोखिममा पर्ने गरेको उहाँको भनाइ छ । “जाँचमा खटिएका ट्राफिक प्रहरीलाई सरुवा रोगको जोखिम छ,” रोकायाले भने । स्वाश बाहिर फाल्न लगाएर सुँघ्नुपर्ने भएकाले सरुवा रोग सर्ने सम्भावना अत्यधिक रहन्छ । सुँघेर मापसे जाँच गर्दा सरुवा रोग लाग्न सक्ने डर हुँदाहुँदै पनि पर्याप्त प्रविधि नभएका कारण जोखिम मोल्न ट्राफिक प्रहरी बाध्य छन् । मापसे गरी सवारीसाधन हाँक्ने घटे मादक पदार्थ सेवन गरी गाडी चलाउनेलाई ट्राफिक प्रहरीले कारवाहीसँगै सचेनता अभियान चलाएपछि त्यस्ता चालकको सङ्ख्या घट्न थालेको छ । ट्राफिक जाँचका क्रममा कारवाहीमा पर्ने डरले सवारीसाधनका चालक सचेत भएकै कारण मापसे गरी गाडी हाँक्ने चालकको सङ्ख्या घट्दै गएको प्रहरी नायव उपरीक्षक बुढाथोकी बताउछन् । ट्राफिक प्रहरीले मापसे गरी सवारीसाधन चलाउने चालकका लागि ट्राफिक नियमबारे सचेत गराउन रिफ्रेस सेन्टर सञ्चालन गरेको छ । यसले मापसे सेवनकर्ताको संख्या घटेको छ । “पहिला हप्तामा २०/२२ जनालाई रिफ्रेस सेन्टरमा राखेर ट्राफिक सचेनताका बारेमा सिकाउनुपथ्र्यो भने हाल मुश्किलले ५÷७ जना मात्रै मापसे गरेर सवारीसाधन चलाएका भटिन्छन्,” प्रहरी नायव उपरीक्षक बुढाथोकीले भने । मदिरा सेवन गर्ने चालकलाई रातभर थुनामा राख्दा मदिरा सेवन गरी गाडी चलाउनेको सङ्ख्या ह्वात्तै घटेको उहाँको भनाइ छ । अहिले मदिरा सेवन गरे पनि घरसम्म पुग्न सक्ने अवस्थाकालाई कागजपत्र लिई कारबाही गरेर छाड्ने गरेकाले मापसे गरेर गाडी चलाउने प्रवृत्ति घटेको ट्राफिक प्रहरीको दावी छ । जरिवाना तिरेर जनचेतना कक्षामा सहभागी हुनुलाई चालकले ठूलो कारबाहीका रुपमा लिने गरेका छन् । सवारी लाइसेन्समा प्वाल पार्न थालेपछि मापसे गरेर सवारी चलाउनेको संख्या ह्वात्तै घटेको बुढाथोकीको भनाइ छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको अवस्था हेरेर जरिवाना गर्ने र लाइसेन्समै प्वाल पार्न थालेपछि चालक सचेत भएका हुन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page