Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

पाँचपोखरीमा केबलकार निर्माणको पहल

चौतारा। धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित सिन्धुपाल्चोक उत्तर पश्चिम क्षेत्रमा पर्ने पाँचपोखरीमा केबलकार बनाउन पहल शुरु भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाअन्तर्गत साविक भोताङ गाविसबाट पाँचपोखरीसम्म केबलकार राख्न प्रारम्भिक प्रतिवेदन तयार गरिएको गाउँपलिकाले जनाएको छ । भोताङको छिञ्जी देउरालीबाट लौरीबिनासम्म राखिने केबलकारको लम्बाइ ६.५ किमी हुनेछ । त्यहाँ जडान गरिने केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने प्रतिवेदनले जनाएको छ । पाँचपोखरी क्षेत्र समुद्री सतहबाट चार हजार १५१ मिटरको उचाइमा पर्दछ । केबलकार निर्माण गर्न झण्डै रु दुई अर्ब लाग्ने अनुमान छ । त्यसका लागि त्रिपक्षीय लगानीको आवश्यक पर्ने हुँदा एक घर एक शेयरको अनिवार्य व्यवस्था गरी गाउँपालिका र निजी कम्पनीलाई आह्वान गरिने केबलकार व्यवस्थापन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष ङिमछिरिङ तामाङले बताए । उनका अनुसार पाँचपोखरी क्षेत्रको पर्यटन व्यवस्थापनको लागि चालू आवमा प्रदेश नं ३ बाट रु ५० लाख छुट्याइएको छ । प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि विभिन्न केबलकार प्रदायक कम्पनीसँग सम्पर्क गरिएको र विशेष गरी कुमारी बैंकले लगानीको लागि अभिरुची देखाएको गाउँपालिकाका प्राविधिक सहायक कुमार बस्नेतले जानकारी दिए । हरेक वर्षको जनैपूर्णिमाको अवसरमा भव्य भेला लाग्ने पाँचपोखरीमा यसपालादेखि पोखरी क्षेत्रमै व्यवस्थितरुपमा साउन १ गतेदेखिनै तीन होटेल सञ्चालनमा आएको छ । अन्य अस्थायी टहरा पनि बनाइएको छ । यार्सा टिप्ने सिजनमा २५ र हाल २० जना विदेशी आठ आन्तरिक पर्यटक पाँचपोखरी पुग्ने गरेको बस्नेत बताउछन् । पाँचपोखरी पुग्न काठमाडौँबाट मेलम्ची–तिपेनी हुँदै भोताङसम्म यात्रु बस सञ्चालनमा आएपछि वर्षाको समयमा तिपेनीसम्म मात्र यातायात सञ्चालनमा छ । त्यहाँदेखि भोताङसम्म र भोताङदेखि पाचँपोखरीसम्म भने झण्डै दुई दिनको उकालो हिँड्नु पर्दछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies