Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

व्यवस्थापन भएन रसुवाको पहिरो, धोबिखोला पार गर्न बाध्य हुँदै स्थानिय

रसुवा। एक दशक अगाडिदेखि खस्दै आएको पहिरो नियन्त्रण हुन नसक्दा दक्षिणी रसुवाको जिबजिबेवासी दैनिक चुनौतीको सामाना गर्दै धोबिखोला पार गर्छन् । धैबुङकोटको घुम्ती स्थानको पासाङल्हामु राजमार्गबाट पूर्वतर्फ जिबजिबे जाने सहायक मार्गमा वर्षायाममा पहिरो खस्ने गरेकाले कालिकास्थानदेखि पूर्वीक्षेत्र जिबजिबे, ज्याङलाङ, चित्ती, बडहरे, खाल्चेत, बेताङलगायतका गाउँका बासिन्दा प्रभावित भएको स्थानीय समाजसेवी विष्णुप्रसाद पौडेलले बताए । विसं २०५९ देखि प्राङ्से गाउँबाट खसेको पहिरो रोक्न थुप्रै खर्च लाग्ने भएकाले कालिका गाउँपालिकाले पहिरो रोक्न ध्यान दिन नसक्दा वर्षाका बेला विद्यार्थीलाई स्कूल जान, बिरामी तथा सुत्केरीलाई अस्पताल पु¥याउन र मृतक व्यक्तिलाई वेत्रावतीको उत्तरगयाघाटमा दाहसंस्कारका लागि पु¥याउन कठिन भएको स्थानीयवासीको गुनासो थियो । प्राङसेदेखिको पहिरोले धोबिखोलाको पुच्छार फलाखु खोलासम्म असर पु¥याइरहेको र यसका लागि करिव रू पाँच करोड लाग्ने अनुमान गरिएकाले गाउँपालिकाले गरेको लगानी प्रर्याप्त नभएको समाजसेवी पौडेलले जानकारी दिए । वर्षायाममा पहिरो निरन्तर आइरहने र ढुंगा छल्दै दगुरेर भाग्नुपर्ने भएकाले कालिकास्थानदेखि पूर्वी भाग नौकुण्ड गापाको सरसिउँ, घोर्मु आरुखर्क समेतका बासिन्दालाई आवत जावतमा कठिन भएको र बिहान कालिकास्थान गएको मान्छे बेलुका घर फर्किन्छ कि, फर्किंदैन भन्ने डरसमेत बढ्दै गएको उनको भनइ थियो । यस्तै भारी वर्षाका कारण आएको पानीले नुवाकोटको लच्याङदेखि रसुवाको पाटीखर्क, सिम्ले भोर्ले, डाँडागाँउ, ठूलोगाउँ, समेतको ग्रामीण कृषि सडक बन्द भएको नागरिक समाजले जनाएको छ । वेत्रावती–धुञ्चे, स्याफ्रूखण्डको पासाङल्हामु राजमार्ग सञ्चालनका लागि आवश्यक उपकरण र प्राविधिक तैनाथ भए पनि ग्रामीण क्षेत्रका कृषि सडक मर्मत नहुँदा सधँै सडक समस्या भोग्नु परेको त्यहाँका बासिन्दाको गुनासो थियो । भिरालो भू–भाग, भारी वर्षाका कारण कुन ठाउँमा पहिरो जान्छ भन्ने ठेगान नहुँदा स्यापु्रm–रसुवागढीखण्डको लिङलिङ क्षेत्र पनि जोखिम रहेको यहाँका सवारी चालकले बताए । भारी वर्षाका कारण नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिका केही भागमा जोखिम बढ्दै गएकोे हो । हाकु क्षेत्र पुग्ने मोटर बाटोको निर्माण रोकियो सदरमुकामको नजिकै रहे पनि भौगोलिक अवस्थितिका कारण विकट रहेको हाकु क्षेत्रमा निर्माण गर्र्न लागिएको मोटर बाटोे वर्षाका कारण स्थगित भएको छ । आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार रसुवाकै इतिहासमा स्थानीय सरकारको तर्फबाट हाकुबेँसीदेखि ठूलोहाकुसम्म डोजरको सहायताले करीब १० किलोमिटर सडक निर्माणको काम अगाडि बढाइएको र भारी वर्षाका कारण हुनसक्ने भू–क्षय न्यूनीकरण गर्न निर्माण कार्य स्थगन गरिएको हो । हाकुबँेसीको त्रिशूली नदीमा पक्की पुल निर्माणका लागि माथिल्लो त्रिशूली जलविद्युत् आयोजनासँग परामर्श भई रहेको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा ठूलोहाकुसम्म मोटरबाटो पु¥याइसक्ने लक्ष्य लिइएको बताउँदै गाउँपालिका अध्यक्ष तामाङले ट्र्याक खोल्न रु ९५ लाख विनियोजन गरिसकेको र ट्र्याक खोल्ने काम ५० प्रतिशत पूरा भइसकेको जानकारी दिए । हाकुका बासिन्दा बिरामी पर्दा अहिलेसम्म डोकोमा बोकेर धुन्चेको जिल्ला अस्पताल पु¥याउने गरिएकामा अब एम्बुलेन्स चल्ने भएकाले खुशी लागेको छ भन्दै स्थानीय निमधर्के तामाङले मोटर बाटोले खाद्य सामग्री ल्याउन, खेतबारीका कृषि उपज ताजाताजै व्यापारिक केन्द्रमा पुु¥याउन र निमार्णका सामग्री ढुवानीमा सहज हुने आशा पलाएको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies