Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

कांग्रेसमाथी प्रचण्डको प्रहार 'केसीको पुच्छर समाएर बैतर्नी तर्न खोजियो'

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कम्युनिस्टहरूको एकताले प्रतिक्रियावादीलाई सहिनसक्नु भएको बताएका छन् । तत्कालीन एमाले सम्बद्ध प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल एसोसिएसन नेपाल र माओवादी केन्द्रको नेपाल राष्ट्रिय इन्जिनियर संगठनको एकता घोषणासभामा प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘हिजोको सामन्ती मानसिकता भएकालाई न दिनमा भोक लाग्या’ छ न रातमा निद्रा लाग्या’ छ । रात-दिन छटपटाइहेका छन्,’ प्रचण्डले भने, ‘ती प्रक्रियावादी रात-दिन बरबराउने स्थितिमा पुगेका छन् ।’ आजको नयाँ पत्रिकामा खबर छ -मुखमा जे आयो त्यही गाली गर्ने बढो विचित्रको खेल भएकोसमेत प्रचण्डको आरोप छ । ‘कहिले गोविन्द केसीको पुच्छर समाएर बैतर्नी तर्न खोज्ने कहिले गंगामाया अधिकारीको पुच्छर समाएर पार लाग्न सकिन्छ भनी हेर्न खोज्ने यो प्रयास तपाईंले देख्नु भएकै होला,’ प्रचण्डले भने, पार्टी एकता गरेर सरकारले काम गर्दा नगर्दै पूरै अधिनायकवाद आउन थाल्यो भन्न खोजिँदै छ । हामीले नै नेतृत्व गरेको पार्टीले चुनाव गरेको भए बसिखान दिन थिएनन् होला शेरबहादुर देउवाले । देउवाले नेतृत्व गरेको सरकारमा हामीले दुईतिहाइ बहुमत ल्याएकाले विश्वलाई बोल्न अप्ठ्यारो भएको छ ।’
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: